
‘एमालेका कारण पार्टी एकता अनिश्चित’

-
खबरडबली संवाददाता
-
पुस १९ गते, २०७४ - १३:१३
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मणि थापाले नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता नेतृत्वको विषयमा दुई दलबीच कुरा नमिलदा अनिश्चित बनेको बताएका छन् ।
बुधबार(आज) खबरडबलीसँग कुरा गर्दै नेता थापाले सरकार र पार्टी नेतृत्व फरक–फरक हुनुपर्ने माओवादी केन्द्रको प्रस्तावमा एमालेले आफ्नो धारणा बनाउन नसक्दा पार्टी एकता अनिश्चित बनेको बताएका हुन् । एमाले अध्यक्ष केपी ओली सरकार प्रमुख बनेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष बन्नुपर्ने नेता थापाले बताए । उनका अनुसार एमालेले प्रचण्डलाई पार्टी अध्यक्ष दिन तयार नभएकै कारण पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकेको हो ।
नयाँ सरकार बनाउनु अगावै पार्टी एकताको प्रक्रिया अघि बढाउनुपर्ने प्रस्ताव माओवादी केन्द्रले राखेको उनले बताए । एमालेले सरकार प्रमुख र पार्टी प्रमुखमध्ये कुन पद लिने भन्ने स्पष्ट पारे तत्काल पार्टी एकता प्रक्रिया अघि बढ्ने उनले बताए । ‘पार्टी र सरकारको नेतृत्व फरक–फरक व्यक्तिले गर्नुपर्ने प्रस्ताव हामीले राखेका छौँ,’ उनले भने, ‘एमालेले अहिलेसम्म यो विषयमा निर्णय गरेको छैन । नेतृतवको सवालमा एमालेले धारणा सार्वजनिक गरेलगात्तै पार्टी एकता प्रक्रिया अघि बढ्छ ।’ दुबैपार्टीको सम्मानजनक उपस्थिती रहनेगरी पार्टी एकता गर्नुपर्नेमा उनले जोड दिए ।
मंगलबार(हिजो) बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले समेत पार्टी एकता ‘फिप्टी–फिप्टी पावर सेयरीङ’ का आधारमा हुनुपर्ने अधिकांश नेताले कुरा उठाएका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
०७८ मा तपाईको भाग्य कस्तो हुनेछ ? हेर्नुहोस् वार्षिक राशिफल
राशि भनेको २७ वटा नक्षत्रहरूको एउटा घेरा अथवा समूह हो जसको माध्यमबाट सूर्यादि नवग्रह सौर्यमण्डलामा...दोलखामा जीप दुर्घटना, ४ को मृत्यु, १७ घाइते
दोलखा । दोलखामा गएराति सवारीसाधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको तातोपानी...रियलसँग २–१ ले स्तब्ध बार्सिलोना तेस्रोमा झर्यो
काठमाडौं । गएराति रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना रियलसँग २–१ ले पराजित भएको छ । पहिलो...किन बोलाए देउवाले पदाधिकारी बैठक ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । पार्टी कार्यालय...आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार घोडे जात्रा मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा...पत्रकार महासंघमा ओली समर्थकको लज्जाष्पद पराजय : पोखरेल प्यानल विजयउत्सवमा
काठमाडौं । नेपाल पत्रकार महासंघमा संयुक्त प्यानल पोखरेल प्यानलले विजयउत्सव मनाउन थालेको छ । संयुक्त...व्यावसायिक पशुपालनमा लाग्न प्रेरणाका स्रोत बने नराल दाजुभाइ
तनहुँ । व्यास नगरपालिका–१३ स्थित पोखरीभञ्ज्याङ निवासी तरुण दल तनहुँका सचिव दयानिधि र पुस्तक व्यवसायी...भीम रावलको प्रश्न : राष्ट्रपतिबाट प्रदान गरिएको तक्मामा चुच्चे नक्शा खै ?
काठमाडाैं। नेकपा एमालेमा निलम्बनमा परेका नेता भीम रावलले राष्ट्रपतिबाट प्रदान गरिएको तक्मामा अंकित...पौडेलको खुलासा : नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा छौं
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा...३६६ इन्स्पेक्टरको सरुवा, को–कहाँ ?
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । शुक्रबार...

प्रतिकृया लेख्नुहोस्:
- जङ्गल सफारीका लागि राखिएका निजी हात्ती विस्थापित हुँदै
- खोलामा डुबेर दुईको किशोरीको मृत्यु
- नागरिकता लिनासाथ मतदाता नामावलीमा नाम दर्ता गराउनुस् : निर्वाचन आयोग
- मुलुकको बेथिति विरुद्ध लड्न वैकल्पिक शक्ति आवश्यक छ : अध्यक्ष कमल थापा
- कोरोना संक्रमितको संख्या ६०० नाग्यो, काठमाडौंमा मात्रै २५४ जना संक्रमित