Khabar Dabali Logo
  October 22, Thu

जापानमा मिस एण्ड मिसेस नेपाल-२०१८ हुने

जापान । नेपाली कला संस्कृतिको जगेर्ना तथा बौद्धिक एवं अन्तरक्षमताको विकास गराउने उद्देश्यले जापानमा पहिलो पटक मिस एण्ड मिसेस नेपाल-२०१८ गरिने भएको छ ।

नेपालमा लामो समयदेखि सौन्दर्य प्रतियोगिता गर्दै आएको पल इन्टरटेन्मेन्ट र जापानको सिन्जोउ कर्पोरेसनको संयुक्त आयोजनामा टोकियो महानगरपालिकाको इतावासी शहरस्थित ओया ग्रिनहलमा १८ फेब्रुअरी २०१८ मा कार्यक्रम गरिने भएको हो ।

आयोजकका अनुसार कला संस्कृतिको प्रचारप्रसार र सौन्दर्यता, व्यक्तित्व, अन्तरक्षमताको विकासका लागि व्यावसायिक रुपमा नेपाली महिला प्रतिस्पर्धामा उत्रिन लागेका हुन् ।

प्रतिस्पर्धीलाई पारिवारिक र विद्यार्थी भिजामा जापानमा बसोबास गर्दै आएका महिलाले नेपालको कला सस्ंकृति, सुन्दरता बौद्धिक प्रतिभासहित अन्तरक्षमताका विभिन्न १५ विधामा प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो चरणको छनोट प्रक्रिया १ फेबु्रअरी र उत्कृष्टताका आधारमा अन्तिम छनोट १८ फेबु्रअरी २०१८ मा गरिनेछ । अडिसनमा छनोट भएकालाई ३ फेबु्रअरीबाट फिटनेश, सेल्फ मेकअप, हाँसो, फोटो सेसन, मिडियासम्बन्धी जानकारी र स्टेज पफर्मेन्स, क्याटवाक र मानव संशाधनलगायतका बारेमा तालीम दिइने आयोजक सिन्जोऊ कर्पोरेसनका प्रबन्ध निर्देशक उत्तमकुमार श्रेष्ठले बताए ।

आफ्नै फरक क्षमताका आधारमा पहिलो, दोस्रो र तेस्रो भएका विवाहित र अविवाहित दुवै विजेताले नगदसहित म्युजिक भिडियो तथा स्थानीय मिडियामा अवसर पाउनेछन् । छनोट विवादरहित बनाउन नेपालबाट सम्बन्धित क्षेत्रका विज्ञ र जापानबाट पनि प्रतिनिधि सहभागी रहनेछन् ।

कार्यक्रमको व्यवस्थापन गरेको डेस्टिनी क्रियसनका असिम बस्नेतका अनुसार लामो समयदेखि जापानमा बसोबास गर्दै आएका नेपालीले कला सस्ंकार जोगाउने पहिरन, पोशाक, रङदेखि गुन्यु, चोलो र नाक, कान, घा“टीमा लगाउने गहना र तिलहरीसहित सहभागिता जनाउन सक्नेछन् । रासस

पुस १९ गते, २०७४ - ०९:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top