Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

साउदीको जेलमा रहेका थानेश्वर भुसाललार्इ छुटाउन ब्लड मनि जुट्यो, चाँडै नेपाल फर्काइने

\"\"साउदी । ब्लडमनि तिर्न नसक्दा बिगत चार बर्ष देखि साउदी अरबको जेलमा रहेका नवलपरासीका थानेश्वर भुसाल जेल मुक्त हुने भएका छन् । उनलाई छुटाउनका लागि थालिएको रकम संकलन अभियानबाट माग गरिएको ब्लड मनि रकम पूरा भएको छ । रोजगारीका लागि चार बर्ष अघि साउदी पुगेका भुसाल साउदी स्थित एक कम्पनीमा कार्यरत थिए । कम्पनी मालीकले गाडी चलाउँदै गर लाईसेन्स् आउँदै गर्छ भनेपछि मालीकको कुरा काट्न नसकी थानेश्वर भुसाल बिना लाईसेन्स् गाडी चलाईरहे । अचानक एक दिन उनले चलाएको गाडीलाई पछाडीबाट अर्को गाडिले ठक्कर दियो । दुर्घटनामा उनको अगाडी र पछाडीको गाडीमा सवार साउदी नागरिक र भारतीय नागरिकको घट्ना स्थलमै मृत्यु भयो । भने उनी आफै गम्भीर घाईते भए । साउदी अरबको ट्राफिक नियम अनुसार बिना लाईसेन्स् गाडि चलाउदा उनी फन्दामा परे । थानेश्वर भुसाल लामो समय देखि साउदीको जेलमा नरकीय जीवन बिताईरहेका छन् । साउदी सरकारको जेद्दा स्थित प्राइभेट राइट न्यायलयले भुसाल र भारतीय नागरिकलाई बराबर दोषी ठहर गर्दै मृतक साउदी नागरिकका परिवारलाई बल्ड मनी बापत १ लाख ५० हजार साउदी रियाल तिर्नुपर्ने फैसला सुनाएको थियो। २०६७ असोज ६ गते साउदी गएका भुसाल २०६९ साल जेठ २६ गते दुर्घटनामा परेका थिए । यसरी भुसाल जेल परेपछि परिवारले जीवन रक्षा गरिदिन सबैलाई अपिल गरेसँगै देश विदेशबाट थानेस्वर भुसाल बचाउ अभियान तीब्र रूपमा चलाउदै आवश्यक रकमको लागि आर्थिक सहयोग सङ्कलन सुरु गरिएको थियो । विदेशमा अलपत्र नेपालीको उद्धारमा क्रियाशील संस्था प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)को संयोजनमा ‘थानेश्वर भुसाल बचाउ अभियान’ सुरु भएको थियो । थानेश्वरलाई जेलबाट छुटाउन लाग्ने ४५ लाख ८५ हजार रुपैयाँ बराबरको रकम प्रतिबद्धता भएको छ । ब्लडी मनी तिरेर बाँकी रहने ८५ हजार रुपैयाँ अर्को यस्तै अभियानका लागि खर्च गर्ने समितिका एक सदस्यले जानकारी दिए । भुसाललाई बचाउन विभिन्न देशका एनआरएनएका शाखासहित विदेशमा रहेका नेपाली कामदारले सहयोग गरेका छन् । साउदी अरेबियासहित कुवेत, युएई, अस्ट्रेलिया, मलेसिया, कोरिया लगायतका देशबाट पनि ब्लड मनी संकलनको प्रतिबद्धता भएको तर सबै रकम भने कोषमा जम्मा नभैसकेको समितिले जनाएको छ । यस्तै भुसाल बचाउ अभियानमा गैर आवसिय नेपाली संघ (एनआरएनए )ले पनि १२ लाख नेपाली रुपैयाँ सहयोग घोषणा गरेको भएपनि हाल सम्म उक्त सहयोग रकम अभियानको कोषमा जम्मा भएको भने छैन । समितिले थानेश्वर बचाउ अभियान सबै देश तथा सस्थाबाट प्रतिबद्धता गरे अनुसारको रकम कोषमा जम्मा गरेसँगै अभियान पुरा हुने जनाएको छ । भुसाल बचाउ अभियानमा देश तथा बिदेश बाट सहयोग गर्न सबैलाई समितिले धन्यवाद समेत व्यक्त गरेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies