Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

अाक्रमणमा अमेरिका, पाकिस्तानकाे पक्षमा चीन

\"\"अमेरिकाले  । अमेरिकाले  पाकिस्तानको साथ छाडेको समयमा चीन भने पाकिस्तानको साथमा उभिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बितेको दशकमा पाकिस्तानलाई दिइएको सहयोगलाई ‘मूर्खतापूर्ण’ बताएका थिए । त्यससँगै अमेरिकी प्रशासनले पाकिस्तानमाथि ‘दोहोरो खेल’ खेलेको आरोप लगाएको थियो । साथै, उसले पाकिस्तानलाई दिने भनिएको १६ सय २१ करोडको आर्थिक सहयोग रोक्ने घोषणा गरेको थियो । तर, यस्तो अवस्थामा पाकिस्तानको मित्र चीनले उसलाई साथ दिने बताएको छ । जहिल्यै पाकिस्तानको साथ पाकिस्तानमा रहेका चिनियाँ दूतावासका प्रवक्ता लिजिआन जिआओले ट्विट गरेर भनेका छन् कि चीन जहिल्यै पाकिस्तानको साथमा उभिनेछ र उसलाई सहयोग जारी राख्नेछ । उनले आफ्नो ट्विटमा अगाडि भनेका छन्– हामीले यसअघि धेरैपटक भनिसकेका छौँ कि पाकिस्तानले चरमपन्थसित जुध्नका लागि कैयौँ महत्वपूर्ण प्रयास र त्याग गरेको छ । अन्तर्राष्ट्रियस्तरमा चरमपन्थविरोधी गतिविधिमा पनि पाकिस्तानले महत्वपूर्ण योगदान दिएको छ र अन्तर्राष्ट्रिय समुदायले यसलाई पहिचान गर्न सक्नुपर्छ । प्रवक्ता जिआओले ट्विटमा अगाडि थप लेखेका छन्– चरमपन्थविरुद्धको लडाइँमा सहयोगका लागि हामी पाकिस्तान र अन्य देशको स्वागत गर्छौं । साथै, हामीले अन्य क्षेत्रको सुरक्षा र स्थिरताको पनि सम्मान गर्नुपर्छ । चीन र पाकिस्तान जहिल्यै निकै राम्रा रणनीतिक साझेदार छन् । चीन विभिन्न क्षेत्रमा पाकिस्तानसित सहयोग बढाउन तयार छ । जसबाट दुवै देशले अधिक लाभ लिन सक्नेछन् । ‘भारतलाई खुसी बनाउन ट्रम्पको ट्विट’ चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले लेखेको छ– अ‍ेमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई खुसी बनाउन पाकिस्तानविरुद्ध ट्विट गरेका हुन् । उसको रिपोर्टमा लेखिएको छ कि अमेरिका आफ्नो इन्डो–प्यासिफिक रणनीतिमा भारतका साथ आफ्नो महत्वपूर्ण साझेदारी निर्वाह गर्नका लागि यस प्रकारका ट्विट गरिरहेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता गेन सुआङले एक प्रेस संवादमा भनेका छन् कि चरमपन्थसित लड्ने कार्यमा पाकिस्तानले निकै महत्वपूर्ण भूमिका निभाएको छ । ऊ चरमपन्थविरुद्ध चलिरहेको अन्तर्राष्ट्रियस्तरको कार्यक्रममा पनि अत्यावश्यक सहयोगी हो । ग्लोबल टाइम्सको रिपोर्टमा लेखिएको छ कि ट्रम्पको यो ट्विट चीन–अफगानिस्तानका विदेशमन्त्रीहरूको डिसेम्बरको अन्त्यमा भएको बैठकपछि आएको छ । यस बैठकमा चीन र पाकिस्तानको इकोनोमिक करिडोरबारे कुराकानी भएको थियो । जिआओ भन्छन्– ट्रम्प आफ्नो ताजा व्यवहारबाट भारतलाई आफ्नो तर्फ गराउन चाहन्छन् । यसबाट इन्डो–प्यासिफिक रणनीतिमा अमेरिका–भारत–जापान–अस्ट्रेलियाको गठबन्धन बनाउन सहयोग पुग्नेछ । ‘आफ्नो भूमिको रक्षामा सक्षम’ पाकिस्तानका विदेशमन्त्री ख्वाजा आसिफले भनेका छन्– पाकिस्तान आफ्नो भौगोलिक निष्ठासित सम्झौता गर्न सक्दैन । र, हामी आफ्नो भूमिको सुरक्षा गर्न सक्षम छौँ । पाकिस्तानले अफगानिस्तानको सीमातर्फ बार लगाउने काम सुरु गरेको छ । किनकि, हामी सीमापार आवागमनलाई व्यवस्थित गर्न चाहन्छौँ । उनले थप अगाडि भनेका छन्– हरेक दिन ६० देखि ७० हजार मानिस पाक–अफगान सीमा पार गर्छन् । यसका लागि आवागमनको व्यवस्थापनमाथि ध्यान दिनु जरुरी छ । पाकिस्तानले पछिल्ला कैयौँ दशकदेखि अफगानी शरणार्थीलाई शरण दिँदै आएको छ । र, अब उनीहरूको स्वदेश फिर्ती हुने समय आएको छ । विदेशमन्त्री ख्वाजा आसिफले अगाडि भनेका छन्– अमेरिकाले अफगानिस्तानमा करोडौँ डलर खर्च गरेको छ । त्यसैले, अब उसले अफगानी शरणार्थीलाई उनीहरूको मातृभूमिमा स्थापित गर्ने कार्यमा सहयोग गर्नु आवश्यक छ । विविसी

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies