Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

माओवादी नेताहरूले हस्ताक्षर गरेकाे यस्ताे छ १३ बुँदे सहमति

\"\"काठमाडाैं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको बहस तिब्र रुपमा चलिरहेको छ । बहसको केन्द्रमा नेतृत्व र कार्यदिशाको प्रश्न मुख्य छ । कार्यदिशाको बहस वामपन्थीहरूका लागि सबैभन्दा महत्वपूर्ण र जटिल विषय हो । अझ दुई फरक प्रकृतिका वामपन्थी शक्तिहरूबीचको एकतामा कार्यदिशा निर्धारण पेचिलो बिषय हो । यो अवस्थामा पार्टी एकताका लागि केही न्यूनतम आधारमा बहस अघि बढ़ाउन सकिए यसले निष्कर्ष निकाल्न सक्छ । त्यो डेढ़ वर्ष अघि तत्कालीन एमाओवादी, राम बहादुर थापा नेतृत्वको माओवादी, मातृका यादव र मणि थापालगायातबीच भएको सहमति नै अहिले एमालेसँगको एकतामा छलफलको आधार बन्न सक्छ । माओवादलाई स्वीकार्ने विषयमा एमाले सहमत नभए पनि अन्य विसायहरूमा यी १३ बुँदाले ठूलो अर्थ राख्छ । यस्तो थियो समझदारी
  •  साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग नै रहेको वर्तमान विश्वमा क्रान्ति र प्रतिक्रान्तिका भीषण वर्ग संघर्षका बीचमा यतिबेला विश्वस्तरमा प्रतिक्रान्ति हावी रहेको छ र कम्युनिष्ट क्रान्तिकारीहरुका अगाडि इतिहासका अनुभवहरुको गम्भीर समिक्षा सहित मा।ले।मा।को रक्षा, प्रयोग र विकास गर्ने तथा क्रान्तिकारीको नयाँ आक्रामक लहरका निमित्त नयाँ कार्यदिशा, रणनीति र कार्यनीतिको विकास गर्ने ऐतिहासिक रुपले चुनौतिपूर्ण दायित्व रहेको छ ।
  • उपरोक्त अन्तर्राष्ट्रिय परिस्थितिको प्रभाव सहित नेपाली क्रान्ति र कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवाद र अवसरवाद हावी हुँदै गएको छ । माओवादी नेतृत्वको १० वर्षे महान् जनयुद्ध र त्यसका बलमा सिर्जित क्रान्तिकारी परिस्थिति र उपलब्धीहरु खतरामा छन् । यस सन्दर्भमा वैचारिक अन्योल, अन्तरविरोध र विचलनको वस्तुवादी र तर्क संगत संश्लेषण हुन नसक्दा माओवादी पार्टी र आन्दोलनमा विभाजनका श्रृंखलाहरु देखापरे जसको परिणाम क्रान्तिकारीहरुमा निराशा, विघटन र पलायनका प्रवृति हावी हुन थालेका छन् भने यसबाट प्रतिक्रियावादी र अवसरवादीहरु भने हौसिंदै क्रान्तिका उपलब्धीहरु माथि आक्रमण बढाउँदै लगेका छन् । परिस्थितिको यो संवेदनशीलताका बीचमा आज सम्पूर्ण माओवादी र सच्चा कम्युनिष्टहरुका बीचमा पार्टी एकता हुनुपर्ने आवाज चारैतिरबाट उठिरहेको छ । वस्तुतः सम्पूर्ण माओवादी सहित सच्चा कम्युनिष्टहरुको बीचको एकता आज एक अपरिहार्य, वस्तुगत र ऐतिहासिक आवश्यकता बनेर आएको छ ।
  • पार्टी एकतालाई दिगो र दह्रो बनाउन सच्चा कम्युनिष्टहरुले हमेशा विचारधारात्मक र राजनैतिक कार्यदिशालाई आधार बनाउने गर्दछन् र त्यसै गर्नु पनि पर्दछ । त्यस अनुसार आजको ठोस सन्दर्भमा मा.ले.मा.लाई पथप्रदर्शक सिद्धान्त मान्ने तथा यसको रक्षा, प्रयोग र विकास गर्ने कुरामा समान समझदारी हुुनु पार्टी एकताका लागि पहिलो आधारभूत सर्त हो ।
  • वित्तिय पूँजीको तीब्र भू–मण्डलीकरण, विज्ञान प्रविधि मुख्यतः सूचना प्रविधिमा भएका अभूतपूर्वक क्रान्ति तथा मौसम परिवर्तनको परिघटना लगायतका सन्दर्भमा विश्व साम्राज्यवादले नवउपनिवेशवादको नयाँ रणनीतिद्वारा आफ्नो एकाधिकारवादलाई बचाई राख्ने जमर्को गरिरहेका छ भने सर्वहारा वर्ग र उत्पीडित राष्ट्र एवम् जनताका अगाडि उसका विरुद्ध विचार र रणनीतिको नयाँ विकास गर्दै संघर्ष बढाउनु पर्ने कुरामा समान समझदारी हुनु पर्दछ ।
  • महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनहरुका बलमा सामन्तवादमाथि राजनैतिक रुपमा जनताले विजय हासिल गरेका छन् । तर साम्राज्यवादविरुद्धको संघर्ष र राष्ट्रिय स्वाधिनताका प्रश्न आज झन् गम्भीर र सर्वाधिक महत्वपूर्ण बनिरहेको छ । यो स्थितिमा राष्ट्रिय स्वाधिनताको रक्षा र सुदृढीकरण एवम् सामन्तवादका अवशेषका विरुद्ध संघर्षलाई निरन्तर अगाडि बढाउन आवश्यक छ । सामन्ती अवशेष सहित दलाल र नोकरशाही पूँजीपति वर्ग हावी रहेको वर्तमान प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध संघर्ष गर्दै र राष्ट्रियता, जनतन्त्र एवम् जनजीविकाका समस्या समाधान गरी सामन्तवाद र साम्राज्यवाद विरोधी पूँजीवादी जनवादी क्रान्ति,, जुन नयाँ जनवादी क्रान्तिकै मुख्य सारतत्व हो, लाई पूर्णता दिई समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने आधारभूत राजनीतिक कार्यदिशामा समान समझदारी पनि एकताका लागि आवश्यक छ । यो अन्तरिम कार्यदिशाका आधारमा अगाडि बढेर अध्ययन, अनुसन्धान र छलफलको प्रक्रियाद्वारा एकता महाधिवेशनबाट कार्यदिशाको परिमार्जन, संमृद्धिकरण र संश्लेषण गरिनेछ ।
  • सामाजिक क्रान्तिमा बल प्रयोगको भूमिकालाई वर्गाीय समाजको सार्वभौम सिद्धान्तका रुपमा स्वीकार गर्ने कुरामा समान बुझाई आवश्यक छ । आजको ठोस परिस्थितिमा त्यसको स्वरुप निर्धारण गर्नु पर्दछ ।
  • जनवादी केन्द्रीयतालाई आधारभूत संगठनात्मक सिद्धान्तका रुपमा स्वीकार र अभ्यास गर्ने तथा तत्काल संगठनात्मक संरचना नेतृत्व निर्माणदेखि अन्तरसंघर्ष र एकीकरणको सर्वसम्मत नीति, विधि र प्रक्रिया निर्धारण गर्नु पर्दछ ।
  • नेपालको नयाँ संविधानले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशी प्रतिनिधित्व जस्ता महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका क्रममा माओवादी पार्टीले अघि सारेका राजनैतिक मुद्धाहरुलाई संस्थागत गरेको छ । यद्यपी पनि यो पुर्ण छैन । यो संविधानले प्रतिक्रियावादी संसदीय व्यवस्थालाई नै निरन्तरता दिइएको छ । राज्यसत्तामा दलाल, नोकरशाही पूँजीपति र ह्रासोन्मुख सामन्ती वर्गकै हित सुरक्षित गरेको छ । संविधानमा व्यवस्था गरिएको गणतन्त्र, संघीयता, धर्म निरपेक्षता एवम् समानुपातिक समावेशी प्रतिनिधित्व एवम् जनताका मौलिक अधिकारसँग सम्वन्धित सकारात्मक पक्षको स्वामित्व लिने, तिनको रक्षा र उपयोग गर्दै यसको प्रतिक्रियावादी संसदीय चरित्रका विरुद्ध संघर्षको नीति लिनु पर्दछ ।
  • तात्कालिक कार्यनैतिक दृष्टिले राष्ट्रियता, जनतन्त्र एवम् जनजीविकाका समस्याहरुलाई लिई सबै मोर्चाबाट चौतर्फि पहल र हस्तक्षेप गर्दै क्रान्तिको सम्पूर्ण तयारीमा जोड दिनु पर्दछ । यस सन्दर्भमा सडक, सदन र सरकारका सबै मोर्चाहरुलाई उपयोग गर्दै क्रान्तिको समग्र तयारीको विशिष्ट योजना र कार्यक्रम बनाईनु पर्दछ । क्रान्तिका लागि सडकबाट लिईने पहलकदमीको मुख्य र सदन र सरकारबाट लिईने पहलको सहायक र विशिष्ट भूमिका रहने कुरामा समान समझदारी रहनु पर्दछ ।
  • तराई–मधेस, उत्पीडित क्षेत्र, थारु लगायत आदिवासी, जनजाति, महिला, दलित, मुस्लिम लगायतका समस्याहरुको संबोधन गर्न पहिचान, राष्ट्रिय आत्मनिर्णयको अधिकार, स्वायत्तता र पूर्ण समानुपातिक प्रतिनिधित्व सहित विशेषाधिकारको व्यवस्था गर्न पर्दछ । यसरी मात्र आन्तरिक राष्ट्रिय एकता सुदृढ गरेर देशको समग्र राष्ट्रिय स्वाधिनता सुदृढ गर्न सकिन्छ ।
  • साम्राज्यवादी र विस्तारवादी शक्तिहरुद्वारा विगतमा नेपालमाथि थोपरिएका सन् १९५० लगायतका असमान सन्धी सम्झौताको खारेजीको लागि संघर्ष गर्ने ।
  • पार्टी र आन्दोलनका विगतका गल्ति कमि–कमजोरीहरुको समिक्षा गर्ने ।
  • उपरोक्त साझा सहमतिका आधारमा सबै पक्ष सम्मिलित संयोजन समितिले पार्टीको नाम लगायत एकताको विधि, प्रक्रिया, संरचना, नेतृत्व, मिति निर्धारण गर्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies