Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

वाम गठबन्धन तोड्ने रणनीति: प्रचण्डलार्इ फकाउनेदेखि तर्साउनेसम्म काे-काे हुन् ?

\"\"काठमाडौं । नेपाली कांग्रेस-राजपालगायत लोकतान्त्रिक गठबन्धनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई वाम गठबन्धनबाट अलग गराउन फकाउन थालेको छ । एमाले-माओवादीबीच पार्टी एकता हुन नदिने रणनीतिका साथ लोकतान्त्रिक गठबन्धनले प्रचण्डलाई फकाउने रणनीति अख्तियार गरेको हो । निर्वाचन परिणामपछि खुम्चिएको कांग्रेसले एमाले-माओवादी गठबन्धन तोड्न राजनीतिक अभियान नै चलाएको छ । प्रचण्डलाई फकाउन उसले ‘प्रलोभन’ देखाउनेदेखि घुमाउरो शैलीमा सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) को मुद्दा देखाएर खबरदारीसमेत गर्न थालेको छ । अाजकाे अन्नपूर्णमा खबर छ-प्रचण्डलाई कांग्रेसले आगामी पाँच वर्षका लागि प्रधानमन्त्री बन्न ‘अफर’ मात्रै गरेको छैन, द्वन्द्वकालको मुद्दा कांग्रेस-माओवादीले मात्रै टीआरसीमार्फत टुंगो लगाउन सक्नेसम्मको प्रस्ताव पठाएको छ । प्रचण्डले वाम गठबन्धनमै रुचि देखाएमा टीआरसीको मुद्दामा माओवादी नेताहरू अन्तर्राष्ट्रिय अदालतमा तानिने घुमाउरो भाषामा कांग्रेस नेताहरूले प्रेसर दिएको स्रोतले बतायो । प्रचण्ड के गर्दा फकिन्छन्, त्यही अस्त्रको प्रयोग अहिले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले गर्न खोजेको छ । ‘वाम एकता टुटाउन अनेक तिक्डम र प्रयास जारी नै छन्,’ माओवादी केन्द्रका नेता मणि थापाले भने, ‘तर जतिसुकै कोसिस गरे पनि त्यस्तो योजना सफल हुने देखिँदैन ।’ एमाले-माओवादीबीच पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकेको, नेताहरूको पदीय व्यवस्थापनमा अझै ठोस प्रगति हुन नसकेको र नयाँ सरकार गठनका लागि अझै महिना दिन लाग्ने देखिएपछि लोकतान्त्रिक गठबन्धनले आफ्नो ‘मुभ’ बढाएको हो । एमाले-माओवादीमा देखिएको अलमलमा खेल्न सकिने विश्वासमा लोकतान्त्रिक गठबन्धन देखिन्छ । सोमबार मात्रै पनि प्रचण्डको ‘मुड’ बुझ्न र एमालेसँगको गठबन्धन टिकाउ नहुने सन्देश दिन राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो र कांग्रेस सांसद अमरेश सिंह प्रचण्डनिवास खुमलटार पुगेका थिए । दिउँसो ३ बजे महतो र सिंहले प्रचण्डसँग करिब ४५ मिनेट गोप्य वार्ता गर्दै संविधान संशोधन, गठबन्धनलगायत विषयमा धारणा बुझ्ने प्रयास गरेका थिए । कांग्रेस नेताहरूले प्रचण्डलाई फकाउन प्रयास गरिरहेकै बेला सोमबार महतो र सिंह प्रचण्डनिवास छिरेका हुन् । यो भेटलाई दाहालको निजी सचिवालयले भने खुलाउन चाहेको छैन तर भेटको पुष्टि राजपा अध्यक्षमण्डलका नेता महतोले गरेका छन् । ‘प्रचण्डजीसँग व्यक्तिगत रूपमा भेट गर्न गएको हुँ,’ महतोले भने । आइतबार मात्रै पनि कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले माओवादी अध्यक्ष दाहाललाई वाम गठबन्धनबाट अलग्याउनुपर्ने बताएका थिए । उनले पोखराको एक कार्यक्रममा भनेका थिए, ‘प्रचण्डलाई गठबन्धनबाट अलग्याउने कुरा उठेको छ, साथीहरूले कुरा गर्नुपर्‍यो भनेका छन्, म कुरा गर्ने मनिस्थितिमा छु ।’ शशांकले प्रचण्डलाई वाम गठबन्धनबाट अलग्याउन सके मात्रै अहिलेको सन्दर्भमा आफूहरूको रणनीति सफल हुने जिकिर गरेका थिए । त्यसको भोलिपल्टै काग्रेस सांसद सिंह र महतो प्रचण्डनिवास पुग्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ । सोमबारका लागि तोकिएको माओवादी सचिवालयको बैठक स्थगन भएपछि प्रचण्डसँग महतो र सिंहले भेट गरेका थिए । ‘हामीले संविधान संशोधनका विषयमा प्रचण्डको कुरा बुझ्न खोजेका थियौं, माओवादीले यसअगाडि संविधान संशोधनको कुरा गरेको र त्यहीअनुसार छलफल पनि भएको थियो । संविधान संशोधन गर्ने गरी नै प्रचण्ड प्रधानमन्त्री पनि बनेका थिए,’ महतोले भने, ‘तर अहिले चुनावको नतिजा आइसकेपछि उहाँको धारणा के रहेछ भनेर बुझ्न गएको हुँ ।’ महतोका अनुसार प्रचण्डले संविधान संशोधनका विषयमा अझै पनि आफू सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । लोकतान्त्रिक गठबन्धनले एमालेसँगको सहकार्य तोडेमा कांग्रेस, माओवादी, संघीय समाजवादी र राजपा सम्मिलित गठबन्धन सरकारको प्रधानमन्त्री बन्न पाउने प्रस्ताव प्रचण्डसामु यसअघि नै राखेको थियो । त्यस्तो प्रस्ताव प्रचण्डलाई स्वयं कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पुस १ गतेको भेटमै गरेका थिए । त्यसको खुलासा दाहालले पार्टी बैठकमा गरेका थिए । कांग्रेस ६३, माओवादी ५३, संघीय समाजवादी १७ र राजपा १६ गरी प्रतिनिधिसभामा कुल १४९ सिट पुग्ने र त्यस्तो सरकारको सम्भावना रहेको जिकिर गर्दै दाहाललाई कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गरेको हो । संसद्मा बहुमत प्राप्त गर्न कुल १३८ सिट भए पुग्छ । तर, दाहालले भने गठबन्धन तोड्ने आशयका साथ आउने सन्देश तथा नेताहरूसँग एमाले-माओवादी पार्टी एकता अब कसैले रोक्न नसक्ने प्रतिक्रिया दिँदै आएका छन् । ‘एमाले-माओवादी एकता अहिलेको आवश्यकता हो, यो जनअनुमोदित भइसकेको पनि छ, अब यसबाट कोही दायाँ-बायाँ हुनै सक्दैन,’ दाहालकहाँ पुग्ने लोकतान्त्रिक गठबन्धनका नेताहरूसँग व्यक्त गर्ने गरेको भनाइ उद्धृत गर्दै माओवादीका एक नेताले भने, ‘अहिले कांग्रेसले वाम गठबन्धन तोडाउने त्यस्तो अभियानमा नलागी प्रतिपक्षमै पाँच वर्ष बस्न तयार हुनुपर्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies