Khabar Dabali Logo
  October 30, Fri

रसुवा पुर्ण खुल्ला दिसामुक्त क्षेत्र घोषणा

रसुवा।  जिल्लालाइ पूर्ण खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरीएको छ । नेपाल सरकारको सन २०१७ सम्ममा मुलुकलाइ खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान अन्तरगत रसुवालाइ खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।

आइतबार सदरमुकाम धुन्चेमा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको खुल्ला दिसामुक्त क्षेत्र घोषणा सभामा सतप्रतिशत शौचालय निर्माण भएर प्रयोगमा आएसंगै जिल्लालाइ खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हाे ।

जिल्लामा साढे दुइ बर्षमा ७८ प्रतिशत शौचालय निर्माण भएर कार्यान्वयनमा आएको समितिले जानकारी दिएको छ ।
तत्कालिन अवस्थामा १८ वटा गाविस रहेको जिल्लामा भुकम्प अगाडी ४ वटा गाविसलाइ खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो भने ५ वटा गाविस घोषणाको अन्तिम चरणमा पुगेको थियो ।

महाभुकम्प पछिको कठिनाइका बाबजुत लक्षित समयमै खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न सफल भएको समितिले जनाएको छ । जिल्लाका केहि शहरी इलाकामा सार्वजनिक शौचालय समेत निर्माण गरिएको छ । पर्याप्त मात्रामा सार्वजनिक शौचालय निर्माण नभइसकेको अवस्थामा चुनौतिकाबीच खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।

समितिले आवश्यकता अनुसार शौचालय निर्माण गर्दै घोषणा पुर्ण रुपमा कार्यान्वयन गर्ने जनाएको छ । घोषणा सभामा जिल्लालाइ खुल्ला दिसामुक्त बनाउने नेपाल सरकारको अभियानलाइ सहयोग गर्ने बिभिन्न गैर-सरकारी संघसस्था, जिल्लास्थित सरकारी कार्यालय, राजनितिक दल, पत्रकार लगायतलाइ कदर-पत्रले सम्मान गरिएको थियो ।

पुस १७ गते, २०७४ - ०९:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top