Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

उत्तर र दक्षिण कोरियाबीच 'हटलाइन' सम्पर्क

\"\"उत्तर र दक्षिण कोरियाले झण्डै दुई वर्षपछि पहिलो पटक आपसमा प्रत्यक्ष सञ्चार सम्पर्क स्थापित गरेका छन् ।

सीमावर्ती गाउँ पान्मुन्जोममा रेडक्रसले स्थापना गरेको तर प्रयोग नगरिएको टेलिफोन हटलाइनमार्फत उत्तर कोरियाले सुरुमा २० मिनेट लामो टेलिफोन सम्पर्क गरेको थियो । उत्तर कोरियाली नेता किम जङ अनले सो टेलिफोन हटलाइन सुरु गर्न आदेश दिएका थिए । दक्षिण कोरियाले उत्तरको पहलको स्वागत गरेको छ । हिउँदे ओलम्पिक खेल अघि दुवै पक्षबीच थप वार्ता हुने भनिएको छ । दक्षिण कोरियाका एकता मामिला हेर्ने मन्त्री चो म्युङ ग्युनले भने, \"बुधबार उत्तर कोरियाले स्थानीय समय अनुसार ३ बजेर ३० मिनेटमा फोन गरी दुई देशबीचको हटलाइन पुन: खोलिएको हो ।\" उत्तर कोरियाका एक अधिकारीले हटलाइन पुन: खोलिएको घोषणा टेलिभिजनमार्फत गरेका थिए । दक्षिण कोरियाका राष्ट्रपतिले उक्त हटलाइन पुनः खोल्ने कदम एकदमै महत्त्वपूर्ण उपलब्धि भएको र यसले सँधै आपसी सञ्चार गर्न संभव हुने वातावरण बनाउने उल्लेख गरेका छन् । यसअघि उत्तर कोरियाका नेता किमले नयाँ वर्षको पूर्वसन्ध्यामा गरेको सम्बोधन सोलसँग वार्ता गर्न र आफ्नो देशको टोली अर्को महिना दक्षिणमा हुने हिउँदे ओलिम्पिक्समा भाग लिन पठाउन आफू तयार भएको बताएका थिए । यी दुई देशहरूले २०१५ डिसेम्बरपछि उच्चस्तरीय वार्ता गरेका छैनन् । त्यो वार्तालगत्तै उत्तर कोरियाले दुई देशबीचको सञ्चार प्रणाली काटेको र आफूहरूले फोन सम्पर्क गर्दा जवाफ नदिएको दक्षिण कोरियाका अधिकारीहरूले बताए । उत्तर कोरियाको प्रतिनिधिमण्डललाई \'हिउँदे ओलिम्पिक्स्\'मा सहभागी गराउन दक्षिण कोरियाको प्युङ्चाङ् पठाउने प्रस्तावसँग सम्बन्धित व्यावहारिक पक्षबारे दुई देशले फेब्रुअरीमा छलफल गर्ने ती अधिकारीले बताए । दक्षिण कोरियाको योन्हाप समाचार संस्थाले एकजना अधिकारीलाई उद्धृत गर्दैभनेको छ, \"उत्तर कोरियासँग हामी इमान्दार भएर निष्ठापूर्वक सम्पर्क गर्नेछौँ ।\" उनका अनुसार प्रतिनिधिमण्डल पठाउने सम्बन्धमा व्यावहारिक विषयवस्तुमा छलफल गरिनेछ । नयाँ वर्षको सम्बोधनमा राष्ट्रपति किमले \'हिउँदे ओलिम्पिक्स\'को सहभागिता दुई देशका जनताबीचको एकता भएको प्रदर्शन गर्ने राम्रो अवसर भएको बताएका थिए । दक्षिण कोरियाले उत्तरको सहभागितालाई स्वागत गर्न तत्परता देखाइसकेको छ र उच्चस्तरीय वार्ता गर्न सोमवार प्रस्ताव गरिसकेको छ । उत्तरले उक्त प्रताव स्वीकार्ने हो या होइन त्यो भने अझै स्पष्ट भइसकेको छैन । तर दुई देशबीचको टेलिफोन सम्पर्क स्थापनाले प्रारम्भिक छलफल गर्ने बाटो खुलेको छ । पत्रिकाहरूमा भने किमको नयाँ वर्षको सम्बोधनप्रति केही अविश्वास देखिएको छ । दैनिक पत्रिका ज्युङ्आङ् इल्बोले किमको सम्बोधन दक्षिण कोरियाको आन्तरिक विभाजन चर्काउन सोचविचार गरेर चालिएको कदम हुनसक्ने आशंका गरेको छ । हाङ्कियोरा पत्रिकाले पनि सचेत हुनुपर्ने जनाएको छ । उक्त पत्रिकाले पारमाणविक अस्त्रबारे किम आफ्नो \"पुरानो दुस्साहसी र कडा अडान\"बाट एक इन्चपनि तलमाथि नभएको र उनको सम्बोधनले शान्तिको ढोका भने खोल्न सक्ने उल्लेख गरेको छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies