Ntc summer Offer
Khabar Dabali ५ बैशाख २०८१ बुधबार | 17th April, 2024 Wed
NIMB

रातो बाकस र अरब

प्रचण्ड गर्मी कतै पनि छायाँ बस्ने ठाउँ सम्म थिएन ! गर्मीको स्केल करिब ४८÷४९ डिग्री हुनुपर्दछ ! होटेलमा खान खाएर भर्खरै काम गर्ने ठाउँसम्म पुगेको थिएँ । एक साथीको फोन आयो । हेल्लो, फोन उठाएँ । उसले हेल्लो पनि नभनी एकदम आत्तिएको अवस्थामा एकै शब्दमा सबै कुरा भन्यो । मलाई त्यति चर्को गर्मीले केही असर गरेन । दिन नै अध्याँरो जस्तो लाग्यो । कता कता जमिन भासिएजस्तो लाग्यो । हात खुट्टाहरुले काम गर्न छाड्यो । एक अनौठो छटपटाहट भयो । काम गर्ने जाँगर पनि चलेन । एक कुनामा गएर कसैले नदेख्ने गरी डाँको छोडेर रोएँ । काम गर्ने समय पनि कहिले सकिएला जस्तो भयो । जसोतसो मन सम्हालेर कामको समय सकिएपछि रूमतिर जाने बेला भयो । म रूममा नगई किन सिधा हस्पिटलतिर गएँ । म भन्दा पनि पहिला मेरा साथीहरु पुगेका रहेछन् । सबैको अनुहार मलिन थियो । मैले सोधेँ कहाँ छ उ ? एक साथीको जवाफ थियो । अहिलेसम्म हेर्न दिएको छैन । उसलाई मुर्दा घरमा राखिएको छ । केहीबेरमा हेर्न मिल्छ रे । त्यति बोल्न नपाउँदै एक अरबी आएर भन्यो– ‘इंत अब्बी सुफ हुवा ताल (तँ हेर्न चाहन्छस् ?आइज) जब उसले बोलायो, हामी सबैजना गयौं । तर सबै एक साथ जानदिने रहेनछ । दुई दुई जना गरेर जानु भन्ने निर्देशन आयो । हामीले त्यही गर्यौं । मलाई जान अप्ठेरो लाग्यो । पहिला अरु साथीहरुलाई जान आग्रह गरें । सबै भन्दापछि म र अर्को एक साथी गयौं । त्यहीको एक कर्मचारीले आइस बक्स खोल्यो । उसको अनुहार मात्र देखाइएको थियो । अनुहार हेर्दा यस्तो लाग्यो कि उ अहिले नै बोल्ला जस्तो । तर कहाँ त्यस्तो हुँदो रहेछ र जीवन ? मेरा आँखा रसाए, मन कस्तो कस्तो अनौठो प्रकारले अमिलो भयो । उसलाई हेरेँ र संसारलाई सम्झिएँ । यो तेरो यो मेरो तर खोइ त के पायौं ? हामीले उसलाई हेर्यौं । आइसबक्समा मस्त निन्द्रामा थियो, कहिले पनि नउठ्ने गरी सुतेको थियो !! धेरैबेर त्यहाँ बस्न नदिने भएकाले साथीले जाऊँ बाहिर भन्यो । म पनि जाउँ भनी बाहिरिएँ । उसलाई त्यहीँ बन्द गरियो । बाहिर आएपछि एक कर्मचारीले भन्यो– पाँच दिनपछि लैजानु पर्छ । उसको सबै रूममा भयको समान लिएर यहिँ आउनु बेलुकाको समय छ भनेर भन्यो । हामी त्यहाँबाट अलि पर गएर साथीहरु सल्लाह गर्यौं । [caption id=\"attachment_74658\" align=\"alignleft\" width=\"213\"]\"satishbabu लेखक[/caption] अब उसको रूमको समान लिन जाउँ । मैले भनेँ– मसँंग गाडी पनि छ, म जाउँला र पठाउने दिन बेलुकामा हस्पिटलमा आउँछु । त्यति भनेर हामी बिदा भयौँ । म सरासर उसको रूममा गएँ । पहिला पनि गएकाले मलाई त्यहाँ सबैले चिनेका थिए । कुनै गाह्रो थिएन । सबै साथीहरुसँग कुरा गरेँ । सबैको मन अमिलो थियो । नयनहरु सिधा र सुक्का थिएनन । मैले साथीहरुलाई आग्रह गरेँ । अब जे हुनु भइसक्यो, हामी अलमल गरेर केही हुँदैन । उसको जे जति समान छ सबै झोलामा हाली दिनु । म लिएर जान्छु । पाँच दिनपछिसँंगै घर पठाउनु पर्छ । हामी सबै मिलेर सामान झोलामा राख्न थालियो । उसको समान राख्ने दराज खोलियो । उसका यादहरु धेरै भेटियो । सबै जना मिलेर समान मिलाउदै थिए । म भने उसको ओछ्यानमा पल्टिरहेको थिएँ । अचानक उसको सिरानी मुनि मेरो हात पुग्यो । केही कागज भएको जस्तो लाग्यो । सिरानी निकालेर हेरेँ उसले घरमा पठाउन लेखेको चिठी रहेछ । साथमा उसको आमाको फोटो श्रीमतीको फोटो र सानी एक छोरीको फोटो रहेछ । सायद उसले त्यही तस्बिर हेरेर आफ्नो परदेशी दिनहरु कटाइरहेको भान हुन्थ्यो । सायद दिनभरि काममा थाकेर आए पनि जब सानी छोरीको तस्बिर हेर्दथ्यो, पक्कै पनि उसको थकाइ मथ्र्यो होला । यस्तै यस्तै सोच्दा मेरा आँखा रसाएछन् पत्तै भएन । अर्को साथीले सरसामन तयार भयो भन्दा म झसङ्ग भएँ । हतार हतार आँशु पुछेँ अनुहारमा मुस्कान लिएर आउने कोशिस गरेँ तर कहाँ सकिदो रहेछ र ? सबैले थाहा पाइहाले ! मलाई सम्झाउन थाले यस्तै हो भोलि हाम्रो पनि के थाह के लेखेको छ भने !! म स्तब्ध भएँ । बोल्न सकिन । ती तस्बिरहरु र चिठी हातमा नै लिएर त्यहाँबाट बिदा भएँ । बाटोमा पनि उसको याद र ती तस्बिरहरुले मलाई पिरोलिरह्यो । उसको आइस बक्समा हेरेको अनुहार मेरो सामु घुमीरह्यो । केहि समयमा रूममा आय सामनाको झोला एकतिर राखेर म बेडमा पल्टिए । उसको त्यो मासुम निर्जीव अनुहार मेरो सामु घुमीरह्यो ! त्यहाँबाट बाहिर निस्कन धेरै कोसिस गरेँ तर सकिन । खाना बनाउने खाना खाने जाँगर पनि चलेन । मलाई उसले लेखेको चिठी पढन मन लाग्यो ! कता कता डराएँ पनि कसलाई लेखेको हो अरुको चिठी त्यसै मैले कहाँ पढ्न मिल्छ तर मनले मानेन र चिठी बिस्तारै खोलेँ आमा र श्रीमतीलाई सम्बोधन गरेको पाएँ । चिठी यस्तो थियो !! पुज्यनीय आमामा सादर प्रणाम ! प्रिय तिमीलाई असिम अनगिन्ति मायाका कोशेलीका साथै एक मिठो चुम्बन स्वीकार ल ! सानी छोरी यो परदेशी बाबुको तर्फबाट शुभ आशिर्बाद साथै मिठो प्यार !! आमा यो बिरानो मुलुकमा प्रचण्ड गर्मीमा पनि हजुरको माया ममताले गर्दा सन्चो आराम नै छु ! हजुर अनि बुहारी नातिनीलाई पनि आराम कुसल होला भन्ने आशा राखेको छु ! सदा हजुरहरुको आराम कुसल कों लागि पशुपतिनाथलाई पुकार्छु !! आमा म सानो हुँदा नै बाबु परलोक हुनु भयो हरेक दुःख कष्ट सहेर मलाई ठुलो र लायक बनाउनु भयो । हजुरले भनेजस्तै गरि महिले पनि मेहनत गरेँ र पढेँ बिबाह पनि हजुरले भने बमोजिम नै गरेँ बुहारीले पनि हजुरलाई कहिले पनि मेरो अभाव महसुस हुन दिइन हजुरको सपना थियो एक छोराको सन्तान हेर्ने त्यो पनि भगवन ले पुरा गरिदिएँ । तर आमा छोरा भएपछि कहाँ सधै माया ममताको छत्रछायाँमा बस्न पाउने रहेछ र ! जीबन चलाउन मायाले मात्र पुग्दो रहेनछ पैसा पनि चाहिने रहेछ ! त्यो घर को खेती बालीले त मुस्किलले ६ महिना पनि चलाउन गाह्रो थियो । आमा हजुरलाई सुुख दिन र बुहारीको हरेक आशा अभिलाषा पुरा गर्न र सानी छोरी पुन्टीको उज्वल भबिस्यको लागि मैले खाडी मुलुक जाने निर्णय गरे ! आमा हजुरले डल्ले साहुसंग छोरा विदेश पठाउँछु भनेर लिएको ८० हजार मेरो हातमा राखी