Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

विकास र समृद्धि सहित जनताको जीवन स्तरमा परिबर्तन ल्याउछौ : बिन्दमान बिष्ट

\"\"आगामी मंसीर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको चुनावमा सुर्खेत प्रतिनिधिसभा २ नम्बर क्षेत्रको प्रदेश ख बाट बामपंथी गठबन्धनबाट साझा उम्मेद्वार बनेका छन् माओवादी केन्द्रका प्रभावशाली युवा नेता बिन्दमान बिष्ट । माओवादी केन्द्र निकट बिद्यार्थी संगठनको महासचिवसम्म भूमिका निर्बाहा गरेका बिष्ट नेता शक्ति बस्नेत गृहमन्त्री हुँदा प्रमुख स्वकिय सचिवको भूमिकामा थिए । माध्यामिक तहको पढाई सकेर उच्च शिक्षा हाँसील गर्न २० बर्ष अघि कालीकोटबाट सुर्खेत झरेका बिष्टले त्यहीबाट राजनीति सुरु गरेका थिए । बामपंथी गठबन्धनले देशैभरबाट बहुमत ल्याउने दाबी गरेका बिष्टसंग पत्रकार देवीराम देवकोटाले गरेको कुराकानीका केही सम्पादित अंशहरु यहाँ प्रस्तुत गरिएको छ । प्रतिनिधीसभा र प्रदेशसभाको टिकट पाउन कतिपय युवाहरुले निकै पापड पेल्नु परेको चर्चा छ । तपाईले कत्तिको पापड पेल्नु पर्यो , टिकट पाउनको लागी ? होइन, टिकट पाउनको लागी मैले केही पापड पेल्नु परेन । पार्टीबाट सिफारिस गर्ने सन्दर्भमा मेरो क्षेत्रबाट म एक्लैको सिफारिस भएको थियो । पछि नेकपा एमाले र माओवादी केन्द्रको बीचमा बाम तालमेल भईसकेपछि ६० र ४० निर्बाचन क्षेत्रहरु आ आफ्नो भागमा बाँड्ने क्रममा मेरो निर्बाचन क्षेत्र माओवादी केन्द्रको भागमा पर्यो र मैले टिकट पाएँ । त्यसकारण मैले टिकट पाउनको लागी खासै केही गर्नुपरेन । टिकट त सहजै पाउनु भएछ तर जित्न निक्कै गाह्रो छ रे नी तपाईलाई ? जित्न खासै गाह्रो छैन । अहिलेको स्थानीय तहको मत परिणाम हेर्दा पनि बाम तालमेल हुँदा साढे ६ हजार भोट बढी छ । फेरि सुर्खेतको पश्चिम क्षेत्रका जनताले नयाँ नेतृत्व, काम गर्नसक्ने नयाँ अनुहार खोजेका छन् । उनीहरु नयाँ नेतृत्वको खोजीमा छट्पटाईरहेका छन् । यहाँको यस अघिका जनप्रतिनिधिहरु जसले चुनाव जितेर गए,उनीहरुले यहाँको विकास र समृद्धिको लागी जनताको जीवनस्तर परिबर्तनको लागी समाज रुपान्तरणको लागी जनताले अपेक्षा गरे अनुसारको काम गर्न नसक्दा जनताले एउटा नयाँ काम गर्न सक्ने योग्य , सक्षम जनप्रतिनिधि खोजीराखेका छन् । मेरो उम्मेद्वारीले सुर्खेतको पश्चिम २ नम्बर क्षेत्र ख प्रदेशका जनताहरु बडो उत्साहाका साथ निर्बाचनमा जुटिराख्नुभएको छ । यसकारण मलाई निर्बाचन जित्नका लागी कुनै अप्ठ्यारो छैन । जनताले बिजयी बनाईसक्नु भएको छ , घोषणा गर्न मात्र बाँकी छ । तपाई त पाहुना उम्मेद्वार हो रे किनकी तपाई कालीकोटको मान्छे सुर्खेतमा आएर चुनाव लड्दै हुनुहुन्छ भनेर तपाईको प्रतिष्पर्धी नेताले भन्नुभएको छ । अनि चुनाव सजिलै जितिन्छ त ? होइन जन्मन त को कहाँ जन्म्यो भन्ने कुरा मुख्य होइन । प्रतिष्पर्धी दलका नेता पनि बाहिरै जन्मनु भयो । यहाँ आएर राजनीति गर्नुभयो । म कालीकोट जन्मे , यहाँ आएर राजनीति गरें । वहाँ यहाँ आएर चुनाव लड्न हुने मैले किन नहुने ? अर्को कुरा म बिगत २० बर्षदेखि सुर्खेतमा राजनीति गरिराखेको छु । क्याम्पस पढ्दा खेरि अखिल क्रान्तिकारीमा संगठित भएर बिद्यार्थीको अध्यक्ष भएर तत्कालीन नेकपा माओवादीको जिल्ला सेक्रेटरी भएर काम गरें । लामो समय हामी जतिबेला जनयुद्धमा थियौं । जनवादी क्रान्तिको लागी आफ्नो जीवन हत्केलामा राखेर हिडेका थियौं । त्यो बेलादेखि म सुर्खेती जनताको बीचमा रहेर थुप्रै कामहरु गरेको छु । यहाँको जनतासंग सहकार्य गरेको छु । त्यसो हुँदाखेरि म यहाँको जनताको लागी नयाँ होइन अरु केही एजेण्डा नपाएपछि , चुनाव हार्ने निश्चित भइसकेपछि त्यो वहाँहरुले अफवाह फैलाईरहनु भएको छ । त्यो वहाँको हारको मानसिकता बाहेक अरु केही होइन । म यहीको निबासी हो । बिगत लामो समयदेखि म यही स्थाई रुपमा बसीराखेको छु । जनताको पिडामा साथ दिईराखेको छु । यसकारणले यो बिरोधीहरुले लगाएको आरोप मात्र हो । त्यसो हो भने त्यहाँका जनताले तपाईलाई मत दिनुपर्ने कारण के हुन् ? राजनीतिक आन्दोलन एउटा निष्कर्षमा पुगिसकेको छ । जनताले आफ्नो जीवन स्तरमा परिबर्तन खोजीराखेको छ । पश्चिम सुर्खेतका जनताको कुरा गर्दाखेरि भौतिक पूर्वाधारको सन्दर्भमा धेरै पछि परिरहेको छ । शिक्षा क्षेत्रको कुरा गर्दाखेरि पनि खासै अवसर पाएको छैन । खानेपानी , सिंचाई , बाटोघाटो , स्वास्थ्य, पुलपुलेसा लगायतका थुप्रै पूर्वाधारको अभाव छ । अहिले पनि यहाँका कतिपय डाँडापाखाका जनता थाप्लोमा पानी बोक्नुपर्ने बाध्यताबाट मुक्त भएका छैनन् । एउटा ठाउँमा अहिले पनि ५० रुपैंया प्रतियुनिट पानीको मुल्य तिरेर त्यहाँको जनताले खाईराखेको अबश्था छ । जहाँ धारा छ त्यहाँ ५० रुपैंया पानीको मुल्य तिरेर खानुपर्ने अबश्था छ भने जहाँ धारा छैन त्यहाँ थाप्लोमा पानी बोकेर हिड्नु पर्ने अबश्था छ । यसकारण खानेपानी , सिंचाई , स्वास्थ्य, शिक्षा , रोजगारीको कुरा नपाएर जनता पिल्सीरहेका छन् । यी कुराहरु आधारभूत रुपमा समाधान गर्ने लक्ष्य सहित अहिले बामगठबन्धन चुनावी मैदानमा छ । बाम गठबन्धनका उम्मेद्वारलाई मत दिएर जिताएमा हाम्रो समाजवादमा पुग्ने लक्ष्य अनुसार जनतालाई अभावबाट मुक्त गर्दै लैजाने हाम्रो प्रतिबद्धता छ । विकास र समृद्धिका लागी जनताले मलाई मत दिन जरुरी छ । यो क्षेत्रमा जे जे समस्याहरु छन् ती समस्याहरु पुरा गर्नका लागी म प्रयासरत छु र हुनेछु । अर्कोकुरा बाढी पिडितहरु अहिले पनि पाल मुनी छन् । उनीहरुलाई छानोमा ल्याउनुपर्नेछ । अहिलेका जनप्रतिनिधिहरुले बाढीपिडितको लागी कुनै व्यवस्था गरेका छैनन् । उनीहरुका समस्याहरु पुरा गर्न पनि बामगठबन्धन अर्थात् व्यक्तिगत रुपमा मेरो उम्मेद्वारी हो । तपाईको पार्टीका जनप्रतिनिधिले पनि त्यो क्षेत्रमा २०६४ सालमा चुनाव जितेका थिए तर तपाईले भनेका अभावका कुराहरु किन पुरा गराउन नसकेका त ? होइन होइन , अहिले जति विकास भएको छ यस क्षेत्रमा , ती सबै विकासका पूर्वाधारहरु हाम्रो पार्टीका प्रतिनिधि जितीसकेपछि भएका हुन् । त्यो भन्दा पहिले यो क्षेत्रमा संचार पनि थिएन । यो क्षेत्रमा संचार सुबिधा पुर्याउन पहिलो पहल हाम्रो पार्टीका जनप्रतिनिधिले नै गरेका हुन् । अनि बाटोघाटो , पुल पुलेसाका कुराहरु पनि अगाडी बढेका हुन् । अहिले जति सुबिधा भएका छन् ती सुबिधाहरु हामै्र कारणले भएका हुन् । तर यसअघिका जनप्रतिनिधि जसले जित्नु भएको छ । वहाँकै गाउँका जनताहरु वहाँले केही गर्नुभएन भनेर मसंग गुनासो पोखीरहनु भएको छ भने हाम्रो पार्टीको प्रतिनिधिले किन केही गरेनन् ? त्यसकारण यस क्षेत्रको विकासका लागी हामी कटिबद्ध छौं । अँझै धेरै गर्न बाँकी छ । त्यो पुरा गर्न पनि बामगठबन्धनका उम्मेद्वारलाई जिताउन जरुरी छ । ए तपाई जितेपछि त्यसक्षेत्रको समस्याहरु दुर हुन्छन् त ? होइन , राज्यको प्राथमिकता भनेको अब विकास र समृद्धि हो । राजनीतिक झन्झटको गाँठो फुकिसकेपछि अब एकोहोर ढंगले आर्थिक समृद्धिको बाटोतिर देशलाई लैजान्छौं । विकासको बाटोतिर लैजान्छौं देशलाई । यस हिसाबले हेर्दाखेरि अहिले देखिएका समस्याहरु हल गर्नतिर हामी अगाडी बढ्ने सोचिरहेका छौं । त्यसकारण फु मन्तर त हुँदैन होला । तर हामी ती समस्याहरु संबोधन गर्ने गरि आर्थिक क्रान्तिको दिशातिर देशलाई अगाडी बढाउने लक्ष्य सहित अगाडी बढ्ने हो । यस्ता समस्याहरु पुरा गराउन त तपाईले जित्नुपर्यो तपाईहरुको सरकार बन्नुपर्यो नी निर्बाचन अगाडी नै कसरी भन्ने तपाईहरुकै नेतृत्वमा सरकार बन्छ भनेर ? बामपंथीहरुको सरकार बन्नलाई अब यो देशमा कस्ले रोक्न सक्छ र ? दुई ठुला राजनीतिक दलहरु मिलेर समृद्धि र विकासको नारा दिएर देशलाई नयाँ शिरातिर बढाउने भनेपछि जनता विश्वस्त भईरहेको छ । जनतालाई झन अब बामपंथीप्रति विश्वास जागीरहेको छ । यस्तो अबश्थामा अरुको सरकार बन्ने त कुरै भएन नी । बामपंथीहरुको दुईतिहाई बहुमत आउँछ र सरकार पनि बन्छ । यहाँ ६ नम्बर प्रदेशमा पनि दुईतिहाई बामपंथीहरुको बहुमत आउँछ । त्यसकारण जनताका समस्याहरु पुरा गर्न हामीलाई अझ सहज हुनेछ । बिष्टजी प्रदेशको सांसद बन्न मात्र तपाईको उम्मेद्वारी होकि अरु केही अपेक्षा छ निर्बाचीत भईसकेपछि ? मेरो व्यक्तिगत अपेक्षाले केही काम गर्दैन । मैले अहिले यहाँबाट निर्बाचीत भएर जाने हो । त्यसपछि मेरो पार्टीले , बामपंथी गठबन्धनले मेरो आबश्यकता ठान्यो भने म अगाडी बढ्न तयार छु । अन्तमा सुर्खेत पश्चिमका जनता जसको मत तपाईलाई आबश्यक छ चुनावमा उनीहरुलाई तपाई के भन्न चाहानु हुन्छ ? मैले यहाँका मतदातालाई के विश्वास दिलाउन चाहान्छु भने पश्चिम सुर्खेतमा बाटोको समस्या विकराल छ । यो क्षेत्रमा २ लेनको बाटो बनाउने छु । मेरो निर्बाचन क्षेत्रमा ३१ वटा वडा छन् । सबै वडामा यातायातको सुबिधा पुर्याउने मेरो पहिलो प्राथमिता हुनेछ । त्यसपछि खानेपानी व्यवस्थीत गर्ने , आधारभूत रुपमा जनतालाई शुद्ध खानेपानीको व्यवस्था गर्ने मेरो योजना छ । मेरो निर्बाचन क्षेत्रमा दुईतिरबाट कर्णाली र भेरी नदि बगीरहेका छन् तर त्यसको छेउमा रहेका जमीन मरुभूमि जस्तो छन् त्यहाँ लिफ्ट प्रबिधिको प्रयोग गरेर सिचाईको सुबिधा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दछु । चौकुने सिमेन्ट कारखाना , लामो समयदेखि चर्चामा छ तर त्यहाँ काम अगाडी बढेको छैन । त्यहाँ राज्यले पूर्वाधार निर्माण गर्न सकिरहेको छैन त्यो कामलाई अगाडी बढाउने योजना छ । त्यसपछि गएर ६ सय ८० मेगावाटको बेतन कर्णाली जो संचालन गर्ने योजना छ , त्यसलाई अगाडी बढाएर त्यहाँ पनि रोजगारी सिर्जना गर्ने मेरा प्राथमिकता कै सुचिमा राखेको छु । प्राविधिक शिक्षा , बिशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सेवा यहाँ संचालन गर्ने मेरा योजनाहरु छन् । यी मेरा योजनाहरुलाई क्रमश आफ्नो कार्यकालभरि पुरा गर्ने प्रतिबद्धता जनतासामु व्यक्त गर्न चाहान्छु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies