Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

उपभोक्तावादको जादुगरी

\"consumerism-1-750\"आदम र इभले वर्जित फल खाएर पाप गरे, उनीहरु निसर्गबाट खसेर पृथ्वीमा आइपुगे । निःसन्देह यो राम्रो, भयो किनभने उनीहरु धरतीमा नै केही भत्काउन सिर्जित गर्न सक्तथे । स्वर्गमा यस्तो गर्न केही नै थिएन । यसपछि मानिस उपभोक्तामालहरुको संसारमा आयो, यो दोस्रो पाप थियो–आदम र इभको दोस्रो महाभिनिष्क्रमण । धेरैलाई संसारमा उपभोक्तावादको थाली भारतीय सुती कपडा र मलमलको सत्रौं शताब्दीको अन्तिम दशकमा कुनै बेला इङ्ल्याण्ड पुगेको खेपबाट भएको थियो भन्ने जानेर आश्चार्य हुनेछ । यस फेशनले अंग्रेजहरुको रुचिमा परिवर्तन ल्याइदिएको थियो । भारतीय कपडाहरु उनीहरुका निम्ति प्रतिष्ठा–चिह्न बन्न पुगेका थिए । त्यतिखेर विश्वमा उपभोक्तावाद मात्र मुठ्ठीभर अभिजनहरुकाबीच सीमित थियो । बिस्तारै उपभोक्ताहरुको संख्या बढ्यो । किसिम–किसिमका वस्तुहरु निर्माण हुन थाले । सामाजिक प्रतिष्ठाको प्रतिद्वन्द्वीता बढ्यो, आजको केही दशकअघिसम्म उपभोक्ता मालहरुले आफ्नो स्वायत्त संसार नबनाई आफ्नो वस्तुगत उपयोगिताको बलमा मानिसहरुका रुचि, विचार र जीवनशैलीहरुको आधुनिकीकरणमा निर्णायक भूमिका निर्वाह गर्दै थिए । मानिसहरु चमकदमक हेरेर होइन, आफ्नो निश्चित आवश्यकताहरुलाई ख्याल राखेर सामानहरु किन्दथे । बजारका सामानले प्रलुत्ध त गर्दथे तर कैदी बनाउँदैनथे । तिनले मानवीय सोँचको बन्ध्याकरण गर्दैनथे र वस्तुहरुभन्दा पारीको संसार पनि सफासँग देखिदैनथ्यो । उपभोगको इच्छापछि सुखवाद कारण छ । मनष्यका इच्छाहरु केवल जीवनलाई सम्भव बनाउने चीजहरुसम्म सीमित रहन सक्तैनन् । जीवनको आनन्द पनि एक आवश्यक तत्व हो । लोकायतिकहरुको प्रसिद्ध श्लोक छ, ‘जबसम्म जीवन रहन्छ सुखलाई उपभोग गर ।’ मनुष्यलाई अलौकिक वस्तुहरुबाट टाढा राख्ने भारतीय दर्शनको एउटा धारा अवश्य पनि छ, तर अर्को धारा पनि छ जसले भौतिकवादको महत्व प्रतिपादित गर्दै इन्द्रीय सुखभोगलाई मनुष्यको एक प्रमुख लक्ष्य घोषित गर्दछ । काँडा छ भन्ने कारणले मात्रै कसैले पनि माछा खान छोड्न सक्तैन । धानको बोक्रा छ, त्यसो भनेर को चामलको भात खाँदैन ? चार्वाक र उनका समर्थक जीवनमा दुःख छ यसकारण सुखको आकाङ्क्षा नराख भन्ने किसिमले सोंच्नेहरु थिएनन् । प्राचीन सुखवादीहरु सुखको अवधारणालाई महत्व दिन्थे भने अर्कातिर धार्मिक रुढिहरुको विरोध गर्नका लागि तर्कलाई पनि आवश्यक मान्दथे । यो भनाई लोकायतिकहरुकै थियो, ‘कागले खाने पितृले किन पाउने ?’ हाम्रो समाजमा लोकायतिकहरुको निरन्तर विरोध यो, कतिसम्म भने उनीहरुको दार्शनिक सफाया नै गरियो । तर उनीहरुको भौतिकवादको विरोध गरेर पनि राजा–महाराजा, सामन्त र समाजका पुरोहितवर्गले उनीहरुको सुखवादलाई छाड्न भने सकेनन्, यो भने बिडम्बनापूर्ण छ । ‘गीता’मा कृष्णले युद्धबाट उदासीन अर्जुनसँग भने– यदि यस युद्धमा मारियौ भने स्वर्ग जानेछौ र विजयी भयौ भने पृथ्वीमा सुख–भोग गर्नेछौं ।’ अर्थात् पृथ्वीमा सुख भोग वा स्वर्ग जाऊ चाहिँ भोग गरे । भारतवासीहरुको व्यवहारिक जीवनमा सुखवादले अध्यात्मवादको निरन्तर अनुशरण गर्दै आएको छ, जसको चरण आधुनिक विस्फोट उपभोक्तावादसँग गाँसिन पुगेको छ । ‘ऋणम् क्रित्वा घृतम् पिवेत्’ यो उक्ति आज चरितार्थ भइरहेको छ । रमाइलो कुरो के छ भने लोकायतिककहरुको सुखवादलाई सधैं नै अपनाइयो, तर उनीहरुको तर्कवादलाई परित्याग गरियो हिजो पनि र आज पनि । परम्परागत सुखवाद खाली भोजन, मदीरा र यौन–सुखसम्म सीमित थियो । सयौं वर्षदेखि धनवान् मानिसहरु परस्पर एकअर्कालाई लोभको दृष्टिले हेर्दै र अधिकारिक सुखभोगमा डुुब्दै बढिभन्दा बढि सम्पदा जोर्दै आएका छन् । गौतम बुद्धले ‘सुक्त’ मा उपर्युक्त सन्दर्भमा एउटा यस्तो महत्वपूर्ण कुरा भनेका छन्, लाग्दछ यो आजको उपभोक्तावादमाथिको टिप्पणी हो–‘यदि यति धनवान् मानिसहरु पनि सन्तुष्ट रहन्छन् र आफ्नो लिप्साबाट क्षणिकताको नदीमा बहदै जान्छन् भने अनि यस धर्तीमा कुनचाहिँ व्यक्ति शान्तिपूर्वक विचरण गर्न सक्तछ त ? ’ क्षणको सरितामा बहने मानिसले उपभोक्ता इतिहासकै अन्त चाहनेछ यसमा कत्ति पनि शंका छैन । किनभने इतिहासमा नजाने यस्ता कति भोगवादका विलापहरुले नाङ्गो रुप प्रदर्शन गरेका छन् । गौतम बुद्धले आफ्नो गुगमा व्यापक विलासोन्माद र सिंहा देखेका थिए । उनका एकजना मित्र बिम्बसारलाई उसैको छोरा अजातशत्रुले काबासमा बन्द गरेर भोकै मारेको थियो । अर्काका क्षेत्रहरुमाथि राज्यहरुमाथि हिंश्रक आक्रमण गरी आफ्नो नियन्त्रणमा ल्याउन घटनाहरु सामान्य थिए । अनन्त लिप्सा ऐश्वर्य तथा सत्ताको कामना वर्तमान युगको मात्र होइन, बुद्धको युगको पनि विशेषता थियो । अनको ‘धम्म’आज अप्रासाङ्गिक लागोस् त त्यो जीवनलाई परिसीमित गर्दै सुखवादसँगको एउटा विद्रोह नै थियो । केवल सुस्वादु भोजन, शसाब, यौन–सुखसम्म सङ्कुचित परम्परागत सुखवादले वेदान्त, बौद्ध धर्म र भक्तिआन्दोलनका अतिरिक्त हजारौं वर्षसम्म मानवीय अभिलाषाहरुलाई कुण्ठित पारेर राखेको थियो । यी अभिलाषाहरु त्यतिखेरसम्म ठिंगुराएर राखिएका थिए, जहिलेसम्म व्यापक बुद्धिवादीकरण र पण्यीकरण(कमोडिफिकेशन) का ऐतिहासिक अवसरहरु आएनन् । यसभन्दा अघि लामो समयसम्म चारैतिर एकनासेपन जडता थियो । उपभोक्तावादको विरोधको अर्थ उपभोगको मात्र विरोध हुन सक्दैन । उपभोग वा कुनै किसिमको भोगले मानिसलाई जीवनमा प्रवृत्त गराउँछ, उसलाई निवृत्तिमुखी र वीररागी हुनबाट बचाउँछ । जुलाहा कबीर कपडा बुन्दथे, बजारमा मजासँग बेच्दथे र आफै पनि जतनसँग ओढ्दथे । सुखका सामानहरु बजारको माल बन्दैछन् भने यो सुखको विकेन्द्रीकरण चिह्न हो । पण्यीकरण सामाजिक–आर्थिक गतिशिलताको चिह्न हो । कबीर पूण्य वा उपभोगका विरोधी थिएनन्, उनी के मात्र चाहन्थे भने उपभोगले जीवनमा गति देओस्, त्यसलाई मैलो नपारोस् –‘दास कबीर जतन त ओढी, जस की तस धर दीनी चदरीया’ । वस्तुहरुको उपभोग गर, तिनको पन्जाबाट बाहिर रहनुमा नै उपभोक्ताको आत्म परिचय हो । पुरानो जमानामा सन्त, भक्त र कवि नै मास मिडिया थिए । उनीहरु झूटो रचना गर्दैनथे, आफ्नो तरीकाले असत्यलाई विखण्डन गर्दथे । उनीहरुको आधारभूत चिन्ता के हुन्थ्यो भने अति–इन्द्रिय परायणताले कतै मानव–परिचयलाई सुखको छ्द्म आवरणले नढाकिदेओस् । बुद्धिवादीकरण र विस्तृत पण्यीकरणको अवसर हाम्रो समाजमा धेरैपछि उत्पन्न भएका हुन् । त्यसले आधुनिकीकरण ढीलो आयो । ढिलैगरी रिनेसाँ रोमान्टिसिज्म आए । आधुनिक सुखवाद परम्परागत सुखवादबाट अलग्गियो । यो ‘खाने–पिउने र यौन–सुख’लाई अतिक्रमण ‘गे’ उच्चतर सुखति अघि बढ्यो । आधुनिक उपभोक्ताहरुले मानिसहरुलाई स्थुल इन्द्रीय सुखवादको परिधिबाट विस्तृत गरेर आधुनिक जीवन, राष्ट्रिय चेतना र नयाँ सपनाहरुसँग जोडे । नवजागरणदेखि रोमान्टिक युगसम्म इन्द्रीय–सुख कहिल्यै प्रधान लक्ष्य थिएन । यद्यपि बजार पर्याप्त विस्तृत थियो र विदेशी वस्तुहरु पनि सुलभ थिए । नयाँ वस्तुहरुको उपभोगले नयाँ जीवनशैली मात्र होइन नयाँ चेतना पनि उत्पन्न गर्दै थियो । रेलगाडीले खाली यात्रा गराइरहेको थिएन । यसले पृथकतामा तड्पिरहेका जातीय हिस्साहरुलाई एकअर्कासँग जोड्दै पनि थियो । नयाँ शिक्षा आउँदै थियो । .....को सट्टा साबुन मन पराइदै थियो । मानिसहरु समुन्द्रपा जाँदै थिए । पहिले मानिस विदेश गए फर्कदा अन्य जे चीज ल्याए पनि आफ्नो बाकसमा पुस्तक भने नल्याई छाड्दैनथ्यो र अपेक्षतः बढि देशभक्त बनेर फर्कन्थ्यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies