Khabar Dabali Logo
  October 21, Wed

मौसमविद् भन्छन्ः अझै चिसो बढ्छ, काठमाडौँको माइनस तीन डिग्री मापन रेकर्ड 

काठमाडौं । न्यूनतम तापक्रम घटेका कारण काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको छ । आजको न्यूनतम तापक्रम एक दशमलव छ डिग्रीसेल्सियस छ ।

घटेर स्थिर रहेको तापक्रमकै कारण उपत्यकाको जनजीवनसमेत प्रभावित बनेको छ । उपत्यकाका फाँटमा बिहानीपख बाक्लो तुसारो पर्न थालेको छ । रातमा आकाश खुल्ला भएकै कारण केही दिन न्यूनतम तापक्रम स्थिर रहने बताइएको छ ।

मौसमी प्रणालीकै कारण न्यूनतम तापक्रम घटेकाले देशभर चिसो बढेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । उहाँका अनुसार अझै न्यूनतम तापक्रम घट्ने हुँदा चिसो बढ्ने सम्भावना छ । आज पनि पूर्वदेखि पश्चिमसम्मको तराई भेगमा बाक्लो हुस्सु लागेको छ । पहाड र हिमाली क्षेत्रमा भने मौसम सफा रहेको छ ।

काठमाडौँको माइनस तीन डिग्री मापन रेकर्ड

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रमको विगतको अवस्थालाई हेर्दा अहिलेसम्म माइनस तीन डिग्रीभन्दा तल झरेको छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सन् १९९८ जनवरी ११ को दिन हालसम्मकै सबैभन्दा कम न्यूनतम तापक्रम माइनस तीन दशमलव पाँच डिग्रीसेल्सियस पुगेको थियो ।

अघिल्लो वर्ष सन् २०१७ को जनवरी १४ मा ० दशमलव ४ डिग्रिसेल्सियस तापक्रम रेकर्ड भएको थियो । विगतको अवस्थालाई हेर्दा यो पटक न्यूनतम तापक्रम अझै घट्ने मौसमविद् प्रधानाङ्गको भनाइ छ ।

महाशाखाका अनुसार काठमाडौँमा यही २० गते न्यूनतम एक दशमलव पाँच डिग्रीसेल्सियस रहेको थियो भने शुक्रबार र आज एक दशमलव छ आज सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम (माइनस) आठ दशमलव पाँच र सबैभन्दा बढी विराटनगरमा सात दशमलव सात डिग्रीसेल्सियस छ । रासस

पुस २२ गते, २०७४ - १५:२० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top