Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यसकारण नेपालमा संदिग्ध प्रवेशको खतरा

\"\"काठमाडाैं । अन्तर्राष्ट्रिय प्रहरीहरूको संगठन (इन्टरपोल) ले आतंककारी र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको तथ्यांक(डाटा) नेपालको अध्यागमन संयन्त्रसँग नजोड्दा अवाञ्छित व्यक्तिहरूको आवागमनले मुलुकमा सुरक्षा चुनौती बढाएको छ। त्यसले नेपालको सीमा सुरक्षामा समेत असर पार्दै आएको छ । आजको अन्नपूर्णमा खबर छ-इन्टरपोलले तयार पारेको मोबाइल इन्टरपोल नेटवर्क डाटाबेस (माइन्ड) र फिक्सड इन्टरपोल नेटवर्क डाटाबेस (फाइन्ड) का डाटा अध्यागमन विभागको पहुँचमा छैन। यसमा पहुँच नहुँदा अध्यागमन विभागले इन्टरपोलको डाटाबेसमा रहेका संदिग्ध व्यक्तिको पहिचान गर्न सक्दैन। माइन्डमा हराएका वा चोरी भएका राहदानी र हराएका सवारी साधनको विवरण राखिएको हुन्छ भने फाइन्डमा आपराधिक व्यक्तिको व्यक्तिगत विवरण (फोटो, औंठा छाप, डीएनए) राखिएको हुन्छ। इन्टरपोल र अध्यागमनको डाटाबेस नजोड्दा इन्टरपोलका १ सय ९२ सदस्य राष्ट्रले जारी गरेको रेडकर्नर नोटिस र डिफ्युजन नोटिसमा भएका केही आपराधिक व्यक्ति नेपाल प्रवेश गरेको पाइएको प्रहरी स्रोतको भनाइ छ। इन्टरपोलले डाटाबेस दिन सहमत जनाइसकेको तर गृह मन्त्रालयले आवश्यक तयारी नगर्नु र गाम्भीर्यता नबुझिदिनुले समेत इन्टरपोल र अध्यागमनमा डाटाबेस जोड्न ढिलाइ भइरहेको स्रोतको दाबी छ। दुईमध्ये फाइन्ड अनलाइन डाटाबेस हो भने माइन्ड अफलाइन डाटाबेस डिभाइस हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल प्रहरीको विशेष ब्युरोले अहिले माइन्ड डिभाइस प्रयोग गरिरहेको छ। फाइन्ड प्रयोग गर्ने मुलुकमा कुनै पनि व्यक्तिको राहदानी अध्यागमन अधिकृतले आफ्नो डाटाबेसमा राखेलगत्तै इन्टरपोलको डाटासँग म्याच हुन्छ र आतंककारी वा आपराधिक व्यक्ति भए/नभएको तत्काल थाहा हुन्छ। इन्टरपोलको खोजीको सूचीमा भए ती व्यक्ति त्यहीँ पक्राउ पर्छन्। फाइन्ड व्यावहारिक रूपमा समेत उत्तिकै प्रभावकारी छ। अफलाइन डाटाबेस माइन्डमा निश्चित समयमा आएका वा गएका यात्रुको विवरण म्याच गरिन्छ। माइन्ड डाटाबेसमा यात्रुको विवरण म्याच गरुन्जेलमा शंकास्पद व्यक्तिले अध्यागमन पार गरिसकेको हुने भएकाले यो फाइन्डको तुलनामा कम प्रभावकारी छ। इन्टरपोलले केही महिनाअघि पोखरामा गराएको माइन्ड डाटाबेस डिभाइसको तालिमका क्रममा कालोसूचीमा रहेको राहदानी लिएर एक विदेशी नेपाल प्रवेश गरेको र अध्यागमनबाट भिसा थप गरेको पाइएको थियो। यो घटनाले पनि इन्टरपोलको डाटाबेस अध्यागमनमा जोड्नुपर्ने अपरिहार्यता देखाएको छ। फाइन्ड डाटाबेस जोडिएको भए ती विदेशी आगमनको क्रममा विमानस्थलमै पक्राउ पर्ने थिए। ‘इन्टरपोलको डाटाबेसमा भएका धेरै आपराधिक व्यक्ति नेपालमा इन र आउट भएको देखियो’, प्रहरीका एक उच्च अधिकारीले अन्नपूर्णसँग भने, ‘इन्टरपोल र अध्यागमनको डाटाबेस जोडिदियो भने नेपालको मात्र नभई विभिन्न मुलुकले कालोसूचीमा (ब्ल्याक लिस्ट) राखेका र चेतावनी दिइएका व्यक्तिमाथि समेत निगरानी गर्न सकिन्छ।’ अध्यागमनमा इन्टरपोलको डाटाबेस जोड्ने अन्तिम तयारी भइरहेको प्रहरीले जनाएको छ। ‘इन्टरपोलको डाटामा कसको कति पहुँच भन्नेमा प्रहरी र अध्यागमनका अधिकारीहरूको विवाद छ’, गृह मन्त्रालयका एक अधिकारीले अन्नपूर्णसँग भने, उनीहरूबीचकै विवादका कारण डाटा जोड्न ढिलाइ हुँदै आएको छ। दुवै निकाय इन्टरपोलको डाटामा आफ्नो बढी पहुँच होस् भन्ने चाहन्छन्। प्रहरीले अहिलेसम्म माइन्ड डाटाबेस अध्यागमनलाई उपलब्ध नगराउनु पनि उनीहरूबीचको विवादको उदाहरण हो।’ अध्यागमन नाकामा बायोमेट्रिक्स प्रणालीसहितको सफ्टवयेर नहुनु र त्यसमाथि इन्टरपोलको डाटामा समेत अध्यागमनको पहुँच नहुँदा आतंकवादी र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको सम्भावित आवागमनले मुलुकको सुरक्षा अवस्थामा थप चुनौती थपिँदै गएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies