Khabar Dabali Logo
  October 29, Thu

अमेरिकाले लगायाे फेरि चार जनालार्इ प्रतिबन्ध

मानव अधिकार उल्लङ्घन अथवा भ्रष्टाचार गरेको आरोपमा अमेरिकाले भेनेजुएलाका चारजना बहालवाला वा अवकाश प्राप्त जेनरलमाथि प्रतिबन्ध लगाएको अधिकारीहरूले बताएका छन् ।

अमेरिकी अर्थ मन्त्रालयले प्रतिबन्ध लगाएकाहरूमा खाद्यपदार्थ वितरण सञ्जालका पूर्वप्रमुख पनि छन् ।

उनीमाथि खाद्यपदार्थ तस्करीको आरोप लगाइएको छ ।

चारैजनाको सम्पत्ति रोक्का गरिएको छ र उनीहरूसँग काम गर्न अमेरिकी उद्योग-व्यवसायलाई प्रतिबन्ध लगाइएको छ ।

हालसम्म राष्ट्रपति निकोलास मडुरोसहित ४४ जनामाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ ।

भेनेजुएलाका विदेशमन्त्री खोर्खे अर्यासाले साम्राज्यवादी र युद्ध चिताउने अमेरिकी सरकारका फौजहरूसामु आफ्नो देश कहिल्यै नझुक्ने बताएका छन् ।

उनले भने, “हाम्रो सेना विदेशी शक्तिसामु अझ साम्राज्यवादी र युद्ध चिताउने डोनल्ड ट्रम्पको सर्वोच्चतावादी सरकारको फौजसामु कहिल्यै झुक्ने छैन । हामी सम्मान चाहन्छौँ ।”

अमेरिकी अर्थमन्त्री स्टिभन मनूसीनले प्रतिबन्ध उचित भएको भन्दै ‘राष्ट्रपति मडुरोले र उनका निकटवर्तीहरूले आफ्ना स्वार्थलाई भेनेजुएलाका जनताका स्वार्थभन्दा माथि राखेका छन्’ ।

अमेरिकी अर्थ मन्त्रालयले आरागुआ राज्यका गभर्नर तथा सेनाका अवकाश प्राप्त जेनरलमाथि खाद्यपदार्थको तस्करीमा संलग्न रहेको आरोप लगाएको छ ।

दुई वर्षअघि खाद्यपदार्थको अभावले दङ्गा निम्त्याएपछि राष्ट्रपति मडुरोले वितरणको जिम्मेवारी सेनालाई दिएका थिए ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार खाद्यपदार्थको ठेक्का पाउन र बन्दरगाहरूबाट ओसार्ने कामका लागि सेनाले जेनरलहरूलाई घुस खुवाएको थियो ।

विपक्षी नेतृत्वको कंग्रेसले जेनरलमाथि औँला तेर्स्यायो र सार्वजनिक रूपमा उनको आलोचना गर्‍यो । बीबीसी

पुस २२ गते, २०७४ - ११:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top