Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

बैंक ठग दीपिकाको लकरबाट दुई किलो सुनका गहना बरामद

\"\"काठमाडाै । न्युरोडस्थित कृषि विकास बैंकको शाखा कार्यालयबाट चार करोड ९१ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेकी दीपिका रेग्मीको बैंक लकरबाट दुई किलो (१७० तोला) सुनका गहना बरामद गरिएको छ । ३२ वर्षीया रेग्मीले सो गहना बैंकबाट हिनामिना गरेको रकमबाट खरिद गरेकी थिइन् । घरमा हराउने र बैंकमा स्रोत खुल्ने डर भएपछि उनले आफू कार्यरत बैंकको निजी लकरमा गहना राखेको प्रहरीको भनाइ छ । बैंकको लकरमा थरीथरीका सुनका गहना फेला परेपछि अनुसन्धानमा खटिएका प्रहरी नै चकित परेका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख डिआइजी पुष्कर कार्कीले रेग्मीको लकरबाट १७० तोला सुनका गहना फेला परेको बताए । ‘बैंकबाट हिनामिना गरिएको रकम खोज्दै गयौँ । बैंकमा उनको (रेग्मी) को निजी लकर छ भन्ने खुल्यो । लकरभित्र सुनका अनगिन्ती गहना फेला परे । जोख्दा दुई किलो सुनका गहना रहेछन्,’ उनले भने । प्रहरीका अनुसार रेग्मीले बैंकमा रहेको लकर सम्बन्धमा केही जानकारी दिएकी थिइनन् । हिनामिना भएको रकम पहिल्याउँदै जाने क्रममा कृषि विकास बैंक न्युरोड शाखा कार्यालयमा उनको निजी लकर रहेको खुलेको हो । सुरुमा प्रहरीले उनलाई लकर खोल्न भने पनि इनकार गरेकी थिइन् । शंकास्पद देखिएपछि प्रहरीले बैंक व्यवस्थापनको सहयोगमा उनको निजी लकर खोलिएको थियो । ‘बैंकमा उनको लकर रहेको खुलेपछि खोल्न भन्यौँ । तर, उनले मानिनन् । पछि बैंकको सहयोगमा खोलेर हेर्दा त थुपै्र गहना फेला परे,’ सिआइबी प्रवक्ता एसपी जीवन श्रेष्ठले भने । लकरभित्र एक करोड मूल्यका गहना प्रहरीका अनुसार लकरभित्र एक करोड रुपैयाँ मूल्य बराबरका गहना राखिएको रहेछ । सिआइबीका अनुसार रेग्मीको लकरभित्र तिलहरी, जन्तर, शिरबन्दी, चुरा, औँठी, झुम्का, सिक्री, ब्रासलेट, नेक्लेस, ढुंग्रीलगायत गहना फेला परे । हिनामिना गरिएको रकम खोज्दै जाने क्रममा प्रहरीले ३३ लाख रुपैयाँ नेपाली सेनाका सहायक रथी डा. रमेश विष्टको बैंक खातामा भेटेको थियो । सोही प्रकरणमा सेनाले सहायक रथी विष्टमाथि छानबिन सुरु गरिसकेको छ । प्रहरीका अनुसार घटनाकी मुख्य योजनाकार नागार्जुन–१ की ३२ वर्षीय रेग्मी थिइन् । उनी बैंकमा सहायक ट्रेलरका रूपमा कार्यरत थिइन् । घटनामा संलग्न काठमाडौं–३२ का ४७ वर्षीय प्रेमहरि ढुंगेल, टोखा–८ का ५६ वर्षीय गोपाल गिरी र चन्द्रागिरि–५ का ३९ वर्षीय महेश्वर मरहठ्ठा, काठमाडौं–१६ का ४२ वर्षीय प्रकाश घतानी र काठमाडौं–३२ का ४२ वर्षीय रमेशकुमार थापालाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार उनीहरूले विभिन्न बैंक तथा व्यक्तिबाट चेकमार्फत जम्मा गरिएको रकम पेन्डिङ देखाई आपसमा बाँड्ने काम गरेका थिए । यसका लागि उनीहरूले पहिलो चरणमा ग्राहकबाट जम्मा भएको चेक ग्राहककै बैंक खातमा जम्मा गरिदिन्थे । प्रमाणका रूपमा रिसिभ पनि दिन्थे । तर, सो रकम दीपिका रेग्मी वा उनका आफन्तको बैंकमा जम्मा गर्थे । पक्राउ परेकी रेग्मीसहित सबैलाई बैंकिङ कसुर ऐनअन्तर्गत मुद्दा चलाइएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies