Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

रेडपाण्डाको संरक्षणमा जुटे म्याग्देली

 

\"\"म्याग्दी । केही वर्ष अगाडिसम्म धौलागिरि गाउँपालिकाको गुर्जाको जंगलमा हेर्दा आर्कषक देखिने र लजालु स्वभावको हलुका रातो, सेतो र कालो रंगमा भेटिने हाब्रे (रेडपाण्डा) सिकारीको रोजाइमा पर्ने गरेको थियो ।

वन जंगलमा टुसा खोज्न जाने स्थानीयले घरेलु हतियारको प्रयोग गरेर शिकार गर्ने गरेका थिए । पहिचान र प्रचारप्रसारको अभावमा स्थानीयले शिकार गर्ने गरेको भए पनि विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटर्वक र हिमाली संरक्षण मञ्चले गरेको खोजीमा जिल्लाकै अति विकट मानिने लुलाङ र गुर्जाको मरेनी, जलजला सामुदायिक वन तथा आसपासका क्षेत्रमा भेटिएको रेडपाण्डाका बारेमा स्थानीयले जानकारी पाएपछि संरक्षण अभियान शुरू गरेका छन् । दुई वर्षसम्म गरेको अनुसन्धानकर्ताले स्थानीयलाई रेडपाण्डाको जानकारीसहित बस्ने वासस्थानसमेत देखाइ दिएपछि नियमित संरक्षणका रेडपाण्डाको शिक्षा लिएका स्थानीयवासी सक्रिय रहेको धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकप्रसाद छन्त्यालले बताए । “रेडपाण्डाको संरक्षणमा स्थानीयवासी सक्रिय छन् । विद्यालयका विद्यार्थीले समेत रेडपाण्डाको बारेमा शिक्षा पाइसकेका छन्” उनले भने । रेडपाण्डा नेटर्वकले जंगलमा रेडपाण्डाको वासस्थान फेला पारेपछि लुलाङ र गुर्जाका स्थानीयवासी, विद्यालयमा अध्ययनरत विद्यार्थीलगायत विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेका गाउँलेलाई लोपोन्मुख रेडपाण्डाका बारेमा जानकारी गराएका थिए । “विश्वमै दुलर्भ जनावर गाउँमै भेटिएपछि सबै संरक्षणमा जुटेका छन् । संरक्षण नीतिका लागि पहल गरिरहेको छु” स्थानीय अगुवासमेत रहनुभएका छन्त्यालले भने । नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटनसँग सिमाना जोडिएको गुर्जा, लुलाङमा रतुवा, घोरल, मृग, बँदेलसहितका जंगली जनावर पाइने जंगलमा लुकीछिपी वनयजन्तुको तस्करको क्रममा लोपोन्मुख अवस्थामा रहेको रेडपाण्डालाई समेत निसाना बनाउन सक्ने भन्दै रेडपाण्डा संरक्षण समितिले नियमित गस्ती, जनचेतनामूलक कार्यक्रम, वासस्थान आसपासको क्षेत्रमा आवतजावतमा कडाइसमेत गरेको छ । प्रारम्भिक अनुसन्धानमा ५५ वटा रेडपाण्डा भेटिए पनि गाउँपालिकाअन्तर्गतमा सामुदायिक तथा राष्ट्रिय वनमा २०० को हाराहारीमा रेडपाण्डा रहेको अनुमान गरिएको छ । समुद्री सतहबाट दुई हजारदेखि चार हजार ८०० मिटरको उचाइमा अवस्थित चौडापाते र कोणधारी मिश्रित जंगलमा निगालोको झाडीमा बस्ने हाब्रेलाई सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत संरक्षितको सूचीमा राखेको छ । निगालोको टुसालाई आहाराको रुपमा प्रयोग गर्ने रेडपाण्डासहित वनयजन्तुको तस्करी नियन्त्रणका लागि स्थानीयवासीलाई सहयोग गर्ने धौलागिरि गाउँपालिका उपप्रमुख रेशम छन्त्यालले बताए ।

नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे रहेको छ । नेपालको २४ वटा जिल्लामा हाब्रे पाइने रेडपाण्डा नेटवर्कले जनाएको छ ।  रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies