Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

साहित्यिक आन्दोलनलाई जारी राख्न जोड

\"china-120x120-400\"काठमाडौं, २९ असोज । विराट् नेपालभाषा साहित्य सम्मेलन गुथिले ‘जातीय स्वतन्त्रतालाई दबाएर राष्ट्रको उत्थान हुन सक्दैन’ भने मूल नाराका साथ आयोजना गरेको यस वर्षको ५५ औँ विराट् नेपालभाषा साहित्य सम्मेलन गए राति सम्पन्न भएको छ ।   उत्पीडित नेवाः जातिको मुक्तिका लागि भाषिक आन्दोलनको साथै साहित्यिक सिर्जनामार्फत देशका शोषक, शासकविरुद्ध आवाज उठाउने उद्देश्यका साथ हरेक वर्ष हुने सम्मेलनमा कविता विधातर्फ २३ , लघु कथातर्फ आठ, गजलतर्फ दुई तथा निबन्ध र मुक्तकतर्फ एक एक जनाले आआफ्नो रचना वाचन गरेका थिए ।   सम्मेलनमा कृष्णमोहन जोशी, विमल ताम्राकार, नवीनप्रकाश श्रेष्ठ, सुलोचना सैंजु, भवानी तुलाधर, अमिता महर्जन, स्नेह सायमी, डा आनन्द जोशी, भूषणप्रसाद श्रेष्ठ, सुधीर ख्वबि, पूर्ण वैद्य, शशीकला मानन्धर, राजभाइ जकःमी, न्हुछेभक्त कवाँ, विजयरत्न असंवरे, मीना वज्राचार्य, दया खड्गी, सुजिता माःजु, शरद कसाःलगायतले रचना वाचन गरेको गुथिका सचिव बाबुकाजी साःछेँ श्रेष्ठले बताए । सम्मेलनमा यस वर्षको प्रवेशिका परीक्षामा नेपालभाषा विषय लिई उत्कृष्ट अङ्क ल्याउने आदर्श उमावि लाय्कू थिमिका अनिता प्रजापति र नेपालभाषा विषय पढाउँदै आएको सो विद्यालयलाई सम्मान गरिएको थियो । कार्यक्रममा आदर्श उमाविका प्राचार्य विद्यादेवी चित्रकार, भाषासेवी डा पुष्पराज राजकर्णिकार, विराट् गुथिका पूर्वअध्यक्ष त्रिरत्न शाक्यलगायतले गणतान्त्रिक राज्य व्यवस्थामा नेवाः स्वायत्त राज्य हुनुपर्ने र आदिवासी जनजातिको पहिचानसहितको स्वशासन हुनुपर्नेमा जोड दिएका थिए । विराट नेपालभाषा साहित्य सम्मेलन गुथिका अध्यक्ष कृष्णभक्त बोडेको सभापतित्वमा भएको दुईदिने सम्मेलनमासाहित्यकार डा योगेन्द्र प्रधान, गुथिका उपाध्यक्ष हिरयण्यप्रताप सांगामी, कोषाध्यक्ष प्रदीप शाक्यलगायतले साहित्यिक आन्दोलनलाई जारी राख्नुपर्नेमा जोड दिए ।  रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies