इटहरी । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले जल, जमिन र जंगलसम्बन्धी विवादलाई अन्त्य गर्ने जिम्मेवारी अब स्थानीय तहमा आएकाले यस विषयमा स्थानीय तहले जिम्मेवार भएर निरुपण गर्ने दक्षता प्राप्त गर्न जरुरी रहेको बताएको छ ।
सुनसरी जिल्लाका १२ स्थानीय तथा जिल्ला समन्वय समितिका निर्वाचित सभापति उप–सभापति प्रमुख, उपप्रमुख तथा अध्यक्ष एवम् उपाध्यक्षलाई निर्वाचित भएकामा बधाई तथा शुभकामना दिन आज इटहरीमा आयोजित अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् । प्राकृतिक स्रोतहरु जल, जमिन र जंगलको विषयमा नेपालका विभिन्न स्थानमा लामो समयदेखि विवाद झैँ–झगडा र मुद्दासमेत चलेर जनजीवनसमेत अस्तव्यस्त बन्ने घटनालाई जडभित्रै पुगेर आपसमा फाटेका मन मिलाउने उद्देश्यले सफल पद्धति साबित भएको यो प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले मिलाउँदै आएको छ । अहिले संविधानले नै स्थानीय तहमा सबै प्रकारका विवाद वा झँै–झगडा निरुपण गर्नका लागि उपप्रमुख वा उपाध्यक्षको अध्यक्षतामा रहने न्यायिक समितिलाई पनि विवादको दीर्घकालीन रुपमा समाधान गर्न सुझाव दिनका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो । उक्त अवसरमा जिल्ला समन्वय समितिका सभापति गोपाल राजभण्डारीले गाउँघरमा उत्पन्न हुने द्वन्द्व समाधानका लागि ज्यादै सहज र प्रभावकारी उपाय साबित भइसकेको यो विषयलाई गाउँको भित्री तहसम्म पु¥याउने ज्ञान, सीप र दक्षताको शिक्षा दिन जरुरी रहेको बताए । कार्यक्रममा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रका कार्यकारी निर्देशक चोपबहादुर भुसालले जल जमिन र जंगलसँग सरोकार राख्ने विषयमा उत्पन्न विवाद वा मुद्दालाई जरैदेखि अन्त्य गर्न सफल भएको अभियान कार्यक्रमले अहिले देशभरमा चार हजार ३०० विवाद र १०७ वटा ठूला विवादको समाधान गरिसकेको जानकारी दिए । कार्यक्रममा नगरपालिकाका उपप्रमुखका तर्फबाट इनरुवाको उपप्रमुख जमुना पोख्रेल, गाविका अध्यक्षका तर्फबाट देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहता, नेकपा (एमाले) सुनसरीका सभापति रमेश बस्नेत लगायतले आ–आफ्नो विचार राखेका थिए । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र पूवाञ्चल प्रमुख हिमबहादुर डिसीको अध्यक्षमा भएको उक्त कार्यक्रममा राष्ट्रिय स्रोतव्यक्ति कृष्णा राईले सुनसरीको विभिन्न स्थानमा उत्पन्न विवाद र समाधान भएका झैँ–झगडाको आँकडा प्रस्तृुत गर्दै लामो समयदेखि नमिलेको विवाद मिलाएको जानकारी दिए । राससयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: