
मध्य राति प्रहरी चौकीमा आक्रमण, १३ जनाकाे मृत्यु

-
-
पुस १८ गते, २०७४ - ११:२८
पाँच दिनयता जारी प्रदर्शनका क्रममा मध्य इरानमा सरकार विरोधी प्रदर्शनकारीले एउटा प्रहरी चौकीमा आक्रमण गरेको विवरणहरू आएका छन् ।
सामाजिक सञ्जालमा राखिएका भिडिओमा प्रदर्शनकारीहरूले देशको मध्य भागमा अवस्थित कादेरीजानको प्रहरी चौकी कब्जामा लिने प्रयास गरिरहेको देखिन्छ ।
यसअघि अधिकारीहरूले शिकारमा प्रयोग गरिने राइफलबाट गोली हानेर नजाफाबादमा एकजना प्रहरी अधिकृतको हत्या गरिएको बताएका थिए ।
अहिलेसम्म कम्तीमा १३ जनाले ज्यान गुमाइसकेका छन् ।
सरकार विरोधी नाराबाजी बाहेक कारहरू आगजनी गरिएको र मध्य इरानका अलग-अलग स्थानमा एउटा प्रहरी चौकीमा आक्रमण गरिएको र एक जना प्रहरी अधिकृतको हत्या गरिएको विवरण आएका छन् ।
प्रहरी प्रवक्ताले एकजनाले शिकारमा प्रयोग गरिने राइफलले देशको मध्य भागमा अवस्थित नजाफाबादमा गोली चलाएको बताए ।
रात परिरहँदा राजधानी तेहारान, केरमानसासहित अन्य शहरहरूमा पनि थप प्रदर्शनहरू भएका विवरण आएका छन् ।
यसअघि राष्ट्रपति हसन रुहानीले प्रदर्शनहरू सामान्य भएको उल्लेख गर्दै त्यसबाट जोखिम नरहेको बताएका थिए ।
कानून हातमा लिनेविरुद्ध कारबाही गर्ने चेतावनी दिएका उनले प्रदर्शनहरू कतिपय समस्या समाधान गर्ने अवसर भएको बताएका थिए ।
उनले भने, “पछिल्ला दिनमा भइरहेका घटनाहरू सतहमा हेर्दा जोखिम जस्तो देखिए पनि हामीले त्यसलाई अवसरमा बदल्नुपर्छ । सडकमा ओर्लिएका सबैले अरु देशबाट आदेश लिएका छैनन्। केहीले त्यस्तो गरेको हुनसक्लान् तर कतिपयले आफ्ना भावना र समस्याका कारण आन्दोलनमा भाग लिइरहेका छन् ।”
संयुक्त राज्य अमेरिकाले प्रदर्शनकारीहरूले सशक्त प्रतिरोध गरिरहेको भन्दै उनीहरूप्रति आफ्नो समर्थन रहेको जनाएको छ ।
बिहीवार महँगी र भ्रष्टाचारको विरोधमा प्रदर्शन शुरु भएको थियो तर अहिले त्यो सरकार विरोधी प्रदर्शन बन्न पुगेको छ । बीबीसी

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
०७८ मा तपाईको भाग्य कस्तो हुनेछ ? हेर्नुहोस् वार्षिक राशिफल
राशि भनेको २७ वटा नक्षत्रहरूको एउटा घेरा अथवा समूह हो जसको माध्यमबाट सूर्यादि नवग्रह सौर्यमण्डलामा...दोलखामा जीप दुर्घटना, ४ को मृत्यु, १७ घाइते
दोलखा । दोलखामा गएराति सवारीसाधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको तातोपानी...रियलसँग २–१ ले स्तब्ध बार्सिलोना तेस्रोमा झर्यो
काठमाडौं । गएराति रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना रियलसँग २–१ ले पराजित भएको छ । पहिलो...किन बोलाए देउवाले पदाधिकारी बैठक ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । पार्टी कार्यालय...आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार घोडे जात्रा मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा...पत्रकार महासंघमा ओली समर्थकको लज्जाष्पद पराजय : पोखरेल प्यानल विजयउत्सवमा
काठमाडौं । नेपाल पत्रकार महासंघमा संयुक्त प्यानल पोखरेल प्यानलले विजयउत्सव मनाउन थालेको छ । संयुक्त...व्यावसायिक पशुपालनमा लाग्न प्रेरणाका स्रोत बने नराल दाजुभाइ
तनहुँ । व्यास नगरपालिका–१३ स्थित पोखरीभञ्ज्याङ निवासी तरुण दल तनहुँका सचिव दयानिधि र पुस्तक व्यवसायी...भीम रावलको प्रश्न : राष्ट्रपतिबाट प्रदान गरिएको तक्मामा चुच्चे नक्शा खै ?
काठमाडाैं। नेकपा एमालेमा निलम्बनमा परेका नेता भीम रावलले राष्ट्रपतिबाट प्रदान गरिएको तक्मामा अंकित...पौडेलको खुलासा : नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा छौं
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा...३६६ इन्स्पेक्टरको सरुवा, को–कहाँ ?
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । शुक्रबार...

प्रतिकृया लेख्नुहोस्:
- जापानका प्रधानमन्त्री सुगा अमेरिका भ्रमणमा, चीन मामिला मुख्य कार्यसूची
- भारतमा कोरोना सङक्रमितको संख्या १ करोड ४० लाख नाघ्यो
- खुट्टा बाँधेर गाडिएको अवस्थामा ३५ वर्षीय पुरुषको शव फेला
- अमेरिकाले सेप्टेम्बर ११ अगावै अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने
- जङ्गल सफारीका लागि राखिएका निजी हात्ती विस्थापित हुँदै