Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

अन्तर्राष्ट्रिय विमानस्थल देखि अमेरिका सम्म मानव तस्करकाे जालाे

\"\"काठमाडाै । नेपालबाट विभिन्न देश हुँदै अमेरिकासम्म मानव तस्करको जालो रहेको पाइएको छ । उनीहरूले मलेसिया, सिंगापुर, बैंकक, नाइजेरिया हुँदै मेक्सिकोसम्मको रुट प्रयोग गर्ने गरेका छन् । लाखौँ रुपैयाँ खर्चेर अमेरिका हिँडेका तीन युवायुवती विभिन्न मुलुकमा अलपत्र परेर नेपाल फर्किएपछि यो तथ्य बाहिर आएको हो । ताप्लेजुङ लेलेप–९ की हिमा शेर्पा, दाङका चन्द्र शाही ठकुरी र दोलखा सुस्पा क्षमावती–१ की छिरिङ डोमा शेर्पा तस्करहरुबाट ठगिएर हालै स्वदेश फर्किएका छन् । उनीहरू दुई वर्षअघि मलेसियाबाट सिंगापुर हुँदै अमेरिका गएका थिए । उनीहरूसँगै अमेरिका हिँडेका ताप्लेजुङ पापुङ–२ का चुङ्दाक शेर्पा भने फ्रान्समा अलपत्र छन् । अाजकाे नयाँ पत्रिकामा खवर छ । ताप्लेजुङकी शेर्पाका अनुसार बाग्लुङ रिधा–८ का सागर श्रीष मगरले आकर्षक रोजगार लगाइदिने प्रलोभन दिएपछि उनीहरू अमेरिका हिँडेका थिए । यसका लागि हिमाले सागरलाई २० लाख दिइसकेकी छिन् । त्यस्तै, अन्य पीडित चन्द्र शाही ठकुरी र चुङ्दाक शेर्पाले पाँच–पाँच लाख र छिरिङ डोमा शेर्पाले १५ लाख बुझाइसकेका छन् । मलेसिया हुँदै यसरी पुर्‍याइयो मेक्सिको हिमाका अनुसार पहिलो चरणमा सागरले उनीहरूलाई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मलेसिया लगेका थिए । केही दिनको मलेसिया बसाइपछि सिंगापुरमा १७ दिन राखियो र बैंकक लगियो । बैंककमा उनीहरूलाई दुई महिना राखियो । उनीहरूमध्ये चुङ्दाकलाई भने नाइजेरिया हुँदै मेक्सिको लगियो । हिमा, चन्द्र र छिरिङलाई भने भारतको नयाँदिल्ली ल्याइयो । दिल्लीमा करिब नौ महिना बसेपछि उनीहरू अहिले नेपाल फर्किएका छन् । उनीहरूसँगै गएका चुङ्दाकलाई भने मेक्सिको अध्यागमनले फ्रान्स आउने जहाजमा फिर्ता पठाएको छ । अमेरिका प्रवेशपछि ३२ लाख लिने योजना अमेरिका प्रवेश गराएपछि प्रत्येकसँग ३२ लाख रुपैयाँ असुल्ने सागरको योजना रहेको हिमा शेर्पाले बताइन् । सोही कारण उनले सुरुमै प्रत्येकसँग पाँचदेखि २० लाखसम्म रकम लिएका थिए । साथै, उनले पासपोर्ट र नागरिकता पनि लिए । तर, अमेरिका नपुर्‍याई सबैलाई बीचबाटोमै अलपत्र छाडेर सागर बेपत्ता भएका छन् । ‘हामीलाई ३२ लाखमा अमेरिका लैजान्छु भनेर विभिन्न प्रलोभन देखायो । हामी बहकियौँ र उसैको पछि लाग्यौँ । उसले मलेसिया, बैंकक, सिंगापुर, नाइजेरिया, मेक्सिको हुँदै अमेरिका प्रवेश गराउँछु भनेका थियो,’ हिमाले भनिन्, ‘हामीलाई सिंगापुरसम्म त लग्यो, त्यसपछि दुई वर्षसम्म विभिन्न मुलुकमा अलपत्र बनाएर राख्यो । उसलाई भेट्न धेरै कोसिस ग¥यौँ, तर ऊ सम्पर्कमा आएको छैन ।’ हिमा शेर्पाको बयान मेरो घर ताप्लेजुङ लेलेप–९ हो । मैले १० कक्षासम्म पढेकी छु । गाउँमा रोजगार छैन । विदेश जाने मनस्थिति बन्यो । यही क्रममा बाग्लुङ रिधा–८ का सागर श्रीष मागरसँग भेट भयो । उसले ३२ लाख रुपैयाँमा अमेरिका लगिदिन्छु भन्यो । विभिन्न प्रलोभन दियो । म प्रभावित भएँ । अन्ततः अमेरिका जाने मनस्थितिमा पुगेँ । त्यसवेला उसले मलेसियाबाट सिंगापुर हुँदै अमेरिका जाने भनेको थियो । पैसा जम्मा गरेर काठमाडौं आएँ । मसँगै लैजान उसले अरू तीनजनालाई पनि तयार गरेको रहेछ । करिब दुई वर्षअघि हामी मलेसिया उड्यौँ । केही दिन हामी त्यहीँ बस्यौँ । त्यसपछि हामी सिंगापुर जानुपर्ने भयो । त्यहाँ हामीलाई १७ दिन राख्यो । त्यसपछि बैंकक जानुपर्छ भन्यो । हामीले त्यसै गर्‍यौँ । बैंककमा हामीलाई दुई महिना राख्यो । त्यसवेलासम्म मैले पटक–पटक गरी १८ लाख दिइसकेकी थिएँ । पासपोर्ट पनि उसैसँग थियो । मसँगैका साथीहरूले पनि रकम बुझाइसकेका थिए । चारमध्ये म र दोलखाकी छिरिङ डोमालाई अब भारतको दिल्ली जानुपर्छ भन्यो । हामीले त्यहीवेला नै नेपाल पर्कन चाहेका थियौँ । तर, रकम र पासपोर्ट उसले लिइसकेको थियो । उसले भनेअनुसार मान्नुको हामीसँग विकल्प थिएन । हामी दिल्ली आयौँ । दिल्लीमा नौ महिनाभन्दा धेरै दिन बितायौँ । होटेलमा आफ्नै खर्चले खायौँ । खर्च सकिएपछि हामी नेपाल फर्कियौँ । अहिले उसलाई सम्पर्क गर्न खोजिरहेका छौँ, तर ऊ सम्पर्कविहीन छ । २५ भन्दा धेरै युवा नाइजेरियामा अलपत्र सागरले २५ भन्दा धेरै युवायुवतीलाई नाइजेरिया लगेर अलपत्र छाडेको हिमाले बताइन् । उनले केही युवा मेक्सिको लगेर छाडेको हिमाको भनाइ छ । ‘सागरले नाइजेरियामा २५ भन्दा धेरै युवायुवतीलाई अलपत्र बनाएको छ । नाइजेरियामा जेसन श्रीष मगर भन्ने यसको आफ्नै दाइ छ । पीडितहरू सबैको पासपोर्ट उसैसँग छ । पासपोर्ट नभएर धेरैजना नेपाल फर्किन सकेका छैनन् । उसको विरुद्ध कसैले बोले बोको हराममार्फत ठीक पारिदिने धम्की दिने गरेको छ,’ उनले भनिन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies