एमालेले पनि नवौं महाधिवेशनबाट राष्ट्रिय पुजींको निर्माणलाई मुख्य बनाएको छ । उत्पादनका साधन बढाएर मात्र राष्ट्रिय पुजीं निर्माण आशींक संभव छ । कुनैबेला पुजींवादको धुरन्धुर विरोध गर्ने अहिले एमाले नेताहरुको लगानी हाईड्रोमा, आफ्नै निजि अस्पताल, झलनाथ खनाल प्रतिष्ठान, निजि विद्मालय विश्वविद्मालयमा र \'क\' वर्गका बैकमा कराेडौ सेयर गरेका छन् । पार्टीको महाधिवेशनले सरकारको ढुकुटी बढाउने उद्देश्य लिएको भए पनि ब्यवहारत नेताहरू आफ्नै थैलीमा भर्नमा ब्यस्त छन । एमालेको सिद्दान्त र ब्यवहार नदिको दुई किनार जस्तो छ ।वामगठवन्धनका दुई ठुला कम्युनिष्ट पार्टीहरुले घोषणापत्रमा घोषणा गरे अनुरूप कार्यन्वयन पनि गंभीर हुन्छन कि हुदैन आम जनताको चासो विषय रहेको छ । विगतमा बहुदलीय ब्यवस्थाका लागि पञ्चायत विरुद्ध शसक्त संघर्ष गर्ने मध्यको एउटा पार्टी एमाले हो । गणतन्त्रका लागि निरंकूश राजतन्त्र विरुद्ध शसस्त्र संघर्ष गरेको माओवादीले संविधान सभाबाट गणतन्त्र संस्थागत हुनु र संविधान बन्नु भनेको कार्यनिति सफलता हो । यसर्थ राजनिति विचारबाट चल्ने हुदाँ संख्यामा एमाले ठुलो भए पनि आजको राजनीतिको कोरीयोग्राफर माओवादी बनेको छ । अहिले माओवादी को वैचारीक धारमा एमालेको संगठन एकता हुने संभावना छ । आफ्नो निजि सम्पत्ति पार्टीकरण गरेका माओवादी नेताहरुले हेटौडा महाधिवेशनबाट उत्पादनका स्रोत र साधन बढाउदै समाजवाद यात्रा तय गरेका छ । महाधिवेशनले सरकारका उद्मोग कलकारखानलाई सुचारु गर्न दवाव दिएको थियो । यसै अनुरुप मुलुक वर्तमान संविधानमा वामपन्थीहरूको पहलमा,\'अव समाजवाद तर्फ मुलुक उन्मुख हुनेछ,\' लेखीएको छ । वामपन्थीहरूले संविधानमा समाजवाद उल्लेख गराउनुलाई ज्यादै ठुलो उपलब्धी मानिएको छ । एमालेले पनि नवौं महाधिवेशनबाट राष्ट्रिय पुजींको निर्माणलाई मुख्य बनाएको छ । उत्पादनका साधन बढाएर मात्र राष्ट्रिय पुजीं निर्माण आशींक संभव छ । कुनैबेला पुजींवादको धुरन्धुर विरोध गर्ने अहिले एमाले नेताहरुको लगानी हाईड्रोमा, आफ्नै निजि अस्पताल, झलनाथ खनाल प्रतिष्ठान, निजि विद्मालय विश्वविद्मालयमा र \'क\' वर्गका बैकमा कराेडौ सेयर गरेका छन् । पार्टीको महाधिवेशनले सरकारको ढुकुटी बढाउने उद्देश्य लिएको भए पनि ब्यवहारत नेताहरू आफ्नै थैलीमा भर्नमा ब्यस्त छन । एमालेको सिद्दान्त र ब्यवहार नदिको दुई किनार जस्तो छ । पार्टीको नाम एकिकृत मार्क्सवादी लेनिनवादी राख्ने तर मार्क्सवादको मुख्य सारत्व वल प्रयोगको सिद्दान्त नमान्ने, लेनिनवादको सार जनताको अधिनायकत्व नमान्ने ! अनि मार्क्सवादी लेनिनवादी पनि भईरहने ! मार्क्सवाद र लेनिनवादका आधारभुत सिद्दान्त नमान्ने कुन प्रकारको एमाले कम्युनिष्ट पार्टी हो ! [caption id=\"attachment_169647\" align=\"alignleft\" width=\"300\"] लेखक[/caption] कम्यनिष्टहरू वर्गीय हुन्छन । वर्गीय दृष्टीकोण प्रतिको आस्था र निष्ठामा वैचारीक रूपमा माओवादी प्रष्ट छ । तर एमाले पार्टी श्रमजिवि र उत्पीडीत वर्ग तथा मधेशी जनजातीलाई अधिकार दिने विषयमा सधै विपक्षमा हुन्छ । एमालेको यो चरित्र मार्क्सवाद र नेपालको परिवेशमा वस्तुनिष्ठ छैन् । जनयुद्ध माओवादी केन्द्रको राजनितिक जग हो । देश वहुदलिय व्यस्थामा प्रवेश गरे पश्चात विकास निर्माण जनताका अधिकारलाई व्यवास्था गर्दै निर्वाचित दलका नेताहरु फोहरी संसदीय खेलमा मस्त भएपछी मुलूकको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्र समस्या ग्रस्त हुदां तत्कालिन समयको माग थियो \'जनयुद्ध\'। माक्सवाद लेनिनवाद र माओवादको आलोकमा ठोस परिस्थितिको ठोस बिश्लेषण गरेर जनयुद्ध मुलुक सुरु भएको हो । माओवादी अहिले राष्ट्रीय अन्तराष्ट्रीय स्तरमा परिवर्तनकारी शक्तीका रूपमा सकारात्मक सन्देश प्रवाह भईरहेको छ,त्यो सवै जनयुद्धले नै संभव बनाएको हो।नेपालमा जनयुद्ध संघिय गणतन्त्र जग हो । माओवादी नेता कार्यकर्ताको ढुकढुकीमा बसेको जनयुद्ध छ । मुलुकमा जनयुद्ध चलिरहेको वेला राजातन्त्रकालिन समयमा मन्त्री बन्ने ओली अन्जान बन्दै अहिले जनयुद्ध माथि प्रश्न गर्नु भनेको गणतन्त्र नेपाललाई ब्यङ्ग्य गरे जस्तो हुन्छ । अहिलेको चुनावमा एमालेले धेरै जनमत प्राप्त गरेको छ, जनताको जनमतलाई सलाम । ठुलो पार्टी बनेपछि फराकिलो मन हुन आवश्यक हुन्छ । माओवादी नेता कार्यकर्ता ओलीमा शालीनता खोजिरहेका छन् । यतिबेला एमाले आफ्नै जगमा मात्र ठुलो भएको भन्ने भ्रम मन मतिष्कमा राख्नु भनेको माओवादी मतलाई बिर्सनु हो । दुई पार्टी एकतालाई अल्मल्याउनु हो । स्वार्थको मकुण्डो लगाएर पार्टी एकता नभई ठुलो पार्टी बनाउने उद्देश्यका साथ वामगठवन्धन भएको हो भने, यो सरासर जनताको मत माथि खेलवाड हो |
प्रतिकृया लेख्नुहोस्: