Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

इरान मामिलामा ट्रम्पको यस्ताे चासो किन ? जब ट्रम्पले लगातार ट्वीट् गरे

\"\"अमेरिका । महँगी र भ्रष्टाचार लगायतका विषयलाई लिएर इरानका कैयौँ शहरमा केही दिनयता सरकारविरुद्ध प्रदर्शनहरू भइरहेका छन् । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार केही हिंसात्मक प्रदर्शनमा हालसम्म कम्तीमा १३ जनाको मृत्यु भइसकेको छ ।

राष्ट्रपति हसन रुहानीले प्रदर्शनकारीलाई सरकारको विरोध गर्ने अधिकार भए पनि शान्तिसुरक्षा खल्बल्याउने छुट नभएको बताएका छन् । यसबीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्थाबारे सामाजिक सञ्जाल ट्विटरमा विभिन्न टीकाटिप्पणी गर्दै आएका छन् । डिसेम्बर ३१ मा आफ्नो ट्वीटमा उनले लेखेका थिए, \"पूरै विश्व यो ठान्दछ कि इरानका राम्रा मानिसहरू परिवर्तन चाहन्छन् । अमेरिकाको अथाह सैन्य शक्तिबाहेक इरानी नेताहरू आफ्ना जनतासँग पनि डराउँछन् ।\" त्यसको केही घण्टापछि अर्को ट्वीटमा ट्रम्पले लेखे, \"इरानमा ठूला प्रदर्शनहरू भइरहेका छन्, मान्छेहरू बुझ्नसक्ने भएका छन् र उनीहरूलाई लागेको छ कि उनीहरूको पैसा आतंकवादका लागि खर्च गरिँदैछ । धेरै दिनसम्म उनीहरूले यो सहन गर्ने छैनन् । मानवाधिकार उल्लंघनका घटनालाई अमेरिकाले अति सूक्ष्म रूपमा हेरिरहेको छ ।\" त्यसपछिको ट्वीटमा उनले यस्तो लेखे, \"इरान जो आतंकवादको एक नम्बरको समर्थक देश हो र जहाँ प्रत्येक घण्टा मानवाधिकार उल्लंघनका कैयौँ घटना भइरहेका छन्, उसले शान्तिपूर्ण प्रदर्शनकारीले संवाद गर्न नसकून् भनेर अहिले इन्टरनेट बन्द गरिदिएको छ । यो उचित होइन ।\" ट्रम्पले सोमबारको ट्वीटमा लेखेका छन्, \"ओबामा प्रशासनले इरानसँग निकै नराम्रो सम्झौता गरे पनि इरान हरेक मोर्चामा असफल भइरहेको छ। इरानका महान् जनता कैयौँ वर्षदेखि दमनमा परेका थिए। उनीहरू खाद्यपदार्थ र स्वतन्त्रताका लागि भोका छन् । मानवाधिकारबाहेक इरानको समृद्धि पनि लुटिँदैछ । परिवर्तनको समय आइसकेको छ ।\" ट्रम्पले चार दिनभित्र गरेका चारवटा ट्वीटमध्ये तीनवटामा मानवाधिकारबारे उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय मामिलाका जानकार प्राध्यापक मुक्तदर खानका अनुसारट्रम्प इन्टरनेटमा उक्साउने कुरा गर्छन्। इरानले आतंकवादका लागि पैसा खर्च गरेको आरोप उनले पटक-पटक लगाउने गरेका छन् । ट्रम्पले भनेका छन्, अन्तर्राष्ट्रिय समुदायले इरानको अवस्थालाई नियालिरहेको छ । क्यानडाको विदेश विभागले पनि ट्रम्पको जस्तै कूटनीतिक भाषामा कुरा गरेको छ र इरानले मानवाधिकार उल्लंघन गर्न नहुने बताएको छ । प्राध्यापक खान भन्छन्, ट्रम्पले सामाजिक सञ्जालको यसरी प्रयोग गर्नुको मुख्य उद्देश्य अमेरिकामा आफ्ना मतदातालाई खुशी बनाउनु हो । शक्तिराष्ट्र भए पनि अमेरिकाको विदेश नीति अमेरिकी नागरिकको हितमा बढी केन्द्रित हुन्छ । हालै ट्रम्पले उनको देशमा इसाईहरूको एउटा समुदायलाई खुशी पार्ने उद्देश्यले जेरुसलेमलाई इजरेलको राजधानीको रूपमा मान्यता दिने विवादास्पद निर्णय गरेका थिए । अमेरिकामा २०-२५ वर्ष उमेर समूहका कम शिक्षित श्वेत र गरीब युवाहरूको एउटा वर्ग छ जसलाई अन्तर्राष्ट्रिय सम्बन्धबारे धेरै चासो र ज्ञान छैन । नेताहरूले ठूल्ठूला कुरा गर्दा उनीहरूलाई राम्रो मान्छन् । उनीहरू त्यसैलाई शक्ति ठान्छन् । ट्रम्प अन्तर्राष्ट्रिय मामिलाबारे यस्ता अभिव्यक्ति दिएर आफ्ना समर्थकहरूलाई खुशी पार्छन् । त्यस्ता समर्थकलाई ट्रम्पले आर्थिक लाभ पुर्‍याउनुको सट्टा उनीहरूमाथि कर लगाइरहेका छन्, स्वास्थ्य सेवामा कटौती गरिरहेका छन् तर उनीहरूलाई खुशी पार्न त्यस्ता अभिव्यक्तिको प्रयोग गरिरहन्छन् । उनी कहिले हिलरी क्लिण्टनमाथि आक्रमण गर्छन् त कहिले अमेरिकी सञ्चारमाध्यम र इरान तथा मुस्लिमहरूमाथि । इरानी राष्ट्रपति रुहानीले ट्रम्पलाई इरानको शत्रुको संज्ञा दिएका छन् । रुहानीले भनेका छन्, \"अमेरिकामा यी जो सज्जन छन् उनले हिजोआज हाम्रो देशप्रति सहानुभूति प्रकट गरेजस्तो गर्छन् । यस्तो लाग्दैछ उनले यो कुरा बिर्सिसके कि केही महिना पहिले उनैले इरानलाई चरमपन्थी देश भनेका थिए । सत्य के हो भने शिरदेखि पाउसम्म उनी इरानका शत्रु हुन् ।\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies