Khabar Dabali Logo
  April 15, Thu

डोटी तनावग्रस्त, आजदेखि अनिश्चितकालीन बन्दको घोषणा

डोटी । प्रदेश नम्बर ७ को राजधानी डोटीको दिपायल हुनुपर्ने माग गर्दै अनिश्चितकालीन डोटी बन्दको आव्हान गरिएको छ ।

बन्दको कारण आज दिपायल,पिपल्ला र सिलगढी बजार पूर्ण रुपमा बन्द हुँदा जनजीवन प्रभावित बनेको छ ।एकसाता अघिदेखि दिपायललाई प्रदेश राजधानी बनाउनु पर्ने माग गर्दै डोटीबासीले चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

सरकारले धनगढीलाई प्रदेश ७ को राजधानी बनाउने तयारी थालेपछि डोटीबासीले विरोध गर्दै आजदेखि अनिश्चितकालीन डोटी बन्दको आव्हान गरेका हुन् । डोटी उधोग बाणिज्य संघद्धारा सात दिनदेखी जारी बिरोध कार्यक्रम अन्र्तगत हिजो क्षेत्रीय प्रशासन कार्यालय राजपुर घेराउ गरिएको थियो ।

बुधबार बिहान बसेको प्रदेश नंं ७ को राजधानी दिपायल संघर्ष समितिको बैठकले अनिश्चितकालीन जिल्ला बन्द गर्ने निर्णय गरेको हो । बन्द आह्वान गरेसँगै बिहानैदेखी सिलगढी,दिपायल,पिपल्ला,बुडर लगायतका मुख्य बजारहरु बन्द भएका छन् । सरकारी कार्यालय,गैरसरकारी संस्था,शिक्षण संस्था र बजार समेत बन्दले प्रभावित भएका छन् ।

एम्वुलेन्स, दमकल, प्रेस, शव वहान, निलो प्लेटका अत्यावश्कीय सवारी साधन चल्न दिने निर्णय भएकाले निर्वाध चलिरहेका छन् । संघर्ष समितिका सदस्य दिपक बहादुर खड्काले पहाडको अधिकार खोस्ने गरी प्रदेश ७ को अस्थायी राजधानी तोक्न लागिएकाले संघर्षमा उत्रिएको बताए । उनले भौतिक पूर्वाधारदेखि भौगोलिक दूरीका हिसाबले पनि दीपायल प्रदेश राजधानीका लागि उपयुक्त भएको तर्क गर्दै माग पूरा नभएसम्म अनिश्चितकालीन डोटी बन्द गरिने जानकारी दिए ।

सिलगढीमा पनि गैरसरकारी संस्था महासंघ डोटी शाखाले दिउसो १ बजे थप संघर्षका कार्यक्रम तय गर्न सर्ब पक्षिय बैठक बोलाएको छ ।

पुस १९ गते, २०७४ - १३:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

०७८ मा तपाईको भाग्य कस्तो हुनेछ ? हेर्नुहोस् वार्षिक राशिफल

०७८ मा तपाईको भाग्य कस्तो हुनेछ ? हेर्नुहोस् वार्षिक राशिफल

राशि भनेको २७ वटा नक्षत्रहरूको एउटा घेरा अथवा समूह हो जसको माध्यमबाट सूर्यादि नवग्रह सौर्यमण्डलामा...   

दोलखामा जीप दुर्घटना, ४ को मृत्यु, १७ घाइते

दोलखा । दोलखामा गएराति सवारीसाधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको तातोपानी...   
रियलसँग २–१ ले स्तब्ध बार्सिलोना तेस्रोमा झर्यो

रियलसँग २–१ ले स्तब्ध बार्सिलोना तेस्रोमा झर्यो

काठमाडौं । गएराति रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना रियलसँग २–१ ले पराजित भएको छ । पहिलो...   
किन बोलाए देउवाले पदाधिकारी बैठक ?

किन बोलाए देउवाले पदाधिकारी बैठक ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । पार्टी कार्यालय...   
आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार घोडे जात्रा मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा...   
पत्रकार महासंघमा ओली समर्थकको लज्जाष्पद पराजय : पोखरेल प्यानल विजयउत्सवमा

पत्रकार महासंघमा ओली समर्थकको लज्जाष्पद पराजय : पोखरेल प्यानल विजयउत्सवमा

काठमाडौं । नेपाल पत्रकार महासंघमा संयुक्त प्यानल पोखरेल प्यानलले विजयउत्सव मनाउन थालेको छ । संयुक्त...   
व्यावसायिक पशुपालनमा लाग्न प्रेरणाका स्रोत बने नराल दाजुभाइ

व्यावसायिक पशुपालनमा लाग्न प्रेरणाका स्रोत बने नराल दाजुभाइ

तनहुँ । व्यास नगरपालिका–१३ स्थित पोखरीभञ्ज्याङ निवासी तरुण दल तनहुँका सचिव दयानिधि र पुस्तक व्यवसायी...   

भीम रावलको प्रश्न : राष्ट्रपतिबाट प्रदान गरिएको तक्मामा चुच्चे नक्शा खै ?

काठमाडाैं। नेकपा एमालेमा निलम्बनमा परेका नेता भीम रावलले राष्ट्रपतिबाट प्रदान गरिएको तक्मामा अंकित...   

पौडेलको खुलासा : नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा छौं

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा...   

३६६ इन्स्पेक्टरको सरुवा, को–कहाँ ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । शुक्रबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top