श्रावण ८ गते, २०७३ शनिवार 23rd July, 2016 Sat०८:३३:५७ मा प्रकाशित
१. प्रारम्भ
नयाँ पुस्ताका कविहरूको सूचीमा एउटा सम्भावनाको नाम हो— छम गुरुङ । छमको जन्म २०४५ साउन १ मा गोरखामा भएको हो । स्नातक योग्यता हासिल गरिसकेका गुरुङ कविता विधामा फुटकर रूपमा सफल नाम हो । उनको पहिलो कविता सङ्ग्रहका रूपमा ‘पोर्टर बा’ २०६९ प्रकाशनमा आएको छ । जीवनलाई कवितामा उतार्ने छम कवितामा जीवन खोज्न तल्लीन रहेका छन् । उनको यस कविता सङ्ग्रहमा जम्मा ४९ ओटा गद्य कविता समेटिएका छन् । लघु र मध्यम आकारका कविताहरूका मुख्य विषयवस्तु वर्तमानको पीडा र आलोचना रहेको छ ।
कविता कलात्मक नहोस् तर यथार्थलाई अङ्कन गर्ने उनको काव्यात्मक प्रवृत्ति लोभ लाग्दो छ । समकालीन युवा पुस्ताका मित्रहरूसँग उत्तिकै सुमधुर सम्बन्ध कायम गरेका छम कविता कलाका पारखी र वाचनमा पोख्त छन् । ग्राम्य बिम्बलाई नवीन रूपमा प्रस्तुतिमा जोड्नु उनको थप विशेषता हो । जीवनयात्राका क्रममा सगरमाथा र यसको आधार शिविरको यात्रासँगै उनको अनुभूतिको सगरमाथा कवितामार्पmत फुट्छन् र पैmलन्छन् । कवि छम कवितामा दम्भ बोल्दैनन् र कर्तव्य भुल्दैनन् । कवि स्व. स्पनिल स्मृतिले भनेभैmँ उनका कवितामा कला पक्ष कहीँ जोडदार छ, कहीँ परिस्कार उन्मुख । कवितालाई लिएर धेरै लम्बेतान होइन, ट्याक्क सोच्ने र मन्त्र जस्तो सटिकमा कवितालाई न्याय र अन्याय दुवै गर्ने कवि हुन् । (‘पोर्टर बा’ को भूमिबाट)
[caption id=\"attachment_80029\" align=\"alignleft\" width=\"221\"] समालाेचक[/caption]
कवि छम गुरुङ जान्दा बिम्बात्मक र नजान्दा सिधै आधा विषयलाई कवितामा उतार्ने गर्दछन् । कवि छमले यस्तो प्रयोग धेरै ठाउँमा गरेका छन् । कतिपय मात्र वर्णन र कतिपय कवितात्मक कलाका साक्ष्य बनेका छन् । ‘गेस पेपर’ जस्ता कविता कविता नभएर अकविता बन्न पुगेका छन् भने ‘पोर्टर बा’ बन्द झोला, कान्छै औँला जत्रा मान्छेहरू, परिवर्तन, मनाङमा हाँसो सुकुम्बासी घरभित्र आदि कविताहरूले कवि छमलाई कविकै दर्जामा उकाल्न कोशिस गरिरहेका छन् ।
हामीले प्रकृतिलाई जसरी दोहन गरिरहेका छौँ सोही वा त्यसरी नै प्रकृति हामीलाई पत्तै नदिई हाम्रो ज्यान लिइरहेछ । यस्तो कुरा पनि हामी नबुझी घमण्ड र लोभले लट्पटिँदै यात्रारत छौँ लोभको भाँडो भर्न । कविता सङ्ग्रहकै उत्कृष्ट पाँचमध्ये यो कवितालाई लिन सकिन्छ । ‘चेपाङ दाइको प्रश्न’ कवितामा कविले चेपाङले प्रयोग गर्ने भाषालाई सजीव रूपमा उतारेका छन् । कतै भाषालाई उतार्न खोज्दा भाव कमजोर र कतै भावलाई समेट्दा भाषा रुखो भएको छ तथापि कविताले पिछडिएको एउटा जातिको भाषिक प्रयोगको सन्दर्भलाई राम्ररी स्थान दिएको छ । यस कवितामा आफ्नो सन्तानको मृत्यु कर्तव्य वा भवितव्य के हो ? थाहा नदिने राज्यप्रतिको आक्रोश समेत अभिव्यञ्जित छ ।
दश वर्षपछि पाएँ, युद्धको नयाँ उपहार
प्लास्टिकको पहेँलो खुट्टा
र, एकथान सस्तो प्लाष्टिककै हात
खुट्टा पाएँ, तर दाजु छैन साथमा
हात पाएँ, तर बहिनी छैन साथमा
मात्र आँसु छ, युद्ध रोइरहेको बुद्धको आँसु ।
(उपहार ः ५३)
धेरै कुरा भन्नु पर्दैन शब्दले । मान्छे सहजै बुझ्छ १० वर्षे युद्धमा लागेको मान्छेको पीडा र अनुभूतिको जीवित कथा । सबै कुरा गुमाएर पनि आफ्नो अपनत्व गुमाउन नचाहने मान्छे त्यही अस्तित्व खोजिरहेको छ । बलिदानको अर्थ खोतल्दै छ । खोज्दै छ, रगतसँग साँटिएका परिवर्तन, किन बदलिन सकेन हरेकको जीवनवृत्ति र मासिँदैछन् पुनः परदेशका गल्लीहरूमा । नेता नेता जस्तो नहुँदा आएका समस्या हुन् यी तर नेताले यो बुझ्न उनीहरूको जमानत लुटिनुपर्छ । कस्तो विडम्बना उपहार (?) मा प्रश्नचिह्न खडा गरेको छ यस कविताको मूल मर्मले ।
छमका कविता नेपाली भाषाको माध्यम भएर नेपाली पाठकको मनमस्तिष्कमा छम छम नाच्ने हैसियत कायम गर्दैछ । ‘कारागार’ बाट शीर्षकको कविताले आफ्नो हैसियत यसरी प्रस्ट्याएको छ ।
आमा ! म यस खाडीमा
ऊँटको खुरजस्तो पुड्को मृत्यु मर्दिनँ
सगरमाथाजस्तो अग्लो मृत्यु स्वीकार्दछु
आमा ! अब जे–जसरी हुन्छ, फर्किहाल्छु
कति सुतिरहुँ म मृत्यु–निद्रा ?
हररात आफ्नै लाससरि सिरानीमा
पखाल्दै तिमीलाई यादका दुई नदीले (पृ. ५८)
साँच्चै जीविकाका क्रममा हामी आजीवन दास होइन कैदी भएका छौँ । हामीभित्रका चाहना पूरै मारेर आमाको आँखालाई टोहोलो पारेर के गर्न खोज्दैछौँ हामी ? बाँच्न कि मर्न ? वैदेशिक रोजगारी र देशभित्रको भद्रगोलले अस्तित्व नामेटमा परेका छौँ हामी ।
निष्कर्ष
झन्डै चार दर्जन कविताहरूभित्र आधाभन्दा बढी सुन्दर र शक्तिशाली कविता पस्कन सक्ने कवि छमले अनुभूतिको प्रस्तुतिलाई फरक लयमा ढालेका छन् । नेपालीको मन र मुटुलाई भावनाको मिठासले टालेका छन् । राष्ट्र र राष्ट्रियता, पहिचान, स्वाभिमान र जम्मा जीविकाका लागि यी सबै गुमाउन बाध्य नेपालीको ढुकढुकी नै ‘पोर्टर बा’ कविता सङ्ग्रहको आत्म बनेको छ । भाषा र भावको नमूना केही कविताबाटै उनी कवितामा जीवन देख्ने र जीवनलाई कवितामा लेख्ने कवि हुन् भन्नु अत्युक्ति हुने छैन ।
सन्दर्भ
१. अधिकारी, तेजविलास, समीक्षा सन्दर्भ (२०६५), काठमाडौँ ः विवेक सिर्जनशील प्रकाशन ।
२. गुरुङ, छम, पोर्टर बा (२०६९), काठमाडौँ ः शुकबहादुर गुरुङ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: