
दक्षिण कोरियाले गर्याे उत्तर कोरियालार्इ उच्चस्तरीय वार्ता प्रस्ताव

-
-
पुस १८ गते, २०७४ - १७:३०
दक्षिण कोरियाले हिउँदे ओलिम्पिक् गेम्स्मा उत्तर कोरियाको सम्भावित सहभागिताबारे जनवरी ९ मा छलफल गर्न उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको छ । उत्तर कोरियाका नेता किम जङ-अनले एउटा टोली हिउँदे ओलिम्पिक् गेम्स्मा सहभागी हुन फेब्रुअरीमा दक्षिण कोरियाको प्युङ्चाङ पठाउनेबारे विचार गर्दै गरेको बताएपछि यो प्रस्ताव आएको हो ।
किमले दुवै पक्षले तत्कालै भेटेर उत्तर कोरियाको सहभागिताबारे छलफल गर्नुपर्ने बताएका थिए । केही अगाडि दक्षिण कोरियाका राष्ट्रपतिले दुई देशबीचको तनावपूर्ण सम्बन्ध सुधार गर्न यो अवसर हुनसक्ने आफूलाई लागेको बताएका थिए ।
दक्षिण कोरियाका एकता मामिला हेर्ने मन्त्री जो म्युङ्-ग्युनले मङ्गलवार दुई देशका प्रतिनिधिहरूले ‘युद्धविराम गाउँ’ भनिएको पाम्मुन्जुममा भेट गर्न सक्ने प्रस्ताव अगाडि सारेका हुन् । उच्च सुरक्षा दिइएको तर असैनिक क्षेत्र (डीएम्जेड्) मा पर्ने उक्त सीमावर्ती गाउँमा दुवै देशले ऐतिहासिक रूपमै वार्ताहरू गर्दै आएका छन् ।
“उत्तर र दक्षिण कोरिया आमुन्नेसामुन्ने बस्छन् र उत्तर कोरियाली प्रतिनिधि मण्डलको ‘प्युङ्चाङ गेम्स्’मा सहभागिता लगायत दुई देशको सम्बन्ध सुधार गर्न आपसी चासोका विषयहरूमा छलफल गर्छन् भन्ने हाम्रो आशा छ,” चोले भने ।
जनवरी ९ का लागि प्रस्तावित वार्तामा को को सहभागी हुन्छन् भन्ने स्पष्ट भइसकेको छैन। उत्तर कोरियाको प्रतिक्रिया आउन पनि बाँकी नै छ । अघिल्लो उच्चस्तरीय वार्ता गेसङस्थित संयुक्त औद्योगिक क्षेत्रमा डिसेम्बर २०१५ मा भएको थियो ।
तर उक्त वार्ता कुनै सहमति विना सकिएको थियो । दुवै पक्षले वार्तामा छलफल गरिएको विषय सार्वजनिक गरेका थिएनन् ।
त्यसो नगर्न अन्तर्राष्ट्रिय दवाब भए पनि पछिल्ला दुई वर्षमा उत्तर कोरियाले आफ्नो पारमाणिक र परम्परागत अस्त्रको योजनालाई निकै सुदृढ बनाएको छ ।
‘अवसर’
मंगलवारको मन्त्रिपरिषद् बैठकमा राष्ट्रपति मून् जे-इनले उत्तरका नेता किम जङ्-अनको पछिल्लो भनाइ स्वागतयोग्य भएको बताए ।
उनका अनुसार शान्तिका लागि अगाडि बढ्न ओलिम्पिक् गेम्स् एउटा “अभूतपूर्व अवसर” भएको आफैँले पहिला पनि बताएका थिए ।
“सम्बन्धित मन्त्रालयहरूले चाँडो अनुगमनका उपायहरू ल्याएर उत्तर र दक्षिण कोरियाबीच फेरि वार्ता सुरु गर्नुपर्छ र उत्तरको हिँउदे ओलिम्पिक्मा सहभागिता सुनिश्चित गर्नुपर्छ,” उनले भने ।
तर उनका अनुसार दक्षिण कोरियाले उत्तर कोरियाको विवादास्पद पारमाणिक र बलिस्टिक् अस्त्र विकास रोक्न लगाउन आफ्ना साझेदार देशहरूसँगको सहकार्यले भने निरन्तरता दिनेछ ।
सोमवारको एउटा भाषणमा उत्तर कोरियाका नेता किमले संयुक्त राज्य अमेरिकाविरुद्ध फेरि धम्की दिएका थिए ।
उनले पूरै अमेरिकामा आफ्नो देशले मार हान्न सक्ने र पारमाणिक अस्त्रको बटन सधैँ आफ्नो टेबलमै भएको बताएका थिए ।
नयाँ वर्षका उपलक्ष्यमा दिएको सन्देशमा शान्तिका लागि सङ्केत दिँदै उनले दुई देशबीचको जमेको सम्बन्ध भने पग्लनु पर्ने बताएका थिए ।
“उत्तर कोरिया स्थापनाको ७०औँ वार्षिकोत्सव र दक्षिण कोरियाले हिउँदे ओलिम्पिक्स् आयोजना गर्न लागेकाले सन् २०१८ दुवै देशका लागि महत्त्वपूर्ण वर्ष हो ।”
“यो अर्थपूर्ण वर्षलाई आकर्षक बनाउँदै दुवै देशको इतिहासमा विशेष रूपमा स्थापित गर्न हामीले उत्तर र दक्षिणबीच जमेको सम्बन्ध पगाल्नु पर्छ,” उनले भने ।
केही अगाडि ‘प्युङ्चाङ गेम्स्’ आयोजना समितिका अध्यक्ष ली ही-बुमले आफू उत्तर कोरियाको सम्भावित सहभागिताबारे सुनेर उत्साहित भएको दक्षिण कोरियाको समाचार संस्था योन्हापलाई बताएका थिए ।
उनले यो “नयाँ वर्षको उपहारजस्तै” भएको बताएका थिए ।
उत्तर कोरियाको समाचार संस्था केसीएनएले देश हिँउदे ओलिम्पिक्स्मा ‘नयाँ विजय प्राप्त गर्न दृढ सङ्कल्पले भरिएको’ मङ्गलवार जनाएको छ ।
उत्तर कोरियाबाट छनोटमा जम्मा दुई स्केटिङ खेलाडी परेका छन् ।
सहभागिता निश्चित गर्ने औपचारिक समयसीमा उत्तर कोरियाले छुटाइसकेको भएपनि ती दुई खेलाडीले भने अन्तर्राष्ट्रिय ओलिम्पिक् समितिको निम्तोमा भाग लिन पाउनेछन् । बीबीसी

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
०७८ मा तपाईको भाग्य कस्तो हुनेछ ? हेर्नुहोस् वार्षिक राशिफल
राशि भनेको २७ वटा नक्षत्रहरूको एउटा घेरा अथवा समूह हो जसको माध्यमबाट सूर्यादि नवग्रह सौर्यमण्डलामा...दोलखामा जीप दुर्घटना, ४ को मृत्यु, १७ घाइते
दोलखा । दोलखामा गएराति सवारीसाधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको तातोपानी...रियलसँग २–१ ले स्तब्ध बार्सिलोना तेस्रोमा झर्यो
काठमाडौं । गएराति रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना रियलसँग २–१ ले पराजित भएको छ । पहिलो...किन बोलाए देउवाले पदाधिकारी बैठक ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । पार्टी कार्यालय...आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार घोडे जात्रा मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा...पत्रकार महासंघमा ओली समर्थकको लज्जाष्पद पराजय : पोखरेल प्यानल विजयउत्सवमा
काठमाडौं । नेपाल पत्रकार महासंघमा संयुक्त प्यानल पोखरेल प्यानलले विजयउत्सव मनाउन थालेको छ । संयुक्त...व्यावसायिक पशुपालनमा लाग्न प्रेरणाका स्रोत बने नराल दाजुभाइ
तनहुँ । व्यास नगरपालिका–१३ स्थित पोखरीभञ्ज्याङ निवासी तरुण दल तनहुँका सचिव दयानिधि र पुस्तक व्यवसायी...भीम रावलको प्रश्न : राष्ट्रपतिबाट प्रदान गरिएको तक्मामा चुच्चे नक्शा खै ?
काठमाडाैं। नेकपा एमालेमा निलम्बनमा परेका नेता भीम रावलले राष्ट्रपतिबाट प्रदान गरिएको तक्मामा अंकित...पौडेलको खुलासा : नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा छौं
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा...३६६ इन्स्पेक्टरको सरुवा, को–कहाँ ?
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । शुक्रबार...

प्रतिकृया लेख्नुहोस्:
- जापानका प्रधानमन्त्री सुगा अमेरिका भ्रमणमा, चीन मामिला मुख्य कार्यसूची
- भारतमा कोरोना सङक्रमितको संख्या १ करोड ४० लाख नाघ्यो
- खुट्टा बाँधेर गाडिएको अवस्थामा ३५ वर्षीय पुरुषको शव फेला
- अमेरिकाले सेप्टेम्बर ११ अगावै अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने
- जङ्गल सफारीका लागि राखिएका निजी हात्ती विस्थापित हुँदै