Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

बाटाे खुल्याे, निर्वाचन माघ २४ गते

\"\"काठमाडौँ । सरकारले राष्ट्रिय सभाको निर्वाचन माघ २४ गतेलाई तोकेको छ । निर्वाचन आयोगले प्रस्ताव गरेको भन्दा एक दिन अगाडि निर्वाचन मिति तोकिएको हो । आयोग स्रोतका अनुसार राष्ट्रिय सभाको गठनपछि मात्रै प्रतिनिधिसभाको समानुपातिक परिणाम आउने भएकाले आयोगले छिटोमा फागुन १५ गते सबै परिणाम राष्ट्रपतिसमक्ष बुझाउन सक्ने सम्भावना छ । अाजकाे कान्तिपुर दैनिकमा खवर छ । राष्ट्रिय सभाको मत गणना प्राविधिक दृष्टिकोणले जटिल रहेकाले त्यसले कम्तीमा २ देखि ३ दिन समय लिन सक्ने अनुमान छ । ‘परिणामपछिका आवश्यक प्रक्रिया पूरा गरेर दललाई समानुपातिक सिट बाँडफाँट र पत्राचार माघ ३० गते गर्ने सम्भावना रहन्छ,’ स्रोतले भन्यो, ‘विजयी उम्मेदवारको नाम प्रस्ताव गर्न दलले न्यूनतम ७ दिन पाउने छन् । प्राप्त सूचीमा न्यूनतम २ दिनको छानबिनपछि नमिलेको विषय मिलाउन दलले ३ दिन पाउने छन् । यी सबै काम सक्दा फागुन १० गते कट्ने सम्भावना छ ।’ यसरी अगाडि बढदा नयाँ सरकार गठन फागुन दोस्रो सातापछि पुग्ने देखिन्छ । वाम गठबन्धनले चुनाव परिणाममा भइरहेको ढिलाइलाई लिएर आयोगको विरोध गरिरहेका छन् । निर्वाचनको मिति धेरै पर लगिएको प्रति असन्तुष्टि जनाउँदै वाम गठबन्धनका नेताहरूले बिहीबारको सर्वदलीय बैठकमा राष्ट्रिय सभाको निर्वाचन माघ १० गतेको सेरोफेरोमा गराउन सुझाएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि आयोगका पदाधिकारीलाई बोलाएर प्रतिनिधिसभाको निर्वाचन परिणाम छिटो दिने वातावरण मिलाउन आग्रह गरेकी थिइन् । आयोगले निर्वाचनका लागि न्यूनतम सबै कार्यक्रमहरू गर्नैपर्ने भएकाले प्रस्तावित मितिलाई धेरै वर सार्न नसकिने जानकारी सरकारलाई गराएको थियो । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रिय सभा निर्वाचनको मिति घोषणाले एउटा बाटो खुलेको र आयोग अब प्रदेश प्रमुख नियुक्तिको प्रतीक्षामा रहेको बताए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies