Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

एमाले-माअाेवादी एकताकाे ढिलाइबारे यसाे भन्छन् नारायणकाजी

\"\"काठमाडाैं । वाम गठबन्धन बनाएर पछिल्लो चुनाव लडेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षहरूले पार्टी एकताको खाका तयार पार्ने काम गरिरहेको दुवै पार्टीका नेताहरूले बताएका छन् । अध्यक्षहरूले वैचारिक, राजनीतिक र सांगठनिक रूपमा पार्टी एकताको खाका यसै साता तयार पार्ने र त्यसकै आधारमा पार्टी एकता संयोजन समितिले दुई पार्टीलाई एकै बनाउने प्रक्रिया अघि बढाउने बताइएको छ ।

चुनावमा बहुमत ल्याउन सफल दुई पार्टीबीचको गठबन्धनले पार्टी एकताका दिशामा भने खुट्टा कमाउन थालेको हो कि भनेर पछिल्लो समय विभिन्न चर्चा परिचर्चा भइरहेका छन् । वाम गठबन्धन तोड्ने रणनीति: प्रचण्डलार्इ फकाउनेदेखि तर्साउनेसम्म काे-काे हुन् ? चुनावी परिणामपछि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच एक्ला एक्लै भेट त भएको छ तर पार्टी एकता संयोजन समितिको बैठक भने बस्न सकेको छैन । दुबै दलका ८ जना नेताहरू रहेको उक्त समितिको बैठक एकताको आधार सहितको खाका तयार भइनसकेकाले नबसेको बताइएको छ । संयोजन समितिका सदस्य समेत रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ त्यो खाका छिट्टै तयार हुने बताउँछन् । उनले भने \"दुईजना प्रमुख नेताहरुले पार्टी एकता संयोजन समितिमा लागि खाका तयार पार्न छलफल गरिरहनु भएको छ, त्यो छलफल सकारात्मक रूपले अघि बढिरहेको छ। विषयहरू तयार हुनासाथ संयोजन समितिको बैठक बस्न सक्ने अवस्थामा हुन्छौँ ।\" नेता श्रेष्ठका अनुसार एकताको खाका तयार गर्न माओवादी केन्द्रले अध्यक्ष प्रचण्डलाई न्यूनतम वैचारिक र राजनीतिक विषयमा अन्तरिम व्यवस्थाबारे सहमति गर्ने सीमारेखा निर्धारण गरिदिएको छ । जसमा भावी पार्टीको नेतृत्व सहित संगठनात्मक संरचनामा सहमति गर्नु पर्ने जिम्मेवारी समेत प्रचण्डलाई दिइएको छ । एमाले उपाध्यक्ष तथा संयोजन समितिका अर्का सदस्य वामदेव गौतमका अनुसार दुवै दललाई मान्य हुने गरी खाका तयार पार्ने कामलाई अन्तिम रूप दिने गृहकार्यमा दुवै अध्यक्ष व्यस्त छन् । उनले भने \"उहाँहरू सिर्जना भएका कतिपय आशंकाहरूलाई हटाउनेदेखि लिएर विचार, सिद्धान्त, नीति, संगठनका ढाँचा कसरी मिलाउने भनेर छलफल गरेर समाधान गर्ने काम गरिरहनु भएको छ। त्यसमध्ये केही केही विषयमात्रै समाधान गर्न बाँकी छन् ।\" अध्यक्षहरूले एकताको मापदण्ड र खाका तयार गरिसकेपछि निर्णयमा पुग्न सजिलो हुने भएकाले संयोजन समिति त्यसको प्रतीक्षामा रहेको नेताहरू बताउँछन् । दुवै पक्षका नेताहरूका दावीमा त्यो प्रतीक्षा अब लामो हुने छैन । उनीहरू सम्भवत: यसै साताभित्र बैठक बस्न सकिने अपेक्षा गर्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies