
प्रचण्डलाई वाम गठबनधनको ‘क्याम्प’बाट बाहिर निकाल्ने कसरत, यस्ता छन् पात्र र ‘फर्मुला’

-
सुमित काफ्ले
-
पुस १९ गते, २०७४ - १५:०३
काठमाडौं । नेकपा माओवादी केन्द्र र एमालेबीच हुने भनिएको पार्टी एकता बिथोल्न यति बेला केही शक्ति केन्द्रहरु सक्रिय भएका छन् । नेपाली कांग्रेसका केही नेताहरुले माओवादी केन्द्रलाई जसरी भएपनि एमालेबाट अलग गराएरै छाड्ने कुरा सर्वजानिक अभिव्यक्ति नै दिएका छन् ।
कांग्रसको गठबनधनमा रहेर सरकारमा सहभागी भएको माओवादी केन्द्रले एकाएक वाम गठबनधन बनाएर निर्वाचनमा जाने र नेकपा एमालेसँग पार्टी एकता नै गर्ने निर्णय गरेपछि काग्रेसमा ठुलै खैलाबैला मच्चियो । अझ प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रस उम्मेदवारहरुले देशभरबाट हार व्यहोरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई वाम गठबनधनको ‘क्याम्प’बाट बाहिर निकाल्ने कांग्रेसले ‘मिसन’ नै बनाएको शेरबहादुर देउवा निकटका एक कांग्रेस नेता बताउँछन् । उनका अनुसार चुनावी परिणामले आत्तिएका कांग्रेस सभापती देउवा कुनै हालतमा एमाले–माओवादी एकता टुटाउने कसरतमा छन् ।
एमाले र माओवादी केन्द्रले एकता प्रक्रियालाई टुंगोमा पुर्याउन नसक्दा कांग्रेस, मधेसवादी दल र अन्य शक्तिकेन्द्रहरु दुईपार्टीको यो अन्योलतामा खेलेर प्रचण्ड–ओलीलाई अलग गर्न मरिमेटेर लागेका छन् । एमालेसँगको घनिष्ठताबाट माओवादी अध्यक्ष प्रचण्डलाई बाहिर निकाल्ने र वाम गठबन्धनको सरकार बन्न नदिने उनीहरुको रणनीति रहेको देखिन्छ । प्रचण्ड निकटका एक माओवादी नेताका अनुसार प्रचण्डलाई पाँच बर्षकालागि स्थायी प्रधानमन्त्री बनाउँछौँ भन्दै कांग्रेस र मधेशवादी दलका शीर्ष नेताहरु प्रचण्ड फकाउने अभियानमा लागेका छन् ।
यतिबेला मधेसवादी दल वाम गठबन्धन भन्दा लोकतान्त्रिक गठबन्धनबाट सरकार बनोस भनने चाहानामा छन् । काङ्ग्रेस र मधेसवादी दल मिलेर माओवादी फकाउने र नयाँ सरकार गठन गर्ने कांग्रस–मधेसवादी दलको सहमति भएको देउवा निकट कांग्रेस नेताले बताए । मधेसवादी दल पनि वाम गठबनधन भन्दा कांग्रेससँग बढी नजिक देखिएका छन् । आजभोली मधेसवादी दलका शीर्ष नेताहरु प्रचण्डसँग नियमित सम्पर्कमा आएको माओवादीका एक नेताले बताए । उनका अनुसार कांग्रेस, माओवादी र मधेसवादी दल मिलेर सरकार बनाउन प्रचण्डसँग मधेसवादी दलका शीर्ष नेताहरुले पटक–पटक अनुरोध गर्दै आएका छन् ।
यस्ता छन् पात्र
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई वाम गठबन्धनको ‘क्याम्प’ बाट निकाल्न नेपाली काङ्ग्रेसका दास्रो तहका नेताहरुलाई देउवाले सक्रिय बनाएका छन् । काङ्ग्रेसका तर्फबाट कृष्ण सिटौला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अमरेशकुमार सिंह, डा. संशाक कोइरालाला, लगयतका नेता सक्रिय भएर लागेको काग्रेसका एक नेताले बताए । उनका अनुसार कांग्रेस सभापति देउवाले आफ्ना बिश्वासपात्रहरुलाई प्रचण्डसँग नियमित सम्पर्कमा रहन समेत भनेका छन् ।
त्यस्तै मधेसवादी दलका नेताहरु राजेन्द्र महतो, अनिल झा, सङ्घीय समाजवादी फोरम नेपालका उपेन्द्र यादव लगायतका नेताहरू सक्रिय भएको एक स्रोतले बतायो । स्रोतका अनुसार उनीहरुले एमालेसँगको गठबनधन छोड्न प्रचण्डलाई सुझाइरहेका छन् ।
यस्ता छन् ‘फर्मुला’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड वाम गठबनधनका तर्फबाट प्रधानमनत्री नहुने निश्चित छ । एमालेले प्रचण्डलाई पार्टी अध्यक्ष बनाउन समेत आनाकानी गर्दै आएको देखिन्छ । हालसम्म माओवादी केन्द्रका नेताहरुले प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष बनाउनुपर्ने माग राख्दै आएपनि एमालेका दास्रो तहका नेताहरुले घुमाउरो भाषामा प्रचण्डलाई अध्यक्ष नमान्ने संकेत गरेका छन् ।
यतिबेला नेपाली कांगं्रेर र मधेसवादी दलका नेताहरुपनि प्रचण्डलाई यस्तै कुरा सुझाइरहेका छन् । प्रचण्डलाई पाँचवर्षसम्म प्रधानमन्त्री बन्नेगरी वाम गठबन्धन छोड्न उनीहरुले अनुरोध गरेका छन् । कतिपय कांग्रेस नेताहरुले सर्वजानिक रुपमै प्रधानमन्त्री प्रस्ताव समेत गरेका छन् । वाम गठबनधन छोडेर आए प्रचण्डलाई पाँच वर्षकालागि प्रधानमन्त्री मान्न सकिने राजपाका एक नेताले बताए । उनका अनुसार कांगे्रस र मधेसवादी दलका नेताहरुले प्रधानमनत्रीको आश देखाएर वाम गठबनधन छोड्न अनुरोध गरिरहेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
०७८ मा तपाईको भाग्य कस्तो हुनेछ ? हेर्नुहोस् वार्षिक राशिफल
राशि भनेको २७ वटा नक्षत्रहरूको एउटा घेरा अथवा समूह हो जसको माध्यमबाट सूर्यादि नवग्रह सौर्यमण्डलामा...दोलखामा जीप दुर्घटना, ४ को मृत्यु, १७ घाइते
दोलखा । दोलखामा गएराति सवारीसाधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको तातोपानी...रियलसँग २–१ ले स्तब्ध बार्सिलोना तेस्रोमा झर्यो
काठमाडौं । गएराति रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना रियलसँग २–१ ले पराजित भएको छ । पहिलो...किन बोलाए देउवाले पदाधिकारी बैठक ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । पार्टी कार्यालय...आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार घोडे जात्रा मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा...पत्रकार महासंघमा ओली समर्थकको लज्जाष्पद पराजय : पोखरेल प्यानल विजयउत्सवमा
काठमाडौं । नेपाल पत्रकार महासंघमा संयुक्त प्यानल पोखरेल प्यानलले विजयउत्सव मनाउन थालेको छ । संयुक्त...व्यावसायिक पशुपालनमा लाग्न प्रेरणाका स्रोत बने नराल दाजुभाइ
तनहुँ । व्यास नगरपालिका–१३ स्थित पोखरीभञ्ज्याङ निवासी तरुण दल तनहुँका सचिव दयानिधि र पुस्तक व्यवसायी...भीम रावलको प्रश्न : राष्ट्रपतिबाट प्रदान गरिएको तक्मामा चुच्चे नक्शा खै ?
काठमाडाैं। नेकपा एमालेमा निलम्बनमा परेका नेता भीम रावलले राष्ट्रपतिबाट प्रदान गरिएको तक्मामा अंकित...पौडेलको खुलासा : नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा छौं
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा...३६६ इन्स्पेक्टरको सरुवा, को–कहाँ ?
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । शुक्रबार...

प्रतिकृया लेख्नुहोस्:
- नेपालगञ्जका सवै शैक्षिक संस्था एक साता बन्द गर्ने उप–महानगरपालिकाको निर्णय
- प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच बालुवाटारमा भेट वार्ता, कार्यदलको बैठक बस्दै
- कोरोना उच्च जोखिम रहेको १४ जिल्लाका विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
- राज्य व्यवस्था समितिको निर्देशन : जघन्य अपराधको घटनामा पहिचान नखुलेका बेवारिसे शवको अभिलेख २० वर्षसम्म सुरक्षित राख्नु
- एमसीसीप्रति सरकारको मोह : कानूनमन्त्री भन्छन्, छिट्टै प्रकृया अगाडि बढाइन्छ
- विपक्षी दलद्वारा विशेष अधिवेशन बोलाउन गण्डकी प्रदेश प्रमुखसंग माग
- गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लियो
- प्रधानमन्त्रीले वाम गठबन्धन भत्काएर दक्षिणपन्थीसंग मिलेर सरकार टिकाउन खोज्नु गलत : घनश्याम भुसाल
- प्रधानमन्त्रीबाट स्वीच थिचेर ‘ल्यान्ड इन्फर्मेसन सिस्टम’ शुभारम्भ, ‘मेरो कित्ता एप’मार्फत घरमै बसेर नक्सा प्रिन्ट गर्न सकिने
- विपक्षी गठबन्धनद्वारा मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वास प्रस्ताव दर्ता, नयाँ मुख्मन्त्रीमा कांग्रेसका नेता पोखरेल प्रस्ताव
- गण्डकी प्रदेश सभा बैठक बोलाउन समावेदन दिने तयारीमा विपक्षी कांग्रेस–माओवादी गठबन्धन
- कसले गर्यो एमाले सांसद रावल बसेको घरमा ढुंगा प्रहार ?
- संघीय निजामती विधेयधक प्रति मन्त्रालयकै कर्मचारी आन्दोलनमा
- मुख्यमन्त्री गुरुङको चलाखी : आफु विरुद्ध अविश्वासको प्रस्ताव आउने भएपछि चालु अधिवेश नै अन्त्य
- अब घरजग्गा नक्सा लिन नापी कार्यलयसम्म धानउन नपर्ने, घरमै बसेर प्रिन्ट गर्न सकिने प्रविधि लागू हुँदै