
इरानबारे आपत्कालीन बैठक डाक्न माग

-
-
पुस १९ गते, २०७४ - ०९:३०
इरानमा भइरहेको विरोध प्रदर्शन सम्बन्धमा आपत्कालीन बैठक डाक्न संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्र संघलाई आग्रह गर्ने राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले बताएकी छन् । इरानका विरोध प्रर्दशनकारीको प्रशंसा गर्दै राजदूत हेलीले उनीहरुमाथि तेहरानको व्यवहारको भर्त्सना गरिन् ।
राजदूत हेलीले इरानमा शान्ति सुरक्षा र स्वतन्त्रताको परिक्षण भइरहेको बताइन् ।
त्यहाँ लामो समयदेखि दबाइएका मानिसहरु उनीहरुका तानाशाह विरुद्ध उठेको वास्तविक दृष्य भन्दै राजदूत हेलीले राष्ट्र संघीय बडापत्रमा स्थापित स्वतन्त्रतामाथि इरानमा आक्रमण भइरहेको बताइन् ।
सरकार विरोधी प्रदर्शन बारे छलफल गर्न अमेरिकाले राष्ट्र संघीय सुरक्षा परिषदलाई आग्रह गर्ने राजदूत हेलीले बताइन्।
उनले इरानको परिस्थितिबारे राष्ट्र संघीय मानव अधिकार परिषद जेनेभामा पनि कुरा उठाइने बताइन्।
उनले भनिन्, “सरकार विरुद्ध आवाज उठाउन ठूलो बहादुरी चाहिन्छ खासगरी विरोध गर्ने आफ्ना नागरिकको हत्या गर्ने लामो इतिहास बोकेको सरकार विरुद्ध त झन् चाहिन्छ। हामी इरानी जनताको साहसको प्रशंसा गर्छौं।”
परिषदले शान्ति र सुरक्षामाथि अन्तर्राष्ट्रिय खतरामाथि छलफल गर्ने गर्छ तर अमेरिकाले चाहे जस्तो विषयमा परिषद सदस्यहरुबाट आवश्यक समर्थन प्राप्त होला कि नहोला भन्ने स्पष्ट छैन।
प्रदर्शन विदेशी तत्वको इशारामा भएको भन्ने तेहरानको दावीलाई अस्वीकार गर्दै हेलीले त्यसलाई हास्यास्पद भनिन् र विरोध स्वस्फूर्त रुपमा भइरहेको बताइन्।
इरानमा सरकार विरोधी प्रदर्शन छैठौं दिन पुगेको छ। बीबीसी

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
०७८ मा तपाईको भाग्य कस्तो हुनेछ ? हेर्नुहोस् वार्षिक राशिफल
राशि भनेको २७ वटा नक्षत्रहरूको एउटा घेरा अथवा समूह हो जसको माध्यमबाट सूर्यादि नवग्रह सौर्यमण्डलामा...दोलखामा जीप दुर्घटना, ४ को मृत्यु, १७ घाइते
दोलखा । दोलखामा गएराति सवारीसाधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको तातोपानी...रियलसँग २–१ ले स्तब्ध बार्सिलोना तेस्रोमा झर्यो
काठमाडौं । गएराति रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना रियलसँग २–१ ले पराजित भएको छ । पहिलो...किन बोलाए देउवाले पदाधिकारी बैठक ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । पार्टी कार्यालय...आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार घोडे जात्रा मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा...पत्रकार महासंघमा ओली समर्थकको लज्जाष्पद पराजय : पोखरेल प्यानल विजयउत्सवमा
काठमाडौं । नेपाल पत्रकार महासंघमा संयुक्त प्यानल पोखरेल प्यानलले विजयउत्सव मनाउन थालेको छ । संयुक्त...व्यावसायिक पशुपालनमा लाग्न प्रेरणाका स्रोत बने नराल दाजुभाइ
तनहुँ । व्यास नगरपालिका–१३ स्थित पोखरीभञ्ज्याङ निवासी तरुण दल तनहुँका सचिव दयानिधि र पुस्तक व्यवसायी...भीम रावलको प्रश्न : राष्ट्रपतिबाट प्रदान गरिएको तक्मामा चुच्चे नक्शा खै ?
काठमाडाैं। नेकपा एमालेमा निलम्बनमा परेका नेता भीम रावलले राष्ट्रपतिबाट प्रदान गरिएको तक्मामा अंकित...पौडेलको खुलासा : नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा छौं
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा...३६६ इन्स्पेक्टरको सरुवा, को–कहाँ ?
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । शुक्रबार...

प्रतिकृया लेख्नुहोस्:
- जापानका प्रधानमन्त्री सुगा अमेरिका भ्रमणमा, चीन मामिला मुख्य कार्यसूची
- भारतमा कोरोना सङक्रमितको संख्या १ करोड ४० लाख नाघ्यो
- खुट्टा बाँधेर गाडिएको अवस्थामा ३५ वर्षीय पुरुषको शव फेला
- अमेरिकाले सेप्टेम्बर ११ अगावै अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने
- जङ्गल सफारीका लागि राखिएका निजी हात्ती विस्थापित हुँदै