Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

डाेनाल्ड ट्रम्प-किम जाेन द्वन्द्व बढ्दै: धेरै ठूलो र शक्तिशाली पारमाणविक बटन रहेकाे ट्रम्पकाे खुलासा

\"\"अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जङ-अनको भन्दा आफ्नो पारमाणिक अस्त्रको बटन \"धेरै ठूलो\" र \"झन् बढी शक्तिशाली\" रहेको बताएका छन् । दुई पारमाणविक शक्तिसम्पन्न राष्ट्रका नेताबीच बढ्दो व्यक्तिगत आरोप-प्रत्यारोपको सिलसिलामा ट्रम्पको पछिल्लो ट्वीट आएको छ ।

किमले यो हप्ताको सुरुमा पारमाणविक अस्त्रको बटन सधैँ आफ्नो टेबलमा रहेको धम्की दिएका थिए । ट्रम्पको ट्वीटले जुनसुकै अमेरिकी राष्ट्रपतिको पारमाणविक अस्त्रमा सोझो पहुँच रहेको देखाएको छ । अमेरिकासँग विश्वको सबभन्दा ठूलो पारमाणविक अस्त्रभण्डार छ । उत्तर कोरियाले अमेरिकामाथि आक्रमण गर्न सक्ने क्षमताको पारमाणविक हतियार आफूसँग रहेको दाबी गर्छ । विश्लेषकहरू प्योङयाङसँग पारमाणविक अस्त्र भएकोमा सहमत छन् । तर ऊसँग रिस उठेका बेला प्रयोग गर्न सक्नेगरी त्यस्तो प्रविधि रहेको भन्ने स्पष्ट छैन । राष्ट्रपति ट्रम्पको उन्मुक्त रूपमा ट्वीट लेख्ने बानीले पर्यवेक्षकलाई विगतमा अन्योलमा पारे जस्तै उनको यो पछिल्लो सन्देशले पनि कूटनीति र राष्ट्रपतिको भनाइका बीचको भेद पुन: परिभाषित गर्ने ठानिएको छ । कैयौंले अनलाइनमा विश्वनेताहरूले सस्तो रूपमा पारमाणविक अस्त्रको धम्की दिएकोप्रति सचेत गराएका छन् । तर उनका समर्थकहरूले उनको बचाउ गर्दै ट्रम्पका टिप्पणीहरू तथ्यगत रहेको र त्यसले अमेरिकी शक्ति र समाधान देखाउने बताएका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies