Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

कवि तथा अाख्यानकार राजन मुकारुङका पाँच गुण र अवगुण

\"rajan राजन मुकारुङ अहिले कविभन्दा बढी उपन्यासकार र नयाँ सौन्दर्य औँल्याउने ब्यक्तिका रूपमा चिनिन्छन् । पचास दशकको आधाआधीदेखि अप्रिल आन्दोलनसम्मका वैरागी काइँला परम्परा र प्रभावमा लिखित उनका कविता मलाई प्रिय लाग्थे । उत्तरआधुनिकताप्रति अतिमोहग्रस्त उनका कविता अहिले पढ्दा औसत मात्र लाग्छन् । त्यसप्रति उनको मोहभंग भइसकेझैँ लाग्छ । शंका छैन, उनी समयको नयाँ आवाजलाई पक्रन सक्ने नयाँ चेतनाका शक्तिशाली स्रष्टा हुन् । यस स्थितिमा म उनका नयाँ कविता पढ्न चाहन्छु, जुन सायद उनी लेखिरहेका छैनन् । पहाड ! तिम्रो पछिल्तिरको सूर्यलाई भनिदिनू मेरो कवितामा यी सडकका नानीहरूलाई पर्चा बाँड्न र पम्प्लेट टाँस्न भनेको छैन यति भनेको छु– एकत्रित भएर आफ्नो गीत गाऊ । (बेनाम कविताहरू, ‘सेतो आरोहण’, २०५६ बाट) पाँच गुण १) उत्तरआधुनिक भए पनि, अराजक वक्तव्यबाजीजस्ता लागे पनि, उनका कविता केही नभन्ने शब्दका जञ्जालमात्र होइनन् । तिनले किरात मिथ, संस्कृति, समाज र राज्य संरचनामा खोसिएको आफ्नो हिस्सा फिर्ता लिन शक्तिशाली आवाज उठाउँछन् । उनी र उनले हाँकेको सिर्जनशील अराजकता आन्दोलनले कुनै समय पागलको गीत स्तरमा उठाएको आवाजले पहिचानवादी आन्दोलनलाई यहाँसम्म ल्याउन महत्वपूर्ण योगदान गरेका छन् । आजको राजनीतिमा पहिचानवादी आन्दोलनले स्वतन्त्र बौद्धिकहरूको समेत स्वीकृति पाउनुमा उनको पनि भूमिका छ । २) राजन मुकारुङ कवितामा किराँत मिथको जरा राम्ररी पहिल्याउनसक्ने लेखक हुन् । त्यसको सुन्दर र सार्थक प्रयोग गरेर उनले हामीलाई नौलो स्वाद पस्केका छन् । ३) मिथलाई मिथमै सीमित गरे लोक वा दन्त्यकथा लेखे पुग्यो । उनको लेखनलाई त्यति सामान्य आँखाले हेर्न मिल्दैन । मिथलाई उनले आधुनिक जीवन र राजनीतिसँग मिठास दिएर जोडेका छन् । ४) उनी आफ्नो जन्म, जरा र थातलाई आफूलाई भन्दा बढी माया गर्छन् । त्यसले उनको साहित्यलाई मौलिक बनाएको छ । ५) कविताको परम्परागत भाषा र भंगिमालाई गर्लामगुर्लुम भत्काइदिएका छन् । उनी नयाँ भाषाको खोजीमा विश्वास गर्छन् । पाँच अवगुण १) राजन मुकारुङका गतिविधि, वक्तव्य अध्ययन गर्दा उनी पहिचानयुक्त राज्यलाई नै क्रान्तिको गन्तव्य ठान्छन् जस्तो लाग्छ । त्यसो भए, यो वैचारिक समस्या हो । म त पहिचानलाई आत्मसम्मान पुनर्बहाली गर्ने न्याय युद्धको एउटा खुड्किला मात्र ठान्छु । त्यसपछि पनि भ¥याङका बाँकी ६ खुड्किला चढ्न बाँकी नै हुन्छन् । २) राजन मुकारुङ नश्ल चेतनाको कुरा गर्थे । अहिले के गर्छन् थाहा छैन । उनले भनेको नश्ल चेतनाको निहितार्थ म बुझ्छु । सारमा यसले थिचिएका जाति वा समुदायको भाषा, जीवनशैली, स्थानीयता, संस्कृतिको जरा र प्रतीक साहित्यमा आउनुपर्छ भन्न खोजेको हो जुन जायज छ । तर, नश्ल चेतना वा नश्लवादको शब्दार्थ जातीय शुद्धताको खोजी हो । सर्वसाधारणले बुझ्ने पनि त्यही हो । मानिसहरू शब्दार्थमा जान्छन्, सारमा डुबिरहन चाहँदैनन् । कम्युनिस्ट सत्ताको अभ्यासलाई ‘सर्वहाराको अधिनायकवाद’ भन्दा ‘अधिनायकवाद’ शब्दलाई लिएर विपक्षीले त्यसलाई बदनाम गर्न कम्ती सजिलो भएको छैन । शासनमा नब्बे प्रतिशतभन्दा बढी मान्छेको सहभागिता रहने प्रणाली अधिनायकवाद होइन, खास अर्थमा जनवाद हो । त्यसैले असल सार भएको आन्दोलनका लागि शब्द पनि सही छनोट गर्नुपर्छ । नश्लवादको अभ्यास त महाभारतमा ब्राह्मणवादी द्रोणाचार्य, कृपाचार्यहरूले गरेका हुन् । त्यसैले यो, पहिचानवादीले प्रयोग गर्न हुने पदावली नै होइन । यसले पहिचानको आन्दोलनलाई नै घाटा पार्छ । एउटा प्रसंग– भारतीय नेपाली लेखक राजा पुनियानी र मनोज बोगटीले अलिअघिको चर्चित साहित्यिक त्रैमासिक ‘पाण्डुलिपि’मा इन्द्रबहादुर राईको लेखनबारे आलोचना गर्दा राजनले ‘पाण्डुलिपि’ को त्यो अंक जलाउने चेतावनी दिएका थिए रे । यो सत्य हो भने ब्राह्मणवादविरोधी उनी स्वयंमाथि ब्राह्मणवाद अभ्यास गरेको आरोप लगाउन सकिने भयो । (म वा मेरा मान्छे आलोचनाको घेराबाहिर छन् भन्नु ब्राह्मणवाद, जातिवाद र ठालूवाद नभए के हो त ?) के त्यसो भए श्रवण मुकारुङको ‘बिसे नगर्चीको बयान’ मा ‘राजाको दस वटा टाउको देखेको’ अभिव्यक्ति विद्वान् रावणप्रतिको गलत दृष्टिकोण थियो भन्न नपाइने हो ? के उपेन्द्र सुब्बाका कथामा सेक्स र कमेडी छ, लिम्बु जीवनशैली र क्यारेक्टर छ, कथा र अन्तर्दृष्टि छैन भन्न नपाइने हो ? के तिनले लिम्बु समाजको यथार्थ चित्रण गर्नुभन्दा सत्य कथालाई सामान्यीकरण गरेर गल्ती गरेका छन् भन्न नपाइने हो ? ‘सुगुत’ कथालाई लिम्बु समाजको चित्र मान्ने हो भने के लिम्बु समाजमा प्रेमविवाह गरेकी पत्नीको मृत्युको आँसु नसुक्दै लोग्ने मान्छेहरू सालीलाई फसाउन चाहिँदो नचाहिँदो हर्कत गर्छन् ? के लिम्बु पुरुषहरू आफ्नै प्रेयसीको मृत्युमाथि यति तल्लो स्तरको मजाक गर्न सक्छन् ? प्रश्न उठाउन नपाइने हो भने, हामीले आफ्ना प्रिय लेखकलाई उन्नत लेखक बनाउन होइन, सिध्याउन खाल्डो खनिरहेका हुन्छौँ । आवश्यक परे आफ्नै समेत आलोचना गर्ने दुःसाहस गर्नुपर्छ भने इन्द्रबहादुर राईको लीलालेखनको आलोचना गर्न नहुने भन्ने के छ ? म त भन्छु– म अविरल गर्छु सन्देह आफ्नै ब्रह्ममाथि पनि जसरी माटोले हरेक पटक गर्छ आफ्नै गर्भमा रोपिएको सतविजको परीक्षा । ३) मुकारुङ जनजातिको राजनीतिमात्र गर्दैनन्, उनी दलित, मधेसी र पछाडि पारिएका समुदायप्रति पनि उत्तिकै सहानुभूतिशील छन् । आफ्ना अखबारी लेखमा उनले वैचारिक लेखन गर्ने खासगरी ती समुदायका नवयुवा कवि, अरूले नगनेका, किनारामा धकेलिएका लेखकलाई मूलधारमा ल्याउने प्रशंसनीय काम गरिहेका छन् । यो भनेको इतिहासको पुनर्लेखन र पुनव्र्याख्या गर्ने अत्यन्त गहन अभिभारा हो । तर, त्यसका लागि उनको अध्ययन र अनुसन्धान पर्याप्त भएजस्तो लाग्दैन । नवकविका प्रवृत्तिबारे लेख्नुपर्दा उनको सबैभन्दा ठूलो स्रोत कवि चन्द्रवीर तुम्बापो हुन् । तुम्बापो राम्रा कवि हुन् भन्नेमा शंका छैन । मलाई उनका ‘पछिल्लो चित्रमा गाउँ’ र ‘फक्ताकलु’ घत लागेका कविता हुन् । तर, गहन लेखनका लागि यो माध्यमिक स्रोत पर्याप्त हुँदैन । बाँकीमा उनी गणेश शैलीमा आफ्ना वरिपरि घुम्ने र सम्पर्कमा आउनेहरूकै मात्र चर्चा गर्छन् । (यसरी, उनको लेखन प्रियतावादी क्रियाकलापमा सीमित हुन्छ । विगतमा चर्चा र प्रशंसाका लागि उनी अनेक तिकडम गर्थे । त्यसबाट अझै उनी मुक्त हुन सकेका छैनन् ।) हुन त यो विज्ञानको सामान्य नियमै हो, आफ्नो अगाडि उभिएको सानो ढिस्को पनि टाढाको सगरमाथाभन्दा अग्लो देखिन्छ । ढिस्को त सगरमाथाको गोलीगाँठासम्मै पुग्दैन । लेखक, कलाकार यस्तो भ्रमको कारिन्दा बन्न सुहाउने कुरा होइन । अन्तर्दृृष्टि र बाह्य दृष्टिको विशाल फलकले ऊ यस्तो भ्रमका पर्दा च्यात्छ । राजनले त्यहाँनिर ध्यान दिएका छैनन् । कहिलेकाहीँ त उनी अखबारलाई तथ्य नजुटेका र खोजी नपुगेका आफ्ना मिथ्याग्रहहरू पोख्ने रछान बनाउन प्रतिबद्ध छन् जस्तो लाग्छ । (मुकारुङको ‘दमिनी भीर’ संस्थापनविरोधी राम्रो उपन्यास हो जसले संस्थापनको कट्टर पक्षधर मदन पुरस्कार पायो । तर, यसका कतिपय प्रसंगले अन्य जातिका व्यक्तिलाई पनि विश्वस्त पार्नु र सत्यबोध (रियलाइजेसन) गराउनुको साटो उत्तेजित पार्छन् । साहित्य वा कलाले गर्नुपर्नेचाहिँ ‘रियलाइजेसन’ नै हो । त्यसका लागि प्रशस्त सिक्न सकिने महाश्वेतादेवी (रुदाली, गंगोर), उदय प्रकाश (मोहनदास, पिली छतरीवाली लड्की, मेंगोसिल, दिल्लीका दिवार, और अन्त मे प्रार्थना), चिनुवा अचिबे (थिंग्स फल अपार्ट), फणिश्वरनाथ रेणु (परती परिकथा) लगायतलाई उनले पर्याप्त अध्ययन गरेजस्तो लाग्दैन ।) ४) आफूलाई जति नै स्वतन्त्र भने पनि हरेक व्यक्ति आग्रही हुन्छ । म पनि छु । वैचारिक आग्रह हुनु स्वाभाविक छ, तर त्यो अरूमाथि लाद्नु हुँदैन । राजनको आग्रह अलि फरक छ । म बुझ्दिनँ, किन हो, उनी पहिचानवादी आन्दोलनमै प्रतिबद्ध भूपाल राईलगायत कतिपय लेखक, कविको नामै लिन चाहँदैनन् । अन्य कविको त कुरै गर्नु परेन । इतिहास पुनर्लेखन र पुनव्र्याख्या गर्ने विशाल अभियानमा लागेका लेखकको चित्त फराकिलो हुनु जरुरी छ । यस्तो मान्छे व्यक्तिगत आग्रह, पूर्वाग्रहको बन्दी नबनेकै राम्रो । ५) सबै भाषाभाषी, संस्कृतिको आत्मसम्मानका लागि आवाज उठाइरहेका राजनले नेपाली भाषाकाबाहेक अन्य भाषाका स्रष्टाको चर्चा गरेको मलाई थाहा छैन । (छन् भने अनभिज्ञताका लागि क्षमा चाहन्छु ।) पहिचानवादी आन्दोलनमा प्रशस्त योगदान गर्ने नेपालभाषी कविको नाम उनले सायदै लिएका छन्, जो नेपालीभाषी कविकै लागि ठूलो चुनौती हुन् । मैथिली, अवधि, मगर, थारू लगायत अन्य भाषामा पनि राम्रो लेखनी भएको हुनसक्छ । त्यसबारे पनि उनले चर्चा गरेको मलाई थाहा छैन । एक जना लेखकको अध्ययन सबै विषय र क्षेत्रमा पूर्ण भए त राम्रो । तर, त्यो सम्भव हुँदैन । राजनको लेखनीमा त्यो अनभिज्ञताप्रति क्षमाभाव र आत्मस्वीकृति कतै प्रकट हुँदैन । अखबारी लेखन हतारको साहित्य हो, यसलाई फासफुस पारिदिए पुग्छ भन्ने उनको धारणा भएजस्तो लाग्छ । तर, व्यापक पाठकसम्म पुग्ने हुनाले अखबारमा लेख्दा नै सबैभन्दा बढी जिम्मेवारी बोध गर्नुपर्छ । यसरी त, अखबारले गरेको विश्वासलाई उनी न्याय गर्नै चुक्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies