Khabar Dabali Logo
  November 1, Sun

प्रादेशिक राजधानीको माग गर्दै धर्ना र घेराउ

काठमाडौं । धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा प्रादेशिक राजधानी निर्माण समिति धनकुटाले धर्ना र घेराउ गरेको छ ।

प्रदेश नं १ को प्रदेश प्रमुखको मुकाम र प्रदेशको राजधानी धनकुटालाई तोक्न निर्णयसमेत गरिदिन माग गर्दै आज बालुवाटारमा बिहान ८ बजेदेखि ११ बजेसम्म धर्ना र घेराउ गरिएको नेपाली काँग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले जानकारी दिए।

धर्ना तथा घेराउ कार्यक्रममा प्रदेशसभाका सदस्य इन्द्रमणि पराजुली, बिना राई, कुसुमकुमारी श्रेष्ठ, आरसी तुम्बा, पूर्वसांसद मनोहर नारायण श्रेष्ठ, अभियान समितिका संयोजक उमेश घिमिरेलगायतले धनकुटालाई राजधानी घोषणा नगरेसम्म सशक्त आन्दोलन जारी राख्ने बताए ।

समितिले प्रादेशिक राजधानीको माग गर्दै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सात लाखभन्दा बढीको हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाएको सचिव राईले बताए ।

पुस २० गते, २०७४ - १८:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एघार दिनपछि ओलीसँग भेटेर के भने प्रचण्डले ?

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल...   
टर्कीमा भूकम्बाट मर्नेको संख्या २३ पुग्यो, ८ सय बढी घाइते

टर्कीमा भूकम्बाट मर्नेको संख्या २३ पुग्यो, ८ सय बढी घाइते

इस्तानबुल । टर्कीमा गएराती गएको गएको भूकम्पमा परी मर्नेको संख्या २३ पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका...   
ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

काठमाडौं । एकिकृत र विशाल कम्युनिष्ट पार्टीको परिकल्पनामा एमालेसँग एकता गरेका जनयुद्धका सुप्रिमो...   

अविश्वास प्रस्तावको हल्ला चलाएर बहुमतका लागी हस्ताक्षर जुटाउँदै ओली पक्ष

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता...   
पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

दाङ । श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई थप उपचारका...   

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल...   
मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा दर्ता भएको छ...   

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top