Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

जुत्ता प्रदर्शनीमा करिब साढे दुई करोडको कारोबार

\"\"काठमाडौं । फुटबेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको आयोजनामा भएको १४ औँ जुत्ता प्रदर्शनीमा करिब साढे दुई करोडको कारोबार भएको छ । यही पुस १३ गतेदेखि भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा भएको प्रदर्शनीमा करिब ९० हजार दर्शकले अवलोकन गरी मंगलबार साँझ सम्पन्न भएको हो । ‘आत्मनिर्भरताको आधार स्वदेशी उत्पादनको प्रयोग’ भन्ने नारा रहेको प्रदर्शनीमा स्वदेशी छालाजुत्ता तथा वस्तु उत्पादकको सहभागिता थियो भने प्रदर्शनीमा नेपाली छाला जुत्ता, ज्याकेट, ब्याग र चप्पलको स्टल राखिएको थियो । प्रदर्शनीमा सर्वसाधारणदेखि सरकारका मन्त्री, उच्च पदस्थ कर्मचारी तथा पूर्वमन्त्री समेतले अवलोकन गरेका थिए । यस प्रदर्शनीको मुख्य आकर्षणको रुपमा स्वदेशमै गरिएको रबर खेती एवं उत्पादन तथा अपांगमैत्री जुत्तासमेत राखिएको र कुल १३५ बिक्रीकक्ष रहेको सञ्चार संयोजक नवराज भट्टराईले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी, ब्रह्मटोल उपशाखाअन्तर्गत महिला रक्त व्यवस्थापन समितिले मेला अवधिभर आयोजना गरेको रक्तदान कार्यक्रममा ११२ पिन्ट रगत संकलन भएको उक्त समितिका संयोजक राज्यलक्ष्मी शाक्यले जानकारी दिइन् । प्रदर्शनीलाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघले सहयोग गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले प्रदर्शनीको समापन गर्दै सरकारले मुलुकमा ससाना घरेलु उद्योगलाई संरक्षण गर्नुपर्ने नीतिलाई अवलम्बन गर्नुपर्नेमा जोड दिइन् । महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले स्वदेशी उत्पादनलाई वृद्धि गरी आयात प्रतिस्थापन गर्नसकेमा मात्र देशमा आर्थिक विकास हुने बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies