
मन्त्री बाजाबाज काण्ड ! एउटा खल्ती भर्ने, अर्को बैना लिने, कुरा कसरी मिल्ने ?

-
-
पुस १७ गते, २०७४ - १४:१४
काठमाडौं । चुनावमा एक करोड नगद नारायण बुझेपछि पार्टी अध्यक्षले अडान लिने नै भए । यो कुरा बुझेका मन्त्रीले बिक्री भइसकेको चिज फेरि बेच्ने दुस्साहस नगरेकै भए बेसै हुन्थ्यो । तर, उनी अध्यक्षसँग जोरी खोज्दै मसक्क कस्सिए, बिक्री भइसकेको पद बेच्न । परिणाम, सामाजिक प्रतिष्ठामा आँच त आएको छ नै वर्षौंदेखिको लगानी र सम्बन्ध सिसाको घरजस्तो झर्यामझुरुम्म फुटेको छ ।
अाजकाे साँघु साप्ताहिकमा खबर छ-प्रसंग राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापा र अपदस्त सहरी विकास मन्त्री दिलनाथ गिरीको हो । गतहप्ता मन्त्री गिरीले सचिव बदल्न प्रस्ताव गरेलगत्तै क्याबिनेटमा कमल थापाले झम्टिएको विषय निकै चर्चामा रह्यो, जुन अझै सेलाएको छैन । तर, आफ्नै मन्त्रीलाई पार्टी अध्यक्षले क्याबिनेट बैठकमै हप्काउने र त्यसपछि अपमानित गरेर हटाइ हाल्नुपर्ने बाध्यता कसरी आइलाग्यो ? यसको चर्चा अझैसम्म भएको छैन । साँघुले एउटै पार्टीका दुईभाइ शीतयुद्धमै उत्रनुको गुह्य फेला पारेको छ ।
स्रोतका अनुसार, झगडाका बिऊ हालका सहरी विकास सचिव दीपेन्द्रनाथ शर्मासँग कमल थापाको सरकार गठनलगत्तै भद्र सहमति भएको थियो । भद्रसहमतिको सार कमल थापाले सहरी विकासका सचिव शर्मालाई यथावत राख्न सहयोग गर्ने र सट्टामा शर्माले थापालाई १ करोडको भेटी चढाउने थियो ।
सहमति पालना गर्दै शर्माले थापालाई चुनावअगावै १ करोड बुझाएका थिए भने थापा नगद बुझेपछिको हँसमुख चेहरा बोकेर चुनावी क्षेत्रमा खटिएका थिए । थापाले नगद कारोबार भइसकेकाले गिरीलाई सचिव फेरबदल नगर्न सुझाएका पनि हुन् । तर, गिरीले जिद्धी गरिरहे, यो सचिवसँग काम गर्न सकिनँ, अर्को चाहियो । ‘थापाले १ करोड बुझेपछि शर्मालाई नचलाउन पटक पटक भनेका थिए’, स्रोतको दाबी छ, ‘तर, गिरीले सचिव फेर्ने कसरत गरेपछि थापाले बुझिसकेको भेटी सुरक्षित गर्न यस्तो कदम चालेका हुन् ।’
प्रश्न उठ्छ– पार्टी अध्यक्षको आग्रहलाई नसुनी गिरीले किन सचिव फेर्ने जिरह गरिरहे । स्रोतका अनुसार, मन्त्री गिरीले पनि पार्टी अध्यक्षले जस्तै सचिव पद सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकबाट सचिवमा बढुवा भएका डा. रमेशकुमार सिंहलाई बिक्री गरेका थिए । झण्डै १ करोडको डिलमा गिरीले ५४ लाख बैना नै चप्काइसकेको विश्वस्त स्रोतको दाबी छ । ‘१ करोडको डिलपछि सचिव सार्ने सुरमा रहेका गिरीले पोखराको एक बैंकमार्फत ५४ लाख बैना नै लिएका थिए’, स्रोतको दाबी छ, ‘गिरी कुनै पनि हालतमा सचिव फेर्ने ध्याउन्नमा लागेपछि नै कमल थापाले कडा कदम चालेका हुन् । थापाको यस्तो कदमसँगै गिरी बैना फिर्ता गर्नुपर्ने अवस्थामा पुगेका छन् ।’ यी सबै गुह्य बझेका सहरी विकास मन्त्रालयका कर्मचारीहरु हिजोआज बसिबियालो गर्दैछन्– एउटा खल्ती भर्ने, अर्को बैना लिने, कुरा कसरी मिल्ने ?

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
०७८ मा तपाईको भाग्य कस्तो हुनेछ ? हेर्नुहोस् वार्षिक राशिफल
राशि भनेको २७ वटा नक्षत्रहरूको एउटा घेरा अथवा समूह हो जसको माध्यमबाट सूर्यादि नवग्रह सौर्यमण्डलामा...दोलखामा जीप दुर्घटना, ४ को मृत्यु, १७ घाइते
दोलखा । दोलखामा गएराति सवारीसाधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको तातोपानी...रियलसँग २–१ ले स्तब्ध बार्सिलोना तेस्रोमा झर्यो
काठमाडौं । गएराति रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना रियलसँग २–१ ले पराजित भएको छ । पहिलो...किन बोलाए देउवाले पदाधिकारी बैठक ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । पार्टी कार्यालय...आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार घोडे जात्रा मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा...पत्रकार महासंघमा ओली समर्थकको लज्जाष्पद पराजय : पोखरेल प्यानल विजयउत्सवमा
काठमाडौं । नेपाल पत्रकार महासंघमा संयुक्त प्यानल पोखरेल प्यानलले विजयउत्सव मनाउन थालेको छ । संयुक्त...व्यावसायिक पशुपालनमा लाग्न प्रेरणाका स्रोत बने नराल दाजुभाइ
तनहुँ । व्यास नगरपालिका–१३ स्थित पोखरीभञ्ज्याङ निवासी तरुण दल तनहुँका सचिव दयानिधि र पुस्तक व्यवसायी...भीम रावलको प्रश्न : राष्ट्रपतिबाट प्रदान गरिएको तक्मामा चुच्चे नक्शा खै ?
काठमाडाैं। नेकपा एमालेमा निलम्बनमा परेका नेता भीम रावलले राष्ट्रपतिबाट प्रदान गरिएको तक्मामा अंकित...पौडेलको खुलासा : नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा छौं
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा...३६६ इन्स्पेक्टरको सरुवा, को–कहाँ ?
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । शुक्रबार...
