Khabar Dabali Logo
  April 15, Thu

युएईमा लाग्यो ५% भ्याट: लाखौ नेपाली प्रभावित, के-केमा लाग्छ भ्याट ?

युएई । युएई सरकारले जनवरी १ तारिख सोमबारदेखि अभिबृद्दी कर (भ्याट ) ५ प्रतिशत लागू गरेको छ । झन्डै ३ लाख नेपाली कार्यरत रहेको युएईमा मुल्य अभिबृद्दी कर लागू भएसङ्गै त्यसबाट लाखौ नेपाली प्रत्यक्ष प्रभावित भएका छन । अन्य देशको तुलनामा मासिक तलब (बेसिक स्यालरी )मा समेत कमजाेर रहेको युएईमा कर लागू भएसङ्गै अब दैनिक रूपमा हुने खर्चमा ३ देखि ५ प्रतिशतले वृद्धि हुनेछ भने ,युएई सरकारले तत्काल सबै छेत्रका कामदारको तलब बढाउने देखिदैन ।

नेपालमा आर्थिक बर्ष २०४९/५० बाट नै मुल्य अभिबृद्दी कर लागू गरे पनि खाडीका देश युएई र साउदी अरबमा भने सन् २०१८ बाट मात्रै कर लागू भएको जानकारी स्थानीय सन्चार माध्यमले दिएका छन । सरकारले प्राय जसो सबै किसिमको बस्तु र सेवामा भ्याट लगाएको छ। शिक्षा क्षेत्रकाे मासिक शुल्कमा भ्याट नलगाएपनि बिद्यालयले लिने अन्य शुल्कहरु यातायात, पोशाक र सेवाजन्य शुल्कहरुमा भने ५ प्रतिशत भ्याट लाग्नेछ । त्यसैगरी अस्पताल शुल्क, भिसा शुल्क, हवाइ टिकट, सार्वजनिक यातायात र कामदारहरुको तलबमा भ्याट लाग्ने छैन ।

तर पेट्रोलियम पदार्थ, सवारी साधन मर्मत र टोल गेट ट्याक्समा भने भ्याट लाग्नेछ । कामदारहरुलाई दिईएको मेडिकल इन्स्युरेन्स सुबिधाको प्रिमियममा भने भ्याट लाग्नेछ । कामदार मृत्यु हुँदा पाउने ईन्सुरेन्समा (जीवन बिमा) भने भ्याट लाग्नेछैन । मेडिकल इन्स्युरेन्सको प्रिमियममा लाग्ने भ्याट कम्पनीले तिर्नु पर्नेछ । सरकारले मुल्य अभिबृद्दी कर लागु गरे सङ्गै मासिक तलबमा वृद्धि नगरे पछी थोरै तलबमा काम गर्दै आयका नेपाली लगायत अन्य रास्ट्रका नागरिकलाइ अब युएईमा रहन धौधौ हुने भएको छ । सन्चार माध्यमका अनुसार युएई र साउदी अरब सङ्गै खाडिका अन्य मुलुकमा समेत केहि समय भित्रनै मूल्य अभिबृद्दी कर लागू हुने बताइएको छ ।

पुस १९ गते, २०७४ - ०७:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

०७८ मा तपाईको भाग्य कस्तो हुनेछ ? हेर्नुहोस् वार्षिक राशिफल

०७८ मा तपाईको भाग्य कस्तो हुनेछ ? हेर्नुहोस् वार्षिक राशिफल

राशि भनेको २७ वटा नक्षत्रहरूको एउटा घेरा अथवा समूह हो जसको माध्यमबाट सूर्यादि नवग्रह सौर्यमण्डलामा...   

दोलखामा जीप दुर्घटना, ४ को मृत्यु, १७ घाइते

दोलखा । दोलखामा गएराति सवारीसाधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको तातोपानी...   
रियलसँग २–१ ले स्तब्ध बार्सिलोना तेस्रोमा झर्यो

रियलसँग २–१ ले स्तब्ध बार्सिलोना तेस्रोमा झर्यो

काठमाडौं । गएराति रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना रियलसँग २–१ ले पराजित भएको छ । पहिलो...   
किन बोलाए देउवाले पदाधिकारी बैठक ?

किन बोलाए देउवाले पदाधिकारी बैठक ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । पार्टी कार्यालय...   
आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार घोडे जात्रा मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा...   
पत्रकार महासंघमा ओली समर्थकको लज्जाष्पद पराजय : पोखरेल प्यानल विजयउत्सवमा

पत्रकार महासंघमा ओली समर्थकको लज्जाष्पद पराजय : पोखरेल प्यानल विजयउत्सवमा

काठमाडौं । नेपाल पत्रकार महासंघमा संयुक्त प्यानल पोखरेल प्यानलले विजयउत्सव मनाउन थालेको छ । संयुक्त...   
व्यावसायिक पशुपालनमा लाग्न प्रेरणाका स्रोत बने नराल दाजुभाइ

व्यावसायिक पशुपालनमा लाग्न प्रेरणाका स्रोत बने नराल दाजुभाइ

तनहुँ । व्यास नगरपालिका–१३ स्थित पोखरीभञ्ज्याङ निवासी तरुण दल तनहुँका सचिव दयानिधि र पुस्तक व्यवसायी...   

भीम रावलको प्रश्न : राष्ट्रपतिबाट प्रदान गरिएको तक्मामा चुच्चे नक्शा खै ?

काठमाडाैं। नेकपा एमालेमा निलम्बनमा परेका नेता भीम रावलले राष्ट्रपतिबाट प्रदान गरिएको तक्मामा अंकित...   

पौडेलको खुलासा : नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा छौं

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा...   

३६६ इन्स्पेक्टरको सरुवा, को–कहाँ ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । शुक्रबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top