Khabar Dabali Logo
  October 21, Wed

किम जोनले गरे वार्ताको आह्वान स्वीकार

दक्षिण कोरियाका अधिकारीहरुले उत्तर कोरियाले सोलसँग अर्को हप्ता वार्ता गर्न सहमति जनाउँदै एउटा पत्र पठाएको जानकारी दिएका छन् ।

उक्त वार्ता आगामी मंगलवार हुनेछ ।

एकजना सरकारी प्रवक्ताले पियोङचाङ हिउँदे ओलिम्पिक्स र अरु आपसी स्वार्थका विषयमा वार्ताको एजेण्डा हुने बताएका छन् ।

ज्यानुअरी ९ मा हुने वार्तामा उत्तर कोरियाली खेलाडीहरुलाई आगामी फेब्रुअरीमा दक्षिण कोरियामा हुने हिउँदे ओलिम्पिक्समा कसरी सहभागी गराउने भन्नेबारे छलफल हुनेछ ।

यसै हप्ता उत्तर कोरियाली नेता किम जङ अनले उक्त प्रतियोगितामा प्रतिनिधिमण्डल पठाउने विषय दुई देशको जनस्तरमा रहेको एकता देखाउने उपयुक्त अवसर भएको बताएका थिए ।

उक्त बैठक सीमावर्ती क्षेत्र पाममुनजोममा हुने अपेक्षा गरिएको छ ।

शान्ति गाउँ पनि भनिने उक्त स्थान कडा सुरक्षा घेरा भएको गैरसैनिक क्षेत्रमा अवस्थित छ र त्यहाँ ऐतिहासिक रुपमा दुई देशबीच वार्ताहरु हुने गरेको छ ।

यसअघि दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनले हिउँदे ओलिम्पिक्स दुई देशबीचको सम्बन्ध सुधार गर्ने ऐतिहासिक अवसर भएको बताएका थिए ।

दुई देश अहिले पनि प्राविधिक रुपमा युद्धकै अवस्थामा छन् तर यसै हप्ताको शुरुमा प्रगति जस्तो देखिने एउटा सानो साङ्केतिक कदममा उत्तर कोरियाले दक्षिण कोरियासँग टेलिफोन हटलाइन पुन: स्थापित गरेको थियो ।

दक्षिण कोरियाको एकीकरण मन्त्रालयले एएफपी समाचार संस्थालाई वार्ता स्वीकार गरिएको पत्र शुक्रवार बिहान फ्याक्स मार्फत प्राप्त भएको जानकारी दिएको छ ।

अमेरिका र उत्तर कोरियाबीच महिनौँ यता तनावपूर्ण वक्त्वयबाजीका माझ ओलिम्पिक्स सहभागिता सम्बन्धी प्रारम्भिक कुराकानी अघि बढेको हो ।

ती दुई देशले एकअर्कालाई परमाणू अस्त्रले हमला गरेर विनाश गरिदिने चेतावनी दिने गरेका छन् ।

उत्तर कोरियाले निरन्तर क्षेप्यास्त्र र परमाणु अस्त्रको परीक्षण गरेपछि कडा अन्तर्राष्ट्रिय प्रतिबन्धहरु सामना गरिरहेको छ ।

ओलिम्पिक्स सहभागिताको वातावरण बनाउन दक्षिण कोरियाको आग्रह अनुसार उक्त खेलको समयमा हुने भनिएको दुईपक्षीय सैन्य अभ्यासलाई स्थगित गर्न अमेरिका सहमत भएको छ ।

उत्तर कोरिया त्यस्ता सैन्य अभ्यासबाट आक्रोशित हुने गरेको छ र उसले त्यसलाई लडाइँको तयारीका रुपमा चित्रण गर्ने गरेको छ । बीबीसी

पुस २१ गते, २०७४ - १०:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top