Khabar Dabali Logo
  October 19, Mon

कमल थापामाथि लाग्यो बैठकमै यस्तो अारोप, देलान् त राजीनामा ?

काठमाडौं । राप्रपाको राजधानीमा जारी केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष कमल थापाको राजीनामा माग गरिएको छ । बिहीबार बोल्ने अधिकांश केन्द्रीय सदस्यले पार्टी पराजयको जिम्मेवारी अध्यक्ष थापाले लिनुपर्ने भन्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

नेताहरूले कांग्रेससँगको गठबन्धन प्रभावकारी बनाउन नसकेको, पार्टी विभाजन रोक्न नसकेको र टिकट वितरणमासमेत अध्यक्षले मनोमानी गरेको आरोप लगाए। केन्द्रीय सदस्य वसन्तमानसिंह अधिकारीले अध्यक्ष थापाका कारण पार्टीले लज्जास्पद पराजय भोग्नुपरेको आरोप लगाए । बैठकमा अध्यक्षविरुद्ध निकै आक्रामक बनेका उनले थापालाई इंगित गर्दै भने, ‘यसको जिम्मेवारी तपाईंले लिनुपर्छ । तपाईंले जानी जानी पार्टीलाई पराजित गर्नुभयो। तपाईंले राजीनामा दिनुपर्छ ।’

अधिकारीले पार्टी विभाजन रोक्न अध्यक्ष थापाले कुनै पहल नगरेको जिकिर गरे । उनले भने, ‘पार्टी एकतापछि हामी सांगठनिक रूपमा निकै सुदृढ भइसकेका थियौं, तर अध्यक्षले पार्टीका शीर्ष नेतालाई सँगै मिलाएर लैजान सक्नुभएन र पार्टी विभाजन रोक्न चासो दिनुभएन ।’ केन्द्रीय सदस्य विक्रम थापाले पनि नेतृत्वप्रति असन्तुष्टि जनाए । पार्टीले एजेन्डालाई बिर्सेर सत्तामा मात्र ध्यान दिएको र उनले अब नेतृत्वको कार्यशैली बदल्नुपर्नेमा जोड दिँदै हिन्दु राज्य र राजसंस्थाको मागलाई फेरि जनताबीच सशक्त रूपमा लैजानुपर्ने बताएका थिए ।

अधिकांश केन्द्रीय सदस्यले अध्यक्ष थापाको राजीनामा मागेका छन्। बिहीबारको बठकमा अध्यक्ष थापाले आत्मालोचना गरेका थिए। उनले पार्टी पराजयको नतिक जिम्मेवारी लिन आफू तयार रहेको बताए।

केन्द्रीय सदस्य मनोज प्रधानले पनि निर्वाचनमा पार्टीले अनपेक्षित हार बेहोरेको उल्लेख गर्दै नेतृत्वले यसको नैतिक जिम्मेवारी लिनुपर्ने बताए। उनले दोस्रो संविधानसभा निर्वाचनपछिका सबैजसो सरकारमा पार्टी सहभागी हुनुले जनताबीच पार्टीको नकारात्मक छवि बनेको बताए। उनले भने, ‘एजेन्डा एकातिर व्यवहार अर्कोतिर भयो। पार्टीमा सत्तामोह व्याप्त भयो र पार्टी नराम्ररी पराजित भयो।’

राप्रपानिकट भ्रातृसंस्था युवक संगठनका अध्यक्षसमेत रहेका केन्द्रीय सदस्य प्रकाश रिमालले पुरानो नेतृत्वबाट पार्टी नबन्ने भन्दै थापासँग नेतृत्व हस्तान्तरण गर्न माग गरे। उनले पार्टीको नेतृत्वसहित नाम नै परिवर्तन गर्न माग गरे। उनले पञ्चायती शैली र पञ्चहरूको झुण्डले राप्रपालाई विलय हुनबाट रोक्न नसक्ने बताए। उनले भने, ‘युवालाई नेतृत्व दिनुपर्छ। साथै राप्रपा नामले अब पार्टी अघि बढ्न सक्दैन। अरूलाई पनि समेटेर पार्टी बलियो बनाउने हो भने नाम फेर्नैपर्छ।’

बैठकमा अधिकांश केन्द्रीय सदस्यले अध्यक्ष थापाको राजीनामा मागेका छन्। बिहीबारको बैठकमा अध्यक्ष थापाले आत्मालोचना गरेका थिए। उनले पार्टी पराजयको नैतिक जिम्मेवारी लिन आफू तयार रहेको बताए। केन्द्रीय सदस्यको बोल्ने क्रम नसकिएकाले बैठक शुक्रबार पनि बस्ने छ।

पुस २१ गते, २०७४ - ११:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   

युट्युवले कोरोनाका बारेमा भ्रम छर्ने भिडियो हटाउने

वासिङ्टन । भिडियो हेर्न मिल्ने लोकप्रिय माध्यमको रुपमा रहेको युट्युवले कोरोनाभाइरसका बारेमा भ्रम...   

भक्तपुरमा बासी र कुहिएको मासु बिक्री

भक्तपुर । यहाँ सञ्चालनमा रहेका अधिकांश मासु पसल अत्यन्तै फोहोर र मूल्यमा उपभोक्ता ठगी गरेको पाइएको...   
कोरोना संक्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

कोरोना संक्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिले चाहेमा परीक्षामा सहभागी गराउन...   
कोरला नाका सञ्चालनका लागि छलफल शुरु गरिने

कोरला नाका सञ्चालनका लागि छलफल शुरु गरिने

बलेवा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले...   

कोरोनाले बढायो मानसिक समस्या

बागलुङ । कोभिड–१९ को प्रकोपपछि मानिसमा मानसिक समस्या बढेको छ ।दैनिकी खल्बलिनु, रोजगारी÷कमाइ गुम्नु,...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top