Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

चलचित्र क्षेत्रमा यौन दुर्व्यवहार बढेपछि ३ सय अभिनेत्री/महिला निर्देशक अभियानमा उत्रिए

\"\"कार्यस्थलमा हुने यौन दुर्व्यवहारविरुद्ध लड्न ३ सयभन्दा बढी अभिनेत्री, महिला निर्देशक र मनोरञ्जन उद्योगका कार्यकारीहरूले संयुक्त राज्य अमेरिकामा एउटा अभियान थालेका छन् ।

\'टाइम\'ज अप\' अर्थात् समय सकियो नाम दिइएको उक्त अभियानमा केट ब्लान्चेट, अमेरिका फेरेरा, इभा लोङगोरिया र नटाली पोर्टमेन जस्ता प्रसिद्ध हलिउड अभिनेत्री आबद्ध छन् । काम आय हुने रोजगार स्थलमा दुर्व्यवहार बेहोरिरहेका महिला र पुरुषलाई कानूनी सहायता उपलब्ध गराउन उक्त अभियानले एक करोड ३० लाख डलरभन्दा बढी रकम संकलन गरिसकेको छ । अमेरिकामा एकजना चलचित्र निर्माता हार्भी वाइनस्टिनसहित कैयौँ चर्चित व्यक्तिमाथि यौन दुर्व्यवहारमा संलग्न भएको आरोप लागेको छ । यो अभियान यौन दुर्व्यवहारको आरोपका कारण मनोरञ्जन उद्योगमा कार्यरत चर्चित र प्रभावशाली पुरुषहरूमाथि अघिल्लो वर्ष गम्भीर प्रश्नहरू उठेपछि वा उनीहरूको चलचित्र उद्योगमा भविष्य समाप्त हुनथालेपछि गठन भएको थियो । चलचित्र निर्देशक वाइनस्टिनबाहेक पनि व्यवसाय, राजनीति र सञ्चारमाध्यममा कार्यरत कैयौँ प्रभावशाली व्यक्तिहरू यौन दुर्व्यवहारका कारण विवादमा मुछिएका छन् । यो अभियानले कम आम्दानी हुने क्षेत्रहरु जस्तै कृषि, सरसफाइ क्षेत्रका मजदुर र होटलमा कार्यरत महिलाहरुलाई सघाउने लक्ष्य लिएको छ । एउटा खुलापत्रमा उक्त अभियानले भनेको छ, \"दुर्व्यवहार रोकिँदैन किनेभने त्यसका दोषी वा त्यसो गर्न लगाउनेलाई कहिल्यै पनि जवाफदेही बनाइँदैन ।\" उक्त अभियानले चमकदमक कम हुने क्षेत्रहरुमा हुने दुर्व्यवहारमा ध्यान दिन सञ्चारमाध्यमलाई आग्रह गरेको छ । त्यसबाहेक अर्को आइतवार हुन लागेको चलचित्र क्षेत्रसम्बन्धी एउटा प्रतिष्ठित पुरस्कार वितरण समारोह गोल्डेन ग्लोब अवार्डसमा सहभागी हुने महिलाहरूलाई लिङ्ग र वर्गका आधारमा हुने भेदभावको विरोधमा कालो पोशाक लगाउन पनि सो अभियानले अपील गरेको छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies