
भूकम्प पीडितका लागि अाएकाे २ करोडको राहत जलाइयाे

-
-
पुस १८ गते, २०७४ - १२:४४
नुवाकोट । जिल्लाका भूकम्पपीडितका लागि ल्याइएका खाद्यान्नसहितका राहत सामग्री प्रयोगविहीन भएकाले नष्ट गरिएको छ । विदुरस्थित इलम प्रशिक्षण केन्द्रमा भण्डारण गरिएको राहत सामग्रीको म्याद गुज्रिनुका साथै कुहिएर प्रयोगविहीन भएकाले एकसाता लगाएर नष्ट गरिएको हो ।
२०७२ वैशाख १२ मा विनाशकारी भूकम्प गएलगत्तै वैशाख र जेठ महिनामा विभिन्न संस्था र दातृराष्ट्र प्राप्त राहत भण्डारण गरिएको लामो समयसम्म सही व्यवस्थापन नहुँदा कुहिएको थियो ।
भूकम्पपछि जिल्लाका प्रशासक र राजनीतिक दलबीच राहत वितरणमा उत्पन्न विवादले ती सामग्री भण्डार गरिएको थियो । रु पाँच करोडभन्दा बढीको राहत सामग्री इलम प्रशिक्षण केन्द्रस्थित चिसो भुइँमा अव्यवस्थितरुपमा राखिएका कारण आधाभन्दा बढी सामग्री कुहिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए । उनका अनुसार नष्ट गरिएका सामग्री रु दुई करोडभन्दा बढी मूल्यको छ ।
राहत सामग्री गनाउन थालेपछि सरोकारवालाको दबाबले जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले प्रशासकीय अधिकृत शर्माको संयोजकत्वमा समिति गठन गरी भण्डार गरिएको ३२ महिनापछि कुनै पनि सामग्री काम नलाग्ने र लगाउने पोशाक, टेन्ट, त्रिपाल, डस्ना–कम्बललगायत सामग्रीसमेत कुहिएर प्रयोगविहीन भएपछि नष्ट गरिएकोे हो ।
भण्डारणस्थलमा अझै सुरक्षित रहेका रु तीन करोड बराबरका टेन्ट, त्रिपाल, तयारी पोशाक, बच्चाले लगाउने कपडा, कम्बल–डस्ना, सौर्य बत्ती, ग्यास चुलोलगायतका सामग्रीको व्यवस्थापनमा अन्योल भएकाले दैवी प्रकोप उद्धार समितिको अब बस्ने बैठकले व्यवस्थापन गर्ने भएको छ ।
सुरक्षित सामग्री जिल्ला दैवी प्रकोप उद्धार समितिको सभाहलमा भण्डारण गरिए पनि त्यहाँ नअटाएपछि साविकको भण्डारणस्थलमा राखिएको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
०७८ मा तपाईको भाग्य कस्तो हुनेछ ? हेर्नुहोस् वार्षिक राशिफल
राशि भनेको २७ वटा नक्षत्रहरूको एउटा घेरा अथवा समूह हो जसको माध्यमबाट सूर्यादि नवग्रह सौर्यमण्डलामा...दोलखामा जीप दुर्घटना, ४ को मृत्यु, १७ घाइते
दोलखा । दोलखामा गएराति सवारीसाधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको तातोपानी...रियलसँग २–१ ले स्तब्ध बार्सिलोना तेस्रोमा झर्यो
काठमाडौं । गएराति रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना रियलसँग २–१ ले पराजित भएको छ । पहिलो...किन बोलाए देउवाले पदाधिकारी बैठक ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । पार्टी कार्यालय...आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार घोडे जात्रा मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा...पत्रकार महासंघमा ओली समर्थकको लज्जाष्पद पराजय : पोखरेल प्यानल विजयउत्सवमा
काठमाडौं । नेपाल पत्रकार महासंघमा संयुक्त प्यानल पोखरेल प्यानलले विजयउत्सव मनाउन थालेको छ । संयुक्त...व्यावसायिक पशुपालनमा लाग्न प्रेरणाका स्रोत बने नराल दाजुभाइ
तनहुँ । व्यास नगरपालिका–१३ स्थित पोखरीभञ्ज्याङ निवासी तरुण दल तनहुँका सचिव दयानिधि र पुस्तक व्यवसायी...भीम रावलको प्रश्न : राष्ट्रपतिबाट प्रदान गरिएको तक्मामा चुच्चे नक्शा खै ?
काठमाडाैं। नेकपा एमालेमा निलम्बनमा परेका नेता भीम रावलले राष्ट्रपतिबाट प्रदान गरिएको तक्मामा अंकित...पौडेलको खुलासा : नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा छौं
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा...३६६ इन्स्पेक्टरको सरुवा, को–कहाँ ?
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । शुक्रबार...

प्रतिकृया लेख्नुहोस्:
- जङ्गल सफारीका लागि राखिएका निजी हात्ती विस्थापित हुँदै
- खोलामा डुबेर दुईको किशोरीको मृत्यु
- नागरिकता लिनासाथ मतदाता नामावलीमा नाम दर्ता गराउनुस् : निर्वाचन आयोग
- मुलुकको बेथिति विरुद्ध लड्न वैकल्पिक शक्ति आवश्यक छ : अध्यक्ष कमल थापा
- कोरोना संक्रमितको संख्या ६०० नाग्यो, काठमाडौंमा मात्रै २५४ जना संक्रमित