Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

यस्तो पनि हुन्छ

\"indraएलिना नउठ्दै रोजनले चिया बनाएर पियो र नलिनाका लागि चिया थर्मसमा हालेर विछ्यौनासंगैको टेबलमा राखिदियो । त्योभन्दा अगाडि उसले दालतरकारी पकाइसकेको थियो । भात पकाउनका लागि भने चामल भिजाएर ठिक्क पारेर राख्यो । चिया पिउदापिउदै लुगा फेरेर घाँटीमा टाई झुण्ड्याइसकेपछि रोजन डेराबाट निस्क्यिो । छ बजे त कक्षामा पसिसक्नुपर्ने हुनाले ऊ हिँडेरै कलेजमा पुग्यो । कलेज जानका लागि माइक्रोबस वा टेम्पो कुरिरहनुभन्दा हिडेरै निश्चित समयमा कलेज पुगिने भएकोले उसले कहिल्यै पनि माइक्रो वा टेम्पो कुर्दैन थियो । हाजिरी गरेर कक्षामा पुग्दा विद्यार्थी टनाटन रहेछन् । एकपछि अर्कोगर्दै उसले दुईवटा कक्षा सिध्याएर खाना खान फेरि डेरातिर दौडियो । किनभने यसपछि उसलाई सहकारीको दशपाँचको ड्युटी पनि गर्नु थियो । ‘एलिना, खाना पकायौ ? ल छिटो पस्क ल । म लुगा फेरिहाल्छु ।’—कोठामा पस्दापस्दै पल्लो कोठाकी क्रिस्टिनासँग बात मारिरहेकी एलिनालाई हेर्दै रोजनले भन्यो । रोजनले बाथरुमबाट लुगा फेरेर निस्किँदा क्रिस्टिना गइसकेकी थिइन् भने एलिना चाहिँ लुगा ओडेर सुतिरहेकी थिइन् । ‘एलिना, खै त खाना पस्केको ? मलाई अफिस जान हतार हुन्छ । पाँच मिनेट ढिलो हुने वित्तिकै सहकारीको मालिकको भाषण सुन्नुपर्छ ।’—रोजनको कुरालाई सुनेको नसुनेभैंm गरेपछि रोजनले एलिनालाई झक्झकायो । ‘नछो मलाई, साले ।’—एलिनाले जंगिएर रोजनलाई जोडले धक्का दिइन् । रोजन भित्तामा ठोक्किन पुग्यो । साले, विहे अघि त एलिना तिम्रो लागि यो गर्छु भन्थिस, त्यो गर्छु भन्थिस् । यै हो मेरो लागि आकाशको तारा टिपेर ल्याको ? आपूmलाई मोडलिङको अफर आयो गरिन । चलचित्रको अफर आयो गरिन, तेरै लागि । तर अब तेरो बीस पच्चीस हजारको जागीरको कमाईमा अल्झेर म आप्mना रहर मार्दिन । डेराको बसाईमा म सड्न चाहन्न । किनकि जीवनमा मलाई कार चाइन्छ, बंगला चाहिन्छ, पैसा चाहिन्छ । तेसका लागि म म जे पनि गर्न तयार छु ।’ ‘एलिना, यो के भनेकी तिमीले ?’—रोजन चिच्यायो । ‘धेरै नभुक र मेरो कुरा सुन । क्रिस्टिनासँग आज म फाइभ स्टार होटल जाँदैछु । एक रातमै पचास हजार कमाइने रै’छ । देशी विदेशी जोसुकै होस् मलाई के फरक पर्छ र ? मलाई त पैसा चाहियाछ ।’ ‘चुप लाग एलिना ।’— रोजन चिच्यायो । रोजनको चिच्याहटलाई एलिनाले अलिकति पनि वास्ता गरिनन् बरु उनी विषालु खित्का छाड्दै क्रिस्टिनाको कोठातिर लागिन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies