Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सुरक्षामा थप चुनौती, बुटवलमा व्यापारीकाे गाेली हानी हत्या

\"\"काठमाडाै । नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरद गौचनको राजधानीमा गोली हानी हत्या भयो । सार्पसुटरको गोली प्रहारबाट भएको गौचनको हत्या भारतीय आपराधिक समूहबाट भएको आकलन गरियाे । लोप्साङ लामाले प्रहरी र केही सञ्चारमाध्यममा फोन गरी घटना मनोज पुनले गराएको जानकारी दिए । त्यो सूचनालाई प्रहरी संगठनकै केही अधिकृतले चर्चामा आउन र आफूलाई स्थापित गर्न जिम्मेवारी लिएको भन्दै हाँसोमा उडाए । घटना अनुसन्धान गर्न बनेको अनुसन्धान कार्यदल र केन्द्रीय अनुसन्धान ब्युरोले गौचनको लगानीबारे तथ्य बाहिर ल्यायो । प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके कुमार घैंटेको साढे दुई करोड रुपैयाँ गौचनले आफ्नो डाँफे कन्ट्रक्सनमा लगानी गरेका थिए । त्योमध्ये एक करोड रुपैयाँ अर्का गुन्डा नाइके समीरमानसिंह बस्नेतले दाबी गरेको रहस्य खुलेको थियो । गौचनलाई पटकपटक फोनमार्फत पैसा फिर्ता गर्न वा वीरगन्जदेखि विराटनगर जोड्ने हुलाकी राजमार्गको ठेक्काको दुई प्रतिशत आफूलाई दिन समीरले पटकपटक धम्क्याए । गौचनले मानेनन् । उनको गोली हानी हत्या गरियो । गौचन र मनोज पुन एउटै ग्याङमा रहेर काम गर्दै आएका थिए । गौचनको हत्यामा बस्नेतसँगै पुनको पनि संलग्नता रहेको दाबी प्रहरीको छ । राज्यको सुरक्षा निकायलाई ठाडै चुनौती दिएर गराइएको यो घटनालाई कम आँक्न मिल्ने अवस्था थिएन । शुक्रबार बिहान बुटवलको देवदहमा अर्का फर्निचर व्यापारी वसन्त पौडेल बलुको गोली हानी हत्या भयो । हत्याको जिम्मेवारी पुनले लिएका छन् । पुनले एक वर्षअघि युवा संघ नेपालका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या गरेका थिए । कारण थियो, पुनले थुप्रै व्यवसायीबाट चन्दा असुली गरेका थिए । तिवारीले त्यसको विरोध गरे र पुनलाई कारबाही गरे । त्यसको रिसमा पुनले तिवारीको हत्या गरे । तिवारी र शुक्रबार बिहान हत्या गरिएका बलुको सम्बन्ध घनिष्ट थियो । तिवारी हत्या मनोज पुनले नै गराएको जानकार एक मात्रै व्यक्ति थिए बलु । सरकारले भैरहवालाई लगानी गर्न सुरक्षित रहेको घोषणा गत वर्ष मात्रै गरेको थियो । तर, भैरहवा पछिल्लो समय धेरै असुरक्षित बन्दै आएको पछिल्ला घटनाले देखाएको छ । काठमाडौंमा गौचनको हत्या भएपछि बस्नेत र पुनले रुपन्देही र काठमाडौंका थुप्रै व्यापारीलाई धम्क्याएर पैसा असुली गरेको अनुमान प्रहरीको छ । नेपालमा भएका केही ठूला हत्याकाण्डमा भारतीय आपराधिक गिरोहको संलग्नता देखिए पनि पछिल्ला समय नेपालभित्रैका गुन्डा समूह भारतमा लुकीछिपी बसेर हत्याकाण्ड मच्चाइरहँदा यसले सुरक्षा निकायमा थप चुनौती देखिएको छ । पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी व्यक्ति हत्या खासगरी तीन प्रकारले हुँदै आएको तर्क गर्छन् । ठकुरीका अनुसार पहिलोमा क्षणिक आवेग, दोस्रोमा आफ्नो दबदबा देखाउन र तेस्रो, घटनाको जिम्मेवारी लिएर पैसा असुली गर्न हुने गरेको छ । उनका अनुसार अहिले रुपन्देहीको भैरहवा र बुटवलमा भएका घटना त्रासमा राखेर पैसा असुल्नकै लागि गराइएका घटना हुन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies