
पूर्वराजा ज्ञानेन्द्रसमक्ष कमल थापाको हारगुहार, दर्शनभेटका लागि धवलसँग ‘जी हजुरी’ !

-
-
पुस १७ गते, २०७४ - १३:५४
काठमाडौं । एउटा भनाइ छ– बाहिर–बाहिर लोकाचार, भित्रभित्र पोकापार । नेपाली समाजले यसलाई अवसरवादीहरुको झाँको झार्न प्रयोग गर्ने गरेको भए पनि राप्रपा अध्यक्ष कमल थापाले भने यसलाई सिद्धान्त नै बनाए । र, त उनले बाहिर राजसंस्था र हिन्दू राज्यको रटान लगाए पनि गति छाडेर गणतन्त्रवादीहरुसँग एउटै भातभान्छा गर्न कुनै असजिलो मानेनन् ।
अाजकाे साँघु साप्ताहिकमा खबर छ-गणतन्त्र र संघीयता कार्यान्वयन गराउने कसम खाएर बनेको सरकारमा राजसंस्थाको वकालत गर्ने पार्टी नैतिकरुपमा जान कहीँ कतैबाट पनि मिल्ने थिएन् । तर, थापा यस्ता पात्र बने जसले लोकले कुरीकुरी गर्दासमेत एकपटक होइन, पटक पटक गति छाडेर सिंहदरबारको स्वाद लिए ।
जनमतको धज्जी उडाउँदै अघि बढेका कमल थापाले त्यसको फल यही जुनीमा भोगेका छन् । प्रतिनिधिसभाको एक स्थानमा त्यो पनि वाम गठबन्धनको साहरामा जित निकाल्न सके पनि थ्रेस होल्ड (न्यूनतम मत सीमा) कटाउन उनको पार्टी असफल रह्यो । मुसा प्रवृत्तिका आधुनिक बिम्ब नै बनेका यिनै थापा एकाएक पूर्वराजा ज्ञानेन्द्र शाहको शरणमा पुगे भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ, तर थापाले पुस १५ गते शनिबार मात्रै राजालाई भेटेर हार गुहार गरेका छन् ।
स्रोतका अनुसार, राजसंस्थाको नाममा व्यापार मात्रै गरेको निष्कर्षमा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई ठूलै संघर्षपछि थापाले दर्शनभेट गर्न पाएका हुन् । चुनावी परिणाम आफ्नो पक्षमा नपरेसँगै थापाले पूर्व राजालाई दर्शनभेटका लागि सन्देश पठाएका थिए । तर पूर्व राजाले पटक पटक थापाको सन्देश आए पनि सुनेका थिएनन् । तर, चतुर थापाले नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाको फेरो समातेर राजालाई दर्शनभेट गर्रेर धन्यधन्य भएका छन् । धवलको आग्रहलाई टार्न नसकेर पूर्व महाराज ज्ञानेन्द्र शाहले थापालाई दर्शनभेट दिएको चर्चा पूर्व महापञ्चहरुबीच भइरहेको छ ।
व्यक्तिवाद र स्वेच्छाचारी चरित्रका कारण पार्टीमा झण्डैझण्डै पारिवारिक सदस्य मात्रै बाँकी राखेका थापाको फुर्ति पूर्वराजालाई दर्शनभेट लगत्तै बढेको छ । थापाले पूर्वराजासँगको दर्शनभेटमा पैसा र संगठन नहुँदा हारेको वयान दिए पनि पूर्व राजालेले त्यसमा कुनै पनि प्रतिक्रिया नजनाएको स्रोतको दाबी छ । तर, थापाले भने पूर्व राजा ज्ञानेन्द्रको दर्शनभेट गरे लगत्तै पूर्वराजासँग आफ्नो अहिले पनि सुमधुर सम्बन्ध रहेको गफ दिन थालेका छन् । राजासँगको सम्बन्ध राम्रो रहेको देखाएर थापा कतै नेता तथा कार्यकर्ताको पलायन रोक्ने दाउ त गरिरहेका छैनन् ? पूर्व महापञ्चहरुबीच चर्चा हुन थालेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
०७८ मा तपाईको भाग्य कस्तो हुनेछ ? हेर्नुहोस् वार्षिक राशिफल
राशि भनेको २७ वटा नक्षत्रहरूको एउटा घेरा अथवा समूह हो जसको माध्यमबाट सूर्यादि नवग्रह सौर्यमण्डलामा...दोलखामा जीप दुर्घटना, ४ को मृत्यु, १७ घाइते
दोलखा । दोलखामा गएराति सवारीसाधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको तातोपानी...रियलसँग २–१ ले स्तब्ध बार्सिलोना तेस्रोमा झर्यो
काठमाडौं । गएराति रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना रियलसँग २–१ ले पराजित भएको छ । पहिलो...किन बोलाए देउवाले पदाधिकारी बैठक ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । पार्टी कार्यालय...आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार घोडे जात्रा मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा...पत्रकार महासंघमा ओली समर्थकको लज्जाष्पद पराजय : पोखरेल प्यानल विजयउत्सवमा
काठमाडौं । नेपाल पत्रकार महासंघमा संयुक्त प्यानल पोखरेल प्यानलले विजयउत्सव मनाउन थालेको छ । संयुक्त...व्यावसायिक पशुपालनमा लाग्न प्रेरणाका स्रोत बने नराल दाजुभाइ
तनहुँ । व्यास नगरपालिका–१३ स्थित पोखरीभञ्ज्याङ निवासी तरुण दल तनहुँका सचिव दयानिधि र पुस्तक व्यवसायी...भीम रावलको प्रश्न : राष्ट्रपतिबाट प्रदान गरिएको तक्मामा चुच्चे नक्शा खै ?
काठमाडाैं। नेकपा एमालेमा निलम्बनमा परेका नेता भीम रावलले राष्ट्रपतिबाट प्रदान गरिएको तक्मामा अंकित...पौडेलको खुलासा : नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा छौं
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा...३६६ इन्स्पेक्टरको सरुवा, को–कहाँ ?
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । शुक्रबार...
