Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

गर्मीले हैरान हुनुहुन्छ ? यसरी बनाउनुहोस् आफ्नो कोठा चिसो

\"Coolगर्मी वा जाडो, कुन महिना ठिक ? यो प्रश्नको उत्तरमा धेरैले जाडो महिना रोज्नुहोला । धेरैलाई मन नपर्ने मौसम गर्मी महिनाले सबैलाई आफ्नो पकडमा पारेको छ । यसको पञ्जाबाट फुस्किन धेरैले अनेकौं कोसिस गर्छन् । कत्तिको कोसिस सफल होला भने कतिको नहोला । यदि सही तरिका अपनाए, गर्मीले जति हामीलाई अहिले हैरानी दिइरहेको छ त्यसलाई आधा घटाउन सकिन्छ । आज हामी तपाईंलाई गर्मीमा आफ्नो घर अथवा कोठालाई कसरी चिसो राख्न सकिन्छ भन्ने कुराको जानकारी दिदैछौं । १. सही तरिकाले झ्याल–ढोका खोल्ने र बन्द गर्नुहोस्ः दिउँसो अत्यधिक गर्मी भएको बेला झ्याल र पर्दा सबै लगाउनुहोस् । बेलुका तापक्रम घटेपछि झ्याल ढोका सबै खोलिदिनुहोस् । यसले धेरै हदसम्म तपाईंको कोठा अथवा घरलाई चिसो बनाउँछ । २. नचाहेको कोठाको ढोका बन्द गर्नुहोस्ः यदि तपाईंको घरमा कुनै कोठा प्रयोगविहिन छन् भने त्यस कोठाको ढोका बन्द गर्नुहोस् । यस कोठाको ढोका खोल्नाले यहाँ भएको तातो हावा सबैतिर फैलिन गर्दछ । ३. बाथरुमको फ्यानलाई खोल्नुहोस्ः बाथरुमको फ्यान अथवा किचनको एक्जष्ट फ्यानलाई अन गर्नुहोस् । यी दुबैले तातो हावालाई तपाईंको कोठा अथवा घरभन्दा बाहिर फाल्ने गर्दछ । खाना पकाउँदा अथवा नुहाउँदा आउने तातो हावालाई तपाईंले यी दुई उपकरणमार्फत बाहिर फाल्न सक्नुहुन्छ । कोठामा तातो हावा बन्नुपहिले झ्याल, ढोका सबै खोल्नुहोस् । ४. सबै बत्ती निभाउनुहोस्ः चिम मात्र होइन सिएलएल पनि तातो हुने गर्दछ । गर्मी महिनामा धेरै बेरसम्म उज्यालो हुने हुँदा प्राकृतिक प्रकाशको भरपूर उपयोग गर्नुहोस् । बत्ती कम बालेर आफ्नो कोठालाई तातो बनाउनुहोस् । ५. सबै विद्युतीय उपकरणको तार निकाल्नुहोस्ः बन्द गरिएको अवस्थामा पनि सबै विद्युतीय उपकरणले तातो फ्याँक्ने गर्दछ । यदि ती उपकरणहरु उपयोगमा छैनन् भने त्यसको तार निकाल्नुहोस्। यसले पनि तपाईंको कोठा र घरलाई चिसो बनाउने गर्दछ । ६. चिसो भएको महसुस गर्नुहोस्ः सगरमाथा चढेको अनुभव भएका लेखहरु पढ्नुहोस्, कतै चिसो ठाउँमा धुमेको सम्झनुहोस् । अथवा मार्च अफ द पेन्गुइन, आइस ऐज जस्ता फिल्महरु हेर्नुहोस् । तपाईं चिसो ठाउँमा नबसेपनि यस्ता चीजहरुले तपाईंलाई चिसो भएका महसुस गराउँछ । आखिर जाडो, गर्मी सबै अनुभव न हुन् । ७. बाफबाट टाढै रहनुहोस्ः तातो पानीले ननुहाउनुहोस्, भाँडा नमाझ्नुहोस् अथवा राती नहुन्जेल खाना पनि नपकाउनुहोस् । ८. सिलिङमा हल्का रङ लगाउनुहोस्ः यदि तपाईंसँग रङ छान्ने अवसर छ भने कोठाको सिलिङमा हल्का रङ लगाउनुहोस् । हल्का रङले घामको किरणलाई तान्नुको सट्टा फाल्ने गर्दछ । ९. पर्याप्त मात्रामा पानी पिउनुहोस्ः गर्मीमा सकेसम्म धेरै पानी खानुहोस् । दिनमा कम्तीमा पनि ३ लिटर पानी पिउनुहोस् । यदि तपाईंको शरिर हाइड्रेट भयो भने तपाईंलाई त्यति धेरै गर्मी महसुस हुँदैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies