Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

२०१७ का ७ चर्चित अनुहार

\"\"किम जोङ उन सन् २०१७ मा पनि अमेरिका र उत्तर कोरियाबीचको तनाव वर्षभरी चर्चामै रह्यो । किम जोङ उनको आदेशमा उत्तर कोरियाले निकै क्षेप्यास्त्र परीक्षण गरिरह्यो । उनले अमेरिकालाई ध्वस्त पार्ने चेतावनी पनि दिए । दुवै देशबीच तल्लो स्तरको गाली गलौज समेत भयो । उनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई दिमाग खुस्केको समेत भन्न भ्याए । यो आणविक हतियारको होडबाजीले संसारमा ठूलो तहल्का मच्चायो । संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिकालगायत संसारका धेरै देशको आग्रह एवं आणविक शस्त्रको विरोधबीच उनले आणविक परीक्षणलाई निरन्तरता दिए । सी चिनफिङ चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले सी चिनफिङलाई निकै सम्मान दिएको छ । उनलाई पार्टीको विधानमा माओ चतुङ सरहको स्थान दिएको छ । पार्टीको महाधिवेशनको अन्तिम सत्रले विधान संशोधन गर्दै अध्यक्ष सीको राजनीतिक विचारलाई ‘नयाँ युगको चिनियाँ विशेषतासहित समाजवादबारे सी चिनफिपिङको विचार’ भन्ने नारा समाविष्ट गरेको छ । चीनमा हालसम्म त्यस्तो सम्मान कम्युनिस्ट पार्टीका संस्थापक नेता माओलाई र सन् १९८० को दशकमा चीनमा आर्थिक सुधार ल्याएका तङ स्याओ फिङलाई मात्रै दिइएको छ । गत अक्टोबरमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको १९औँ कंग्रेसले पार्टीको विधानमा गरिएको संशोधनले राष्ट्रपति सी निकै शक्तिशाली बनका छन् । उनले आफैंले पद त्याग नगरेसम्म उनको स्थान कसैले लिन नसक्ने अधिकार उनलाई पार्टीले दिएको छ । डोनाल्ड ट्रम्प नयाँ राष्ट्रपतिका रूपमा जनवरीमा पद बहालीसँगै चर्चामा आएका ट्रम्प वर्षभर मिडियामा छाइरहे । शुरुमा ताइबानी राष्ट्रपतिसँगको फोन संवादले उनी चर्चामा आए । मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने उनको भनाइले तरंग ल्यायो । चीनसँगको विवादमा उनी मुछिए । रूसी गुप्तचरको सहयोगमा राष्ट्रपतिको निर्वाचन जितेका भन्ने जस्ता आरोप उनीमाथि लागे । जलवायु परिवर्तन सन्धिबाट बाहिर आउने उनको कदम झनै आलोचित बन्यो । अमेरिकी सञ्चारमाध्यम झूट समाचार दिन्छन् र तिनलाई बन्द गरिदिनुपर्छ भन्ने जस्ता उनका अभिव्यक्ति आइरहे । भ्लादिमिर पुटिन अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको भनी निर्वाचनताका विवादमा आएको यो मुद्दाले सन् २०१७ को पनि अधिकांश समय र स्थान लियो । यसबाट अमेरिकामा निकै लामो विवाद पनि उत्पन्न भयो । यो विवाद अमेरिकाको सिनेट समितिसम्म पनि पुग्यो र उक्त समितिमा राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरालाई संसदीय सुनुवाइका लागि नै उभ्यायो । संसारमै आफूलाई अब्बल ठान्ने देश र नागरिकका राष्ट्रपतिको निर्वाचनमा प्रभाव पार्न सफल भएको देखियो । सन् २०१८ को राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी दिएर फेरि उनी चर्चाको पात्र बने । आङ सान सुची नोबेल शान्ति पुरस्कार र लामो संघर्षबाट चर्चामा आएकी आङ सान सुची यसपटक हत्या हिंसाका कारण ििवादमा परिन् । उनलाई बेलायतमा दिइएका सम्मान पनि खोरिएको छ । रोहिंग्यालाई देश निकाला गरिँदा र उनीहरूमाथि हत्याहिंसा हुँदा पनि मौन रहेको भनेर उनको आलोचना भएको छ । अगस्तमा म्यान्माली सेनाले सञ्चालन गरेको कारबाहीमा ६ हजार ७ जना सर्वसाधारण नागरिक मारिएको प्रतिवेदन सार्वजनिक भएको थियो । प्रजातन्त्रका लागि लामो समय जेलनेल भोगेकी सुचीले रोहिंग्यामाथि सेनाले बर्बर आक्रमण गर्दा मुकदर्शक बनेको भन्दै विरोध भएको छ । नवाज शरीफ तेस्रोपटक प्रधानमन्त्री पद सम्हालेका पाकिस्तानी नेता नवाज शरीफ भ्रष्टाचारको आरोपमा पदबाट बर्खास्त गरिए । आर्थिक रूपमा सबल पारी एसियाकै उत्कृष्ट मुलुक बनाउने योजना पूरा गर्न ‘भ्रष्टाचार’ मुख्य बाधक रहेको बताउने शरीफ भ्रष्टाचारी प्रमाणित भए । प्रधानमन्त्री पदको शपथ लिइरहँदा उनले ‘भ्रष्टाचारप्रति शून्य सहनशीलता’ अपनाउने वाचा गरेका थिए । त्यति मात्र होइन आफूले सांसद पद छोडेको ठाउँमा आफ्नै पत्नीलाई उम्मेदवार बनाएर राजनीतिमा ल्याए । रोबर्ट मुगावे जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेको ३७ वर्षे एकछत्र शासनकालको राजनीतिमा बढी पत्नीमोह देखाएको कारण अन्त्य भएको छ । सेनाले ‘कु’ गरेसँगै दबाबमा परेका राष्ट्रपति मुगाबेले आफूविरुद्ध संसद्मा महाभियोग प्रस्ताव ल्याउनुअघि नै पदबाट राजीनामा दिए । ९३ वर्षीय मुगावे सन् १९८० मा बेलायतबाट स्वतन्त्रता प्राप्त गरेसँगै निरन्तर सत्ताको नेतृत्व गरिरहेका थिए । कमजोर स्वास्थ्य र बढ्दो उमेरसँगै सत्ताको उत्तराधिकारीमा पत्नी ग्रेस मुगाबेलाई चयन गर्दा विवाद बढेको थियो । पत्नीलाई सत्ता हस्तान्तरण गर्न उनले उपराष्ट्रपतिलाई पदबाट बर्खास्त समेत गरेका थिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies