Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

दिउसाे बल्छन् तराईका नगरपालिमा सडक बत्ती

\"\"काठमाडौंँ । अँध्यारोको अन्त्यका लागि बिजुली बालिन्छ । यो सामान्य कुरा हो तर तराई मधेशका विभिन्न जिल्लामा राति मात्रै बाल्नुपर्ने बिजुली दिनभर बलिरहेका हुन्छन् भन्ने सुन्दा र देख्दा तपाईलाई कस्तो लाग्छ ? तर यो यथार्थ हो ।

तराई मधेशका नगरपालिकाले रातको समयमा उज्यालोका लागि राखिएका बत्ती दिनभरि बलिरहेको पाइएको छ । प्राधिकरणको हेटौँडा क्षेत्रीय कार्यालयअन्तर्गतका भरतपुर तथा वीरगञ्ज महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, गौर, कलैयालगायत नगरपालिकाले विद्युत्को खम्बामा झुण्ड्याइएका सडक बत्तीका बल्ब दिनभर बलिरहेका हुन्छन् । धेरै ठाउँमा बत्ती बाल्न तथा निभाउन स्विचसमेत राखिएको छैन । जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गतका जनकपुर उपमहानगरपालिका, जलेश्वर नगरपालिका, मलंगवालगायत नगरपालिकाले राखेका सडक बत्ती दिनभर बलिरहेका छन् । सडक बत्ती राति मात्रै बालिने भएकाले त्यस्ता सडक बत्तीको १२ घण्टाको मात्रै बिलिङ हुने गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने मुख्य तथा भित्री सडकमा बत्ती राख्ने तर त्यसलाई ननिभाउँदा बिजुली चुहावट भइरहेको छ । यसबाट प्राधिकरणले करोडौँ रुपैयाँ राजस्व गुमाइरहेको छ । जनकपुरजस्ता क्षेत्रमा अनावश्यक बिजुली बल्दा अन्य क्षेत्रमा आपूर्ति पुगेको छैन । दिनभर सडक बत्ती बल्दा उत्पादनमा दवाव पर्छ भने अर्कातर्फ भारतबाट बढी आयात गर्नुपर्छ । \'निर्वाचित जनप्रतिनिधि आएपछि सडक बत्ती राख्न प्रतिस्पर्धा नै चलेको छ तर हामीसँग समन्वय नै नगरी हचुवाको भरमा जथाभावी रुपमा सडक बत्ती राखिएको छ, निभाउन तथा बाल्न स्विचसमेत राखिएको छैन\', जनकपुर क्षेत्रीय कार्यालयले बताउ छ । सो कार्यालयले किन यस्तो गरियो भनेर प्रमुख/उपप्रमुखलाई सोध्यो, तर उत्तर भने \'हामी निर्वाचित प्रतिनिधि हौँ, यस्तो अधिकार छ भन्नुहुन्छ, उहाँहरुको अगाडि हामी निरीह बन्नुपर्ने अवस्था छ ।\' सडक बत्तीबाट विद्युत् चुहावट भइरहेको र राजस्वसमेत गुमिरहेको पाइएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दिनभर बल्ने सडक बत्ती निकाल्न सम्बन्धित क्षेत्रीय कार्यालय र वितरण केन्द्रका प्रमुखलाई निर्देशन दिएका छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies