Khabar Dabali Logo
  October 22, Thu

दिपायललाई प्रादेशिक राजधानी बनाउन माग गर्दै प्रचण्ड र पाैडेललार्इ ज्ञापनपत्र

 

काठमाडौं । प्रदेश नं ७ को राजधानी डोटीको दिपायललाई बनाउन माग गर्दै विभिन्न दलका नेता कार्यकर्ताले प्रमुख दलका शीर्ष नेतालाई ज्ञापनपत्र बुझाई दबाब दिएका छन् ।

डोटीका विभिन्न दल सम्मिलित नेता कार्यकर्ताले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढीलाई घोषणा गर्ने तयारी भइरहेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उक्त प्रतिनिधिमण्डलले आज काठमाडौँमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) उपमहासचिव विष्णु पौडेललाई सो माग बारेको ज्ञापनपत्र बुझाएको डोटीका प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेमगरले जानकारी दिए । ज्ञापनपत्रमा राणाकालीन समयदेखि नै दिपायल सुदूरपश्चिमको केन्द्र रहेको र सबै जिल्लाको समदुरीमा रहेकाले दिपायललाई नै हाललाई अस्थायी प्रादेशिक राजधानी तोक्नुपर्ने माग गरिएको छ ।

अन्नको भण्डारका रुपमा रहेको तराईको सीमित भू–भागमा हुने तीव्र बसाइँसराइ, वैदेशिक सुरक्षा संवेदनशीलता, संघीयताको आधारभूत मूल्यमान्यताले पनि दिपायल सामरिक महत्वको क्षेत्र भएको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा प्रतिनिधिसभा सदस्य एवं एमाले नेता आलेमगर, काँग्रेस महासमिति सदस्य एवं डोटी (क) प्रदेशसभा सदस्य भरतबहादुर खड्का, माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं डोटी (ख)का प्रदेशसभा सदस्य त्रिलोचन भट्ट लगायतको हस्ताक्षर रहेको छ । रासस

पुस २० गते, २०७४ - १२:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top