Khabar Dabali Logo
  April 15, Thu

‘जनताको बहुदलीय जनवाद‘ र ‘माओवाद’ को सिद्धान्त तत्काल थाती राखे पछि मात्र एकता सम्भव

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको सैद्धान्तिक आधार के हुने भन्ने बहस चलिरहेका बेला एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले दुवै दलले अपनाउँदै आएका सिद्धान्त छाड्नुपर्ने प्रस्ताव गरेका छन् । एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलीय जनवाद (जबज)’ र माओवादीले भन्दै आएको ‘माओवाद’ को सिद्धान्त तत्कालका लागि थाती राखेर नयाँ सैद्धान्तिक आधार तयार गर्दा मात्र पार्टी एकता सम्भव हुने उनको धारणा अाजकाे कान्तिपुर दैनिकमा खवर छ ।

‘माओवादीले जबज मान्नुपर्छ भन्ने अडानमा एमाले र एमालेले माओवाद स्वीकार्नुपर्छ भन्नेमा माओवादी रहेसम्म पार्टी एकता हुन सक्दैन,’ नेपाल अध्ययन केन्द्रद्वारा आइतबार राजधानीमा आयोजित ‘वामपन्थी एकताको आधार’ विषयक बहसमा माओवादी नेता श्रेष्ठले भने, ‘माओवाद र जबज दुवैलाई अहिले ड्रप गरेर जानुपर्छ।’ उनले दुवै दलले माक्र्सवाद–लेनिनवादको सिद्धान्त मानेकाले त्यसलाई मूल आधार मानेर नयाँ परिवेशअनुसार कसरी अघि बढ्ने भन्ने सैद्धान्तिक बाटो तय गर्नुपर्ने औंल्याए।

एमालेले अपनाउँदै आएको जबजको सिद्धान्तको मूल आशय लोकतान्त्रिक विधि र शान्तिपूर्ण तबरबाट राज्यसत्तामा पुग्नुपर्छ भन्ने हो। माओवादी सिद्धान्तको मूल आशय राज्यसत्तामा पुग्न बल पनि प्रयोग गर्नुपर्छ र आवश्यक पर्दा सशस्त्र आन्दोलनमा जानुपर्छ भन्ने हो।

नेता श्रेष्ठले ‘जनयुद्ध’ र ‘जनआन्दोलन’ ले नेपालमा गणतन्त्र र संघीयता ल्याएको भन्नेमा दुवै दल सहमत भएकाले यही विन्दुलाई एउटा आधार मानेर संविधानअनुसार बनेपछि समाजवादउन्मुख कार्यक्रम सञ्चालन गर्ने गरी पार्टी अघि बढ्नुपर्ने धारणा राखे।

कार्यक्रममा एमाले उपमहासचिव घनश्याम भुसालले पनि ‘जबज’ र ‘माओवाद’ कै कारण एउटा उपलब्धिमा पुगिसकेकाले अब त्यसैलाई समातेर बस्न नहुने धारणा राखे। दुवैको जगमा प्राप्त उपलब्धिलाई अझै समृद्ध बनाउने नयाँ सैद्धान्तिक बाटो तय गर्नुपर्ने उनको तर्क छ। ‘एमाले र माओवादी सैद्धान्तिक रूपमा जहाँ पुगेका छन्, त्यहींबाट अघि बढ्ने हो,’ उपमहासचिव भुसालले भने ।

पुस १७ गते, २०७४ - ०७:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालगञ्जका सवै शैक्षिक संस्था एक साता बन्द गर्ने उप–महानगरपालिकाको निर्णय

नेपालगञ्जका सवै शैक्षिक संस्था एक साता बन्द गर्ने उप–महानगरपालिकाको निर्णय

नेपालगञ्ज । कोरोना भाइरसको संक्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आइतबारदेखि उपमहानगरपालिका...   

प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच बालुवाटारमा भेट वार्ता, कार्यदलको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिसद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले...   

कोरोना उच्च जोखिम रहेको १४ जिल्लाका विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यका सहित १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित...   
राज्य व्यवस्था समितिको निर्देशन : जघन्य अपराधको घटनामा पहिचान नखुलेका बेवारिसे शवको अभिलेख २० वर्षसम्म सुरक्षित राख्नु

राज्य व्यवस्था समितिको निर्देशन : जघन्य अपराधको घटनामा पहिचान नखुलेका बेवारिसे शवको अभिलेख २० वर्षसम्म सुरक्षित राख्नु

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले जघन्य अपराध तथा फौजदारी कसूरजन्य घटनाका बेवारिसे...   

एमसीसीप्रति सरकारको मोह : कानूनमन्त्री भन्छन्, छिट्टै प्रकृया अगाडि बढाइन्छ

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले विवादास्पद अमेरिकी मिलेनियम च्यालेन्ज...   
विपक्षी दलद्वारा विशेष अधिवेशन बोलाउन गण्डकी प्रदेश प्रमुखसंग माग

विपक्षी दलद्वारा विशेष अधिवेशन बोलाउन गण्डकी प्रदेश प्रमुखसंग माग

पोखरा । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुखले हठात संसद अधिवेशन अन्त्य गरिदिएपछि...   

गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लियो

पोखरा । गण्डकी प्रदेश सरकारमा सहभागी आफ्ना दुई मन्त्री फिर्ता बोलाएको एक हप्तापछि नेकपा माओवादी केन्द्रले...   

अटोमा लुकाइछिपाइ लादै गरेको २३ किलो गाँजासहित हेटौंडाबाट तीन जना पक्राउ

काठमाडौं । लुकाइछिपाइ अटोमा लैजाँदै गरेको २३ किलो गाँजासहित हेटौंडाबाट प्रहरीले तीनजनालाई पक्राउ...   

प्रधानमन्त्रीले वाम गठबन्धन भत्काएर दक्षिणपन्थीसंग मिलेर सरकार टिकाउन खोज्नु गलत : घनश्याम भुसाल

बुटवल । नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले जसपासंग मिलेर सरकार टिकाउन...   

प्रधानमन्त्रीबाट स्वीच थिचेर ‘ल्यान्ड इन्फर्मेसन सिस्टम’ शुभारम्भ, ‘मेरो कित्ता एप’मार्फत घरमै बसेर नक्सा प्रिन्ट गर्न सकिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा जग्गा प्रशासन सम्बन्धी डिजिटल प्रविधि बिहिबार ‘ल्यान्ड...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top