मन अमिलो बनाई आखामा टलपल टलपल आँशु बनाई घरबाट बिदाइ गर्नु भयो ! सानु मैले तिम्रो अनुहारसम्म हेर्न सकिन छोरी त बिहान चाडो भयर होला सुति रहेकी थिइ ! पक्कै पनि उठेर मलाई बाबा भनेर बोलाई होली ! फरक्क फर्केर जब मेरा पाइला विदेश यात्रामा धन कमाउन होमियो । तब मात्र थाहा भयो म एक्लो भएँछु ! काठमाडौं झिलीमिली सहर हुदैमा खाडी मुलुक कतारतिर प्रस्थान गरेँ एक उज्वल भबिष्यको कल्पना गर्दै ! कतारको दोहा एयरपोर्टमा आएर म आएको जहाज रोकियो ! बाहिर निस्किय मलाई सबै कुरा बिरानो थियो । म अलमल परिरहेको थिएँ । कहाँ जाने के गर्ने ! म वेटिङ कक्षमा बसिरहेको थिएँ । एक मसंग भाषा नै नमिल्ने कालो व्यक्ति मेरो सामु आयो हातको इसारा गर्दै मलाई उसँग जान आग्रह गर्यो । म पनि उसको पछिपछि लागेँ ! उसको गाडीमा बस्न भन्यो गाडी म बसे केहि समयपछि एक ठुलो घरमा लग्यो र ओर्लन आग्रह गर्यो ! मलाई रूम देखाइयो ! जब त्यो घर भित्र प्रबेस गरेँ एक अनौठो किसिमको गन्ध आएको थियो । भोलिपल्ट थाहा भयो कि त्यो गन्ध काम गर्ने मानिसको जुत्ताको रहेछ ! भोलिपल्ट मलाई एक बंगालीको साथमा मुख्य कार्यालय लगियो र विभिन्न कागजमा हस्तक्षर गराइयो ! मेरो तलब महिनाको ६०० र खानकोंलागि भनेर २०० भनि हस्ताक्षर गरियो ! भोलिबाट काममा जानु भनि भनिएको थियो ! म रूममा आएँ । रूममा अरुपनि साथीहरु नेपाली नै थिए । उनीहरुले भने बमोजिम भोलिको लागि खाना लियर जानुपर्ने रहेछ मैले पनि त्यसै गरेँ ! आमा हजुरले पकाएर दिएको खाना आज सारै याद आयो ! तर पनि मन बिचलित छैन ! म हजुर को छोरा हु जसरिपनि काम गर्छु ! भोलि पल्ट बाट मेरो काम पनि सुरु भयो ! आम ,पियारी मेरो काम को बयान म गर्न सक्दिन र कहिले पनि नसोध्नु के काम भनेर ! आज मेरो पहिलो महिना को तलब पनि पाय ! म छिटै घर पठाउछु ! आमा अब हजुर ले दुख नगर्नु है छोरा पैसा कमाउन सक्ने भयको छ ! पियारी अब तिम्रा संगानी ले जस्तै गहन ढपक्क लगाउने दिन आयो जस्तो छ ! तिमि गहना मा सजियार तिज मा नाचेको हेर्ने साह्रै रहर छ मलाई ! तिम्रो म हर इच्छा आकन्क्षा हरु अवश्य पुरा गर्नेछु ! पुन्टी तिमीलाई पनि आउने दसैँमा राम्रो लुगा किनेर रिमोट वाट चल्ने हवाई जहाज पठाउछु है ! पल्लो घर गयर साना काजि को छोरासंग झगडा नगर है ! उनिहरु हामी भन्दा धेरै धनि छन्, पैसा छ ! अब तिमो बाबासँग पनि धेरै पैसा हुनेछ तिमीले जे भने पनि म पाठाउने छु ! ज्ञानी हुनु आमालाई मम्मी लाई धेरै नापिरोल्नु है ! ल आमा आफ्नो ख्याल गर्नु होला अबेर भैसक्यो भोलि बिहानै झिसमिसेमा काम मा जानु पर्छ ! छिटै पैसा पठाउने छु ! मेरो पिर नगर्नु ! पियारी आमाको ख्याल गर्नु अनि नानीको पनि र आफ्नो पनि सबैमा मिठो सम्झना ! बाँकि अर्को पत्र र भेटमा है !! शुभ रात्री !! उही हजुरको छोरा तिम्रो माया गर्ने चिठी पढी सक्दा मेरो आँखाबाट बलिन्द्र आशुका धारा बगेको रहेछ ! महिले मन थाम्न सकिन डाको छोडेर रोयछु ! म एक्लै रूम मा भयकाले कसैले पनि थाहा पायनन ! त्यो रात मेरो निन्द्रा पनि परेन उसको त्यो चिठी त्यो अनुहार त्यो उसको मन मा रहेका इच्छा हरु मात्र खेलिरह्यो ! भोलि पल्ट बिहान उज्यालो भयको रहेछ !!काम मा जानु पर्ने ! रात भरि नसुती किन काम तिर लागे खास काम गर्ने मुड पनि भयन ! तर पनि काम त गर्नु पर्यो के गर्नु परदेश को ठाउ काम नगरी नहुने बाध्यता थियो ! यस्तै गरेर ४ दिन सकियो उसलाई पठाउने दिन पनि आयो ! सबै साथी हरुलाई फोन मार्फत नै जानकारी गराय आज बेलुका आउनु होला ७ बजे भनेर म पनि तेही समय मा पुगे सबै साथी हरु आयका रहेछन ! महिले भित्र को कर्मचारी लै सोधे केहि साथी हरुले हेर्ने मन गरेका छन हेर्न मिल्छ ?? उसले जवाफ दियो मिल्छ जान सक्नु हुन्छ तर २ २ जना भयर जानु होला भन्यो बाहिर आयर साथी लाई जान आग्रह गरे सबै गया हेरे अनी आय ! मलाई कस्तो कस्तो लागेको थियो केहि बेर मा भित्र बाट बोलवा आयो तपाइहरु मध्ये को ४ जना आउनु लाश लाई बाकस मा राख्नु पर्छ ! हामी सबै अलि असजिलो र अल मल भयौ ! अब अल मल को बेला थियन छिटो गर्नु थियो महिले ३ जना अरु र म आफै भै ४ जना को टिम बनायर भित्र गयौ ! भित्र को कर्मचारी ले रातो बाकस देखाउदै खोल्न भन्यो महिले त्यो बाकस को माथि पट्टि को भाग खोले भित्र सेतो थ्रमकूल मा सेतो कपडा राखियको रहेछ ! आज सम्म महिले यस्तो देखेको थीइन! आज देख्दै छू ! एक मन ले सोचे हामी यो मेरो तेरो भनेर कुटा कुट गाली गर्न कहिले पनि पछि परेनौ तर जिबन एक बाकस भित्र रहेछ आज थाहा भयो अनुभब भयो ! बाकस खोलेर माथिको ढकन एक साईट मा राखे पछि त्यहाँ को कर्मचारी ले ष्अभ दयह खोल्यो र उ भयको स्तेर्च लाई तल भइ मा राखियो ! उसलाई ढाकियको सम्पुण बस्त्र निकालेर उसले भन्यो तपाईं हरु ४ जना ले यसो गर्नु होस् ! २ जना ले खुट्टा मा समात्नु एक जनाले एक हात समात्नु म अर्को हात समात्छु त तपाइँ टाउको समात्नु होस् ! मेरो भाग मा टाउको परेको थियो ! हामी ५ जना भयर उसलाई रातो बाकस मा राखियो ! यस्तो लग्यो कि मलाई उ बिरामी छ त्यो भयर उपचार को लागि लगिदै छ ! जब महिले उसको टाउको उठाय म भाब बिहल भै सकेको थिय मेरा आखा बाट आशु बगिरहेको थियो ! एक थोपा आशु उसको निधार मा पनि पर्यो तेही आशु निधार बाट बगेर उसको आखा सम्म पुग्यो महिले उसको आखा मा परेको आशु पुछिदिय! जब बाकस मा राखियो तेस्पछि कर्मचारी ले एक प्रकारको सेतो पानि जस्तो तरल पदार्थ उसमाथि हालिदियो ! यो के हो भनेर जान्ने कोसिस गरे उसले भयो यो केमिकल हो यो राखे पछि सरिर बिग्रिदैन ! तरल पदार्थ राखी सके पछि माथि बाट सेतो कपडा ले छोपी दियो अनि अगि राखेको रातो बाकस को ढकन लगाउन भनियो ! महिले त्यो ढकन लियर लागाय ! ४ इन्च क फलामे काटी ले ढकन बन्द गरि त्यो रातो बाकस हामीले उठायौ अनि बाहिर भयको मुर्दा बोक्ने गाडी मा राखियो र उस्को सामान पनि तेही राखेर उसलाई अन्तिम बिदाई गरियो रातो बाकस मा !! महिले प्रे गरि रहे कि उसको आत्मा ले शान्ति पाओस र कसइलाई पनि यो रातो बाकस देख्नु नपरोस ! सहन नसक्ने पिडा हुदो रहेछ ! यो रातो बाकस!!!
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies