Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

उपचारकाे नाममा बिरामीसंग चर्काे रकम लुट्दै अस्पताल

\"\"काठमाडौं । उपचारकाेनाममा  विरामीबाट चर्काे रकम असुल्ने उपत्यकाका अस्पतालविरुद्ध मुद्धा दायर भएकाे छ । महानगरीय प्रहरी परिसर काठमाडौंले बाँसबारीस्थित नेपाल इन्स्टिच्युट अफ न्युरोलोजी एन्ड एलाइड साइन्सेज (न्युरो) र बसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालविरुद्ध ठगीअन्तर्गत मंगलबार मुद्दा दायर गरेको हाे। बिरामीबाट चर्को शुल्क असुल्ने गरेकाले उपत्यकाका यी दुई ठूला अस्पतालविरुद्ध प्रहरीले मुद्दा दायर गरेको भन्दै पहिलो चरणमा दुई अस्पतालविरुद्ध मुद्दा दायर गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रवीन्द्र धानुकले बताए । आपूर्ति विभागले उपत्यकाका अस्पतालले उपचारका नाममा ठगी गरेको भन्दै आवश्यक कारबाहीका लागि सोमबार प्रहरीमा पत्राचार गरेको थियो। विभागका महानिर्देशक कुमार दाहालका अनुसार धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पताल, ग्वार्कोस्थित बीएन्डबी अस्पताल, बसुन्धरास्थित इशान बाल तथा महिला अस्पताल र बाँसबारीस्थित नेपाल इन्स्टिच्युट अफ न्युरोलोजी एन्ड एलाइड साइन्सेज (न्युरो) विरुद्ध मुद्दा दायर गर्न प्रहरीलाई पत्र पठाइएको थियो। ‘आपूर्ति विभागले पठाएको पत्रको आधारमा मंगलबार इशान र न्युरो अस्पतालविरुद्ध मुद्दा दायर गरेका छौं\', प्रहरी उपरीक्षक धानुकले भने,‘बाँकीविरुद्ध पनि केही दिनमै मुद्दा दायर गर्छौं।\' आपूर्तिको अनुगमनमा इशान अस्पतालले बेड, बेड चार्ज डिलक्स गरी एकै शीर्षकमा दुई पटकसम्म बिरामीबाट चर्को शुल्क असुल गरेको, गेट पास चार्ज, अपरेसन चार्ज, प्रक्रिया चार्ज, प्रि एनेक्स चार्ज तथा बिरामी कुरुवाको समेत शुल्क असुल गरेको भेटिएको थियो। न्युरो अस्पताल अनुगमनका क्रममा बिरामीसँग रजिस्ट्रेसन, कन्सलटेन्ट, अपरेसन, ल्याबलगायतमा चर्को मूल्य असुलपश्चात् पुनः १० प्रतिशत सेवा शुल्क लिएको फेला परेको थियो। महानिर्देशक दाहालका अनुसार एउटा बिरामीको कुल खर्च एक लाख हुँदा विभिन्न सेवा शुल्कका नाममा अतिरिक्त २५ हजार रुपैयाँ थप यस्ता अस्पतालले बिरामीबाट असुल गर्दै आएको अनुगमनमा भेटिएको छ। महानगरीय प्रहरी परिसर टेकुले बीएन्डबी, ग्रान्डी इन्टरनेसनल, नर्भिक र बयोधाविरुद्ध अनुसन्धान सकेर यसै साता मुद्दा दायर गर्ने तयारी गरेको छ। राजधानीका सुविधा सम्पन्न अस्पतालले बिरामीसँग चर्काे शुल्क लिएको आपूर्ति विभागको अनुगमन टोलीले फेला पारेको थियो। विभाग अनुगमन टोली संयोजक दीपकराज पोखरेलले धापासीस्थित ग्रान्डी इन्टरनेसनल हस्पिटलले बिरामीसँग चर्काे रकम असुलेको पाइएको जानकारी दिए। ‘हस्पिटलले स्वास्थ्य सेवामा ५ प्रतिशत मात्रै लिन पाउने सरकारी मापदण्डविपरीत बिरामीसँग शुल्क लिएको पाइयो\', उनले भने। ‘हस्पिटलले हरेक सेवामा १३ प्रतिशत भ्याटबापतको रकम बिरामीबाट असुल गर्दै आएको फेला पर्‍यो,\' पोखरेलले भने, ‘मेडिकल निर्देशकले पनि बिरामीबाट १३ प्रतिशत भ्याट असुल गर्दै आएको स्विकारेका छन्।\' अनुगमन टोलीले ग्वार्कोस्थित बिएन्डबी हस्पिटलमा पनि अनुगमन गरेको थियो। रमेशकाजी श्रेष्ठ नेतृत्वको अनुगमन टोलीले बिएण्डबी हस्पिटलमा बिरामीबाट शड्ढया र शड्ढया बापतको सर्भिस चार्ज फरक-फरक भेट्टाएको थियो। ‘हस्पिटलको एउटै स्थानमा रहेका शड्ढयाको फरक-फरक चार्ज बिरामीबाट असुल गर्ने गरेको भेटिएको छ\', अनुगमनमा सहभागी राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, ‘फरक-फरक शड्ढयामा फरक-फरक चिकित्सक र नर्सले उपलब्ध गराएको सुविधाको पनि रकम बिरामीबाट थप असुल गर्दै आएको फेला पर्‍यो।\' उक्त हस्पिटलले सय शड्ढयाको सरकारबाट स्वीकृत लिए पनि आफूखुसी एक सय २५ वटा शड्ढया सञ्चालन गर्दै आएको अनुगमन टोलीले भेटेको छ। यस्तै, विभागले नर्भिकमा शड्ढया (बेड) शुल्क असुल गरेर फेरि अर्को शीर्षकमा बेड सर्भिस चार्ज, नर्सिङ सेवा शुल्कजस्ता दोहोरो खालको शुल्क र बिरामी कुरुवा बस्ने स्थानको पनि शुल्क असुल्ने गरेको भेटिएको थियो।  

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies