Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

मेरो अनुभवमा चिन भ्रमण

\"\"हामी मंसिर ११ गते काठमाण्डौवाट चीन तर्फ प्रस्थान गर्यौ हाम्रो कार्यक्रम तालिका अनुसार हाम्रो १२ सदस्य टोली थियो । हाम्रो भ्रमण टोलीको प्रमुख पार्टी पोलिटब्युरो सदस्य तथा बिदेश बिभागका सचिव कमरेड युवराज चौलागाईले गर्नु भएको थियो । सहायकको जिम्मेवारी मैले पाएको थिए । हामीलाई चिनीया कम्युनिष्ट पार्टी बिदेश बिभागले निमन्त्रणा गरेको थियो । त्यहि अनुसार हाम्रो बिभिन्न खाले कार्यक्रमको तालिका तय गरेको थियो । जस अनुसार हाम्रो युनान प्रान्तको मुख्य शहर कुनम्मीङ्गमा पहिलो कार्यक्रम रहेको थियो ।हाम्रो पहिलो कार्यक्रम चिनियां कम्युनिष्ट पार्टीको स्कुलिङ्ग बिभाग संग सम्वन्धित थियो र हामी स्कुलिङ्गमा सहभागी भयौ । स्कुलिङ्ग बिभागका प्रो। फुदे–सुले हामीलाई चिनियां कम्युनिष्ट पाटीको बारेमा जानकारी गराउनु भएको थियो । भर्खरै सकिएको चिनियां कम्युनिष्ट पार्टी को १९ औ महाधिबेशनको बारे र महाधिबेशनले गरेको राजनैतिक तथा बैचारिक निर्णय र महाधिबेशनको महत्वको बारेमा बताउनु भयो । चिनियां कम्युनिष्ट पार्टी स्थापनाको ९६ बर्ष पुरा भएको र यसको १९औ पटक महाधिबेशन भएको बताउनु भयो । यो महाधिबेशन सम्म आइपुग्दा ३ वटा बिचारहरुबाट ऋ।ए।ऋ अगाडी बढेको जानकारी गराउनु भयो । यस बिचारहरु मध्ये पहिलो माओ–बिचारधारा दास्रो दे–ङ्ग स्याओको सिद्धान्त र हाल आएर १९ औ महाधिबेशन पछि सि।जिङ्ग पिङ्ग बिचारधाराबाट अगाडी बढेको कुरा बताउनु भयो ।यो महाधिबेशनको मुख्य उद्देश्य भनेको सन २०३५ सम्ममा चिनिया बिशेस्तायुक्त आधुनिक समाजबाद स्थापना गर्ने र बिश्वमा चिनियां आधुनिक समाजबादको नयां रुप प्रस्तुत गर्ने रहेको बताए । चिनियां समाजको अन्तरबिरोध फेरिएको बताउदै प्रोफेसर फु–देसु ले अब चिनियां जनताहरु पुर्ण रुपले सम्पन्न भइसकेकोले उनीहरु प्राकृतिक र पर्यावरणिय हिसावले सुरक्षित जिबन जिउन चाहन्छ । यो चिनियाहरुको नयां सामाजिक अन्तरबिरोध हो भन्दै प्रो। फु–देसु ले यसको समाधानको निमित्तचिनियां कम्युनिष्ट पार्टी को १९ औ महाधिबेशनले नया निति अगाडी बढाएको बताए । यसै सन्दर्भमा सि. जिङ्गपिङ्गले भन्नु भएको छ सुन र चादींको पहाड भन्दा जगंलयुक्त हरियो पहाड धेरै मुल्यमान हुन्छ र हामी संग हरियो पहाड भयो भने मात्र हाम्रो प्राकृतिक जिवन , सुरक्षित जिउन सक्छौ । यहि सि।जिङ्गपिङ्गको बिचारलाई लिएर होला अहिले चिनको धेरै आधुनिक शहरहरुमा हरियाली गार्डेन र खोला नदिहरुलाई प्राकृतिक हिसावले संरक्षण गरेको पाइयो । हाम्रो अर्को बैठक गरिबी निवारण सम्बधि थियो । चिनमा गरिबी निवारण कसरी भयो र चिनियां सरकारको निति योजनाहरु कस्तो रहदै आएको छ भन्ने बारेमा छलफल भयो । हामीले युयान प्रान्तका गरिबी निवारण बिभागका प्रमुख क।याउचे संग छलफलमा सहभागी भयौ । उहाले हामीलाई आफ्नो प्रान्तको बारेमा जानकारी गराउदै भन्नु भयो ”चिनको सबै प्रान्तहरु मध्येको गरीब प्रान्त युनान रहेको बताउनु भयो । युनानमा ५ करोड जनसंख्या रहेको बताउदै उहांले भन्नु भयो । यस प्रान्तमा ८० लाख जनताहरु गरिबीको रेखा मुनि थिए र ४० बर्ष अगाडी चिनियां सरकारबाट सुधारको निति लिएको थियो । तर कार्वान्यन हुन सकेको थिएन । पछिल्लो चरण सि।जिङ्गपिङ्गको नेतृत्व पछि गरिबीको रेखा मुनि रहेका ८० लाख जनताहरु ५ बर्ष पछि ४० लाखबाट ३६ लाखमा सिमित रहन आएकोे जानकारी गराउनु भयो । आउने ३ बर्ष भित्र युनान प्रान्तमा पुर्ण रुपमा गरिबी निवारण हुने बताउनु भयो । हामीले क।याउचे संग गरिबी निवारणको लागि कस्तो खालको कार्यक्रम योजनाहरु लिएर जानु भएको थियो भनि जिज्ञासा राखेका थियौ । उहाले भन्नुभयो मुख्य गरेर जनताको जिवन स्तरको अध्ययन गर्ने ,जनता संग जोडिएको उत्पादन प्रणाली र स्रोतको पहिचान गरी योजना तर्जुमा गरी लागु गर्ने काम भयो । मुख्य गरेर भौतिक पुर्वाधारको बिकास संगै कृषिलाई प्रबिधि युक्त बनाउने ,मुख्य उत्पादन बस्तुको पहिचान गर्ने,उत्पादित बस्तुको बजार ब्यवस्थापन गर्ने, मुख्य उत्पादित बस्तुको रुपमा युनान प्रान्तमा चिया उत्पादनलाई अगाडी बढाईयो । र उत्पादनको लागि बाह्य लगानी भित्राइयो । जसमा रोजगारी सृजना गर्ने काम भयो । आज युनान प्रान्तले चिया खेतीलाई उद्योगमा परिणत गरि त्यहाको गरिबी निवारणको लागि महत्वपुर्ण योगदान पुयाई रहेको क.याउचेले बताउनु भयो । हाम्रो अर्को कार्यक्रम अनुसार बेजिङ्गमा हने CPC IN DIALOGUE WITH WORLD POLITICAL PARTIES HIGH-LEVEL MEETING  मा सहभागि हुने हाम्रो टोलीलाई  चिनियाँ कम्युनिष्ट पार्टी बिदेश बिभागको दक्षिण एसिया ब्युरो प्रमुख क.युआन जेनिबिङ्ग बेजिङ्गबाट नेपाली भ्रमण टोलीलाई स्वागत गर्न युनान प्रान्तको कुन्मिन आउनु भएको थियो । र उहा संग हाम्रो बिशेष भेट बार्ताको कार्यक्रम रहेको थियो । उक्त भेटबार्तामा हामीलाई स्वागत गदै भन्नुभयो ” चिनियां कम्युनिष्ट पाटी तथा नेपाल कम्युनिष्ट पाटी (माओबादी केन्द्र)  बिच बिशेष सम्बन्ध रहेको कुरा गर्नु भयो । सन २०१० मा पहिलो पटक अध्यक्ष क.पुष्प कमल दहाल (प्रचण्ड) लाई भेटेको स्मरण गदै उहाले भन्नुभयो त्यसै बेला देखी माओबादी केन्द्र संग बिभिन्न खाले उच्च स्तरिय बार्ता तथा छलफल भएको र यसैको आधारमा चिनियां कम्युनिष्ट पाटी र नेपाल कम्युनिष्ट पाटी (माओबादी केन्द्र)  बिच मन र मुटुको सम्बन्ध रहि आएको बताउनु भयो । माओबादी केन्द्रका उच्च स्तरिय नेतृत्वहरु संग पनि बिभिन्न अवसरमा भेटघाट तथा छलफल भएको जानकारी गराउदै युआन जेनिबिङ्ग ले भन्नु भयो ”हामी दुई देश बिचको कम्युनिष्ट पाटी आउने दिनहरुमा राजनैतिक र बैचारिक रुपमा एकअर्काबाट सिक्ने र सिकाउने,संयुक्त रुपमा अगाडी बढनु पर्ने बताउनु भयो । हालै सम्पन्न चिनियां कम्युनिष्ट पाटीको १९ औ महाधिबेशन सम्पन्न पश्चात बिभिन्न देश ,पार्टी र बिभिन्न संघ संस्थाहरुबाट १७ हजार बधाई तथा शुभकामना पत्रहरु सि .पि .सि लाइ आएको कुरा जानकारी गराउदै क।युआन जेनिबिङ्ग ले भन्नुभयो । सबै पत्रहरु मध्ये सबैभन्दा लामो पत्र नेपाल कम्युनिष्ट पाटी (माओबादी केन्द्र)  का क.अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) को रहेको भन्दै उहाले उक्त पत्रलाई क.सि जिङ्गपिङ्गले महत्वपुर्ण पत्रको रुपमा लिएको र सबै पत्र मध्ये १ नंम्बरमा अध्यक्ष प्रचण्डको पत्रलाई राखेको बताउनु भयो । पत्रमा उल्लेखित गहन बिचारहरु माक्र्सबादी बिचार र अहिलेको बिश्व राजनितिक अन्तरबिरोध मानबिय सामाजिक अन्तरबिरोधहरुको बारेमा र आउने दिनहरुमा कम्युनिष्टहरुको कस्तो भुमिका हुनुपर्ने साथै समाजबादी आन्दोलनलाई कसरी अगाडी बढाउने,आगामी चुनौतीहरुलाई कसरी सामना गरेर जाने भन्ने बारेमा असाध्यै बौद्धिक र मार्मिक ढंगले पत्रमा उल्लेखित भएको उहाले बताउदै भन्नुभयो । हामी चिनियां कम्युनिष्ट पाटी र नेपाल कम्युनिष्ट पाटी९माओबादी केन्द्र० ले मात्रै सामाजिक अन्तरबिरोधको आ–आफ्नो पार्टीको दस्ताबेजहरुमा उल्लेख गर्ने र छलफल चलाउने,अन्तरबिरोधहरुको सहि पहिचान गर्ने,माक्र्सबादको प्रयोग गर्ने पार्टी भएको हुनाले हामी दुई पार्टी बिचको भाइचारा सम्वन्ध रहेको युआन जेनिबिङ्ग ले बताउनु भयो । हालै सम्पन्न चिनियां कम्युनिष्ट पाटीको १९ औ महाधिबेशनले चिनलाई नयां युगमा प्रबेश गराएको कुरा जनकारी गराउदै उहाले भन्नुभयो । महाधिबेशनले सिङ्गो चिनिया जनतामा नयां उर्जा,आशा र बिस्वास दिलाएको कुरा गदै महाधिबेशनले बिश्वको ध्यान खिचेको कुरा गर्नु भयो । यो महाधिबेशनले बिभिन्न खाले राजनितिक बैचारिक तथा सांगठानिक रुपमा महत्वपुर्ण निर्णयहरु गरेको कुरा जानकारी गराउनु भयो । मुख्य गरेर सि जिङ्गपिङ्ग बिचारधारालाई स्थापित गराई लागु गराउने यो महाधिबेशनको मुख्य उद्देश्य रहेको जानकारी गराउनु भयो । आगामी सन २०३५ सम्ममा चिनिया बिशेस्तायुक्त समाजबादको उच्चतम रुप लागु गरी सक्ने र बिश्वलाई नै एउटा नयां मोडेलको रुपमा प्रस्तुत गर्ने युआन जेनिबिङ्गले बताए । हाल बिश्वमा आएको सुचना संञ्चारको बिकासले नयां उपलब्धिहरु भइरहेको र अबको संसारलाई जोड्न सुचना संञ्चारले मात्र अपर्याप्त हुने भएकोले हामीले आधुनिक चिन संगै बिश्वभरिका राष्ट्रहरुमा पनि स्वतन्त्रपुर्वक बिकास हुनु जरुरी ठानेका छौ । भन्दै आउने दिनहरुमा संञ्चार क्षेत्रबाट मात्रै नभई भौतिक रुपमै एकअर्कामा जोडिनु पर्ने भएकोले क.सि जिङ्गपिङ्गको निति अनुसार सिङ्गो बिश्वलाई नै सडक सञ्जालमा जोड्न चाहेको कुरा बताउदै युआन जेनिबिङ्गले भन्नुभयो । हामीले त्यसैको लागि वान बेल्ट वान रुटको निति अगाडी सारेको बताउनु भयो । यो बिषयमा नेपालको भुमिका महत्वपुर्ण रहने बताउनु भयो । क.प्रचण्ड नेतृत्व सरकारको कार्यकालमा ऐतिहासिक वान बेल्ट वान रुटको निमित हस्ताक्षर भएकोले हामी नेपाल सरकार र माओबादी केन्द्र प्रति आभारी रहेको जानकारी गराउदै यो हस्ताक्षरले नेपाल र चिन बिचको सम्बृद्धिको ढोका खोल्ने काम गरेको बताउनु भयो । यसै सन्र्दबमा युआन जेनिबिङ्गले भन्नुभयो नेपालको राजनितिक परिवर्तनमा माओबादीले चलाएको महान् १० बर्षिय जनयुद्ध र पछिल्लो चरणमा शान्ति प्रकृया तथा संबिधान निर्माणमा माओबादी केन्द्रले मुख्य महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनु भयो । साथै माओबादी बिना नेपालको राजनितिक परिर्वतन र हाल प्राप्त भएका राजनितिक उपलब्धीहरु सम्भब नभएको कुरा उहाले गर्नु भयो । अबको नेपाली राजनितिक र सामाजिक बिकास र सुन्दर नेपाल निर्माणको जिम्मेवारी माओबादी केन्द्रको काँधमा आएको युआन जेनिबिङ्गले बताउनु भयो । ति बेला सिङ्गो नेपाल माओबादी केन्द्रले उठाएको राजनितिक एजेण्डामा हिडिरहेकोले राष्ट्रको नेतृत्व माओबादी केन्द्र बाहेक अरुले गर्न नसक्ने उहाले बताउनु भयो । अन्तमा युआन जेनिबिङ्गले नेपाल र नेपाली जनताको प्रगति र बिकासको पक्षमा चिनिया कम्युनिष्ट पार्टी सधै प्रतिबद्ध रहिरहने बताउनु भयो । \"\"         अन्तमा बेजिंग मा आयोजित CPC IN DIALOGUE WITH WORLD POLITICAL PARTIES HIGH-LEVEL MEETING  मा सहभागी भयौ । बिश्व भरिका २०० राष्ट्रबाट छ सय जना प्रतिनिधीहरुको सहभागिता थियो । प्रत्येक राष्ट्रलाई आ–आफ्नो बिचार राख्न ५ मिनेटको समय दिइएको थियो । नेपाल कम्युनिष्ट पाटी (माओबादी केन्द्र) को तर्पबाट पार्टी पोलिटब्युरो सदस्य तथा बिदेश बिभागका सचिव कमरेड युवराज चौलागाईले महत्वपुर्ण बिचार प्रस्तुत गर्नु भएको थियो ।  : लेखक  वाइसियल नेपाल का बरिष्ठ उपाध्यक्ष हुन् । ++++++
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies