Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

नलेखिएको एउटा इतिहास

\"sirjanaडिन्छ््यान् म्हेमे, तिमी ढलेको खबरले तिम्रो मृत्युको समाचारले यत्तिखेर म भावविह्वल छु, शोकमग्न छु ! रगत थुनिएला झैँ भएको छ मुटुमा रोकिएला झैँ भएको छ, गति यो हृदयको बगाउँला झैँ भएको छ, आँसुले आफैंलाई बिक्षिप्त बिक्षिप्त छ यो मन तिम्रो श्रम र पसिनासँगै नामैले मात्रै पनि देश चपाउनहरुको यो देशमा तिमी त कामैले पनि पेट पाल्न नपाएको एउटा विवश जिन्दगी बोकेर एउटा विवश इतिहास गुजारिरह्यौं बाँचुन्जेल ! तिमी फलामको मेसिन हौं, सामान बोक्ने गाडी होइनौं तिमी गाडी बोक्ने मेसिन हौं त्यसैले त कुनै मेसिन झैँ बाँच्यौं तिमी अमूल्य जुनि पाएर पनि जुनिभर मूल्यहिन जिन्दगी बाँच्यौं तिमीले बेहिसाब बेहिसाब भएर जुन देशमा जहाँ ढुंगाको मूल्य हुन्छ तर मान्छेको कुनै मूल्य हुँदैन त्यही मान्छे हौं तिमी जो सिङ्गै जुनि गाडी बोक्ने मान्छेको नामले बेनाम भएर बाँचिरह्यौं ! बेमुल्य तिम्रो श्रम, बेहिसाब तिम्रो पसिना कहिले पायौं र कहाँ पायौं ? तिमीले तिम्रो श्रमको मूल्य अनि पसिनाको मुल्य सोध्नु थियो तिमीसँग, केही प्रश्न उल्टै पायौ कति ? इनाम स्वरुप शरीरभरि कोर्राका निलडामहरु अनि खायौं कति ? बुटजुत्ताका लातहरु लायौ कुन–कुन नामले ? तिमीलाई अनेकौं बातहरु ! हो म्हेमे, तिमी जस्ता बेनामहरुको इतिहास लेखिन्नन् यहाँ बकुल्लाको फुल चोरी खाइ सेता भएका नागरिकहरुको यो देशमा अनि लेखिन्न, आमाकै काखमा अनागरिक भएका तिमी जस्ता कयौंको इतिहास यहाँ बरु बलजफ्ती मेटिन्छन् तिमी जस्ताको इतिहासहरु कालो मसिले पोतेर ! त्यसैले, हो म्हेमे, तिमी नलेखिएको एउटा इतिहास हौं यो देशको कुनै इतिहासको पानाहरुमा किन अटिएन त ! तिम्रो नाम इतिहासमा किन लेखिएन त ! तिम्रो नाम इतिहासमा किन कि, तिम्रो काँध ठूलो तिम्रो आँट ठूलो तिम्रो काम ठूलो तिम्रो नाम ठूलो त्यसैले त अटेन नि तिम्रो नाम ! संकुचित इतिहासका पानाहरुमा ! म्हेमे, तिमी धिक्कार मान्नु पर्दैन कुनै हामी धिक्कार मान्दैनौं कुनै धनबहादुर इतिहासमा नलेख्दैमा तिमी त भारी बोक्ने भरिया पो हो त तिमी त गाडी बोक्ने म्हेमे पो हो त किन कि यो देशको इतिहासमा सुहाउँदैन कुनै भरियाको नाम, कुनै पिपाको नाम, अनि तिमी जस्ता गाडी बोक्ने म्हेमेहरुको नाम ! यदि, यो देशको कुनै इतिहासकारले झुक्किएर, भुलिएर तिमी जस्ताको नाम लेखियो भने कतै उसलाई संसारले धिकार्ने छ पागल इतिहासकार भनेर ! हो, इतिहासमा तिम्रो नाम सुहाउँदैन म्हेमे किन कि आजसम्म यो देशको इतिहासमा देशै निल्ने अजिङ्गरहरुको मात्र नाम लेखिन्छ काला काम गर्ने र काला मान्छेहरूको मात्र नाम लेखिन्छ त्यसैले, इतिहासले तिम्रो नाम नलेखेरै राम्रो र्गयो कि धुर्ग्न्धित नामहरुको फोहोर ढलमा तिम्रो नाम मिसिन त पाएन रत तिम्रो नाम डुङ्डुङ्ती गनाउनु परेन ! त्यसैले पनि हामी गर्व गर्छौं तिम्रो सोझोपनाको तिम्रो इमानदारीताको तिम्रो कामको तिम्रो काँधको तिम्रो दर्बिलो छातीको तिम्रो बेनामको ! म्हेमे, तिमी हेरिरहनु कतै क्षितिजबाट यी काला कामहरुले भरिएको, काला नामहरुले भरिएको, अनि काला कलमले लेखिएको यो देशको कालो इतिहास एकदिन आफैं पतन हुनेछ अनि रचिने छ एउटा नयाँ इतिहास जहाँ लेखिने छ तिमी जस्ता भोकाहरुको नाम, नाङ्गा आँङहरुको नाम, शरीरभरि निलडाम भोक्नेहरुको नाम, छातेहरुको नाम, ढोकेहरुको नाम, हुक्केहरुको नाम, पिपाहरुको नाम, भरियाहरुको नाम, गाडी बोक्ने म्हेमेहरुको नाम, धनबहादुरहरुको नाम अनि लेखिने छन्, छुटिएका नामहरु, लुटिएका नामहरु, मेटिएका नामहरु, हत्केलाले छेकिएका नामहरु, इतिहासले बिर्सिएका नामहरु, कतै नदेखिएका नामहरु, कतै नभेटिएका नामहरु, कतै नलेखिएका नामहरु रातो कलमले ! म्हेमे, तिम्रो शरीर ढलेर के भो त ! तिमीलाई भेट्न नपाउदैमा तिमीलाई देख्न नपाउदैमा भो पछुतो नि गर्दिन अब बरु गर्व गर्छु तिमी जिउँदो इतिहास भएर ठिङ्ग उभिएका छौं, सबको अघिल्तिर कालो इतिहासको साँक्षी बनेर ! हो म्हेमे, तिमीलाई आँखाको आँसु भएर बग्न दिने छैनौं हामी जो अस्तित्व विहीन भएर जान्छ तिमी त हाम्रो रक्त नसा–नसामा रातो तातो रगत भएर बगिरहने छौँ एउटा छुट्टै अस्तित्व बोकेर जिउँदो इतिहासको जिउँदो सान बनेर ! तिमीले भारी बोकेको तिमीले गाडी बोकेको त्यो भिमफेदिको उकाली ओराली तिम्रै सम्झना बोकेर कल्पनामै भए पनि डुलिरहेँ निकैबेर, भुलिरहेँ निकैबेर तिमिले टेकेको गोरेटोमा तिमीले टेकेको माटोमा तिम्रै पाइलाको डोबहरु माटोको सुगन्धमा साँच्चिकै लठ्ठिएछु, हराएछु म्हेमे, मात्र तिमीलाई भेटें मात्र तिमीलाई देखें गौरवशाली अनुहारसहित र, बाचा गरेँ तिमीसँग एउटा कहिल्यै फुल्न नपाइ झरिएका तिम्रा सपनाहरूलाई फुलाउने छौँ हामी तिमीले भारी बोकि हिडेको बाटोहरुमा तिमीले टेक्ने गरेको माटोहरुमा !! म्हेमे धनबहादुर गोलेप्रती समर्पित श्रद्धा सुमन २९ पुस २०७२ याम्बु
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